• देबु बानियाँ
    काठमाडौं । सांगितिक क्षेत्रमा पछिल्लो समय गायक र संगितकारको रुपमा चर्चा कमाएका उत्तमजंग लिम्बू र नेपाली चलचित्रकी हट नायीका प्रियंका कार्की माइती चेलीको सम्बन्ध बनाएका छन् । नेपालीहरुको दोस्रो महान चाड तिहार अर्थात दीपावली नजिकिँदै गएपछि उनीहरु एक अर्कामा चेली माइतीको रुपमा बजारमा देखा परेका छन् । यो विषयले यतिबेला सर्वत्र चर्चा कमाएको छ ।
    तिहारको आगमन नजिकिँदै गर्दा गायिका प्रकृति थलङ लिम्बूको तिहार गीत सार्वजनिक भएसँगै उनीहरुको साइनो चेली माइतीमा परिणत भएको हो । के साँच्चै तिहारमा उनीहरुले भाइ टिका लगाउँछन् त । त्यसका लागि त ‘ए चरी’ गितको भिडियो हर्ने पर्छ । सार्वजनिक ‘ए चरी’ बोलको गीतको भिडियोमा अभिनेत्री प्रियंका कार्कीलाई फिचरिङ गरिएको छ ।
    प्रकृतिको यो पछिल्लो गीत ‘ए चरी’मा माइती–चेलीकै ममतालाई चित्रण गरेको छ । यो भिडियोमा उत्तम र प्रियंका चेली माइतीका रुपमा देखा परेका छन् । तिहारमा चेलीले माइतीलाई लगाइदिने भाइटिकाको विशेष महत्व हुन्छ । हरेक चेलीले तिहारमा माइती ‘दाजुभाइ’ लाई टिका लगाइदिने र आर्शीवाद लिने–दिने रहर हुन्छ । ‘ए चरी’ गीतले पनि त्यस्तै भावना उजागर गरेको छ ।
    गीतकार माया मगरको शब्दरचना रहेको यस गीतलाई गायक तथा संगीतकार उत्तमजंग लिम्बूले संगीत गरेका हुन् । विज्ञान राईले निर्देशन गरेको यस भिडियोमा प्रियंकाका अलावा राजेश श्रेष्ठ, उत्तमजंगको पनि अभिनय रहेको छ । यस भिडियोका लागि दिनेश माङ्मुले कोरियोग्राफी गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…