भीमराज अधिकारी अधिकारी पूर्वी मोरङमा सकृय पत्रकारको नाम हो । समाचार लेखन मात्र नभएर उहाँ सम्पादन पनि गर्नुहुन्छ । हाल रेडियो पथरीमा कार्यरत भीमराज प्रदेश दैनिक नामक अनलाईनको प्रधान सम्पादक पनि हुनुहुन्छ । उहाँसँग गरिएको कु्राकानीः
तपाई कहाँ जन्मीनुुभयो ?
म भोजपुरको साविक कोट गाविस हाल ट्याम्के मैयुङ गाउँपालिकामा २०४९ सालमा जन्मिएको मान्छे हुँ ।
कस्तो परिवारमा ?
मैले थाहा पाउदाँ मेरो परिवार अत्यन्तै कम्जोर आर्थिक अवस्था थियो । हामी समाजमा विभिन्न आर्थिक अवस्थालाई राखेर परिवारको अवस्था छुट्याउछौँ म अत्यन्तै निम्न आर्थिक अवस्था भएको परवारको मान्छे हुँ ।
बाल्यकाल कसरी बित्यो ?
हरेक मानिसको बाल्यकाल उसको परिवारको आर्थिक अवस्थासंग भरपर्छ कसरी बित्यो भन्ने कुरा मैले अब मैले भन्न नपर्ला तपाइले बुझिसक्नुभयो यति भनेपछि । खैर केही कुरालाई अझै जोड्छु । परिवारमा ममिले केही थोरै भएपनि अध्यन गर्नुभएको थियो त्यसैले जति दुःख गरेर भएपनि मेरो अध्यनलाई सहयोग गर्नुभयो । अन्य कुरा खानलाई केही नभएर बुवाले दिनभरी काम गरेर ल्याएको ४ माना घुन लागेको मकै भूटेर भाइ बहिनीसंग बसेर अझै याद छ त्यति मिठो चिज अझै आएको छुइन । घर छेउकै सानिटार प्राविमा ५ कक्षा पढ्दा पेन्ट लगाउन मन लागेको थियो त्यस बेला ममिले लागाएको पेटिकोटको पेन्ट सिलाउन लागाइ दिनुभएको थियो त्यति मनपरेको कपडा अहिले सम्म पनि लगाउन पाएको छैन् । बाकीँ अरु धेरै छन ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
म संचारकर्मी भनेर चिनिनुमा रेडियो सुनाखरीको ठुलो हात छ । म यो श्रेय रेडियो सुनाखरीका प्रवन्ध निर्देशक युवराज पौडेललाई दिन्छु । म सामाजिक क्षेत्रमा सानै उमेर देखि काम गरिरहेको मान्छे एउटा कार्यक्रममा युबराज सर हामी संगै रहेछौँ मेरो मन्तव्य सुनेर नै सरले मलाई रेडियो क्षेत्रमा प्रवेश गराउनु भएको थियो ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
पहिला देखि नै समाजका हरेक पाटाहरुमा काम गर्ने बानी अनि त्यति नै तालिम गोष्ठीहरुमा सहभागि भएका कारण त्यति गाह्रो फिल गरिन मैले तैपनि पत्रकारिता फरक विधा भएकाले केही असहज त भयो नै ।
नेपाली पत्रकारितालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
नेपाली पत्रकारिता पछिल्लो समय निकै राम्रो हुदैँ गएको महसुस गरेको छु । रवि लामिछाने लगाएत केही अग्रज र नाम चलेका पत्रकारहरुलाई श्रेय दिन्छु म, चाहे जस्ले जे सुकै भनोस त्यो उस्लाई छुट छ, स्थानीय स्तरमा पनि निकै राम्रो निष्पक्ष पत्रकारिता अहिले पनि छ । तर अहिले जताततै खुलेका मिडिया हाउस अनि त्यसका संचालक तथा सम्पादकको स्तर नहुदा विस्वानीय समाचार सम्प्रेषणमा निकै कठिन अवस्था पनि छ ।
हँ...... अब आर्थिक रुपमा हेर्ने हो भने पत्रकारिता नै गरेर जीवन चलाउन अहिलेपनि निकै कठिन छ । कि ठुलो मिडिया हाउसमा हुनुपर्छ कि त अफुसंग धेरै ज्ञान हुनु जरुरी छ फेरी सुन्नुस है लेख्न, बोल्न संगै प्राविधिक ज्ञान पनि छ भने मजाले कमाउन पनि सक्छ । तर पत्रकारिता गरेर हाइफाइको जीवन चै निकै कठिन छ ।
अरु केही बन्ने सपना थियो की ?
मेरो सपना बनाउने अवसर नै पाइन तर पछिल्लो समय एनजिओ आइएनजिओ मा जागिर खान्छु भन्ने सोचे फेरी पठाइ अङ्ग्रेजी जिरो छ अनि सरकारी जागिर तिर पनि त्यती ध्यान गएन अब क्षमता र योग्यताले भ्याए सम्म जे सक्छु त्यही गर्छु भन्ने छ अहिले सम्म पेट पालिदै छ ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
पहिलो कुरा कुनैपनि ठाउमा आउन अवस्य कोही न कोही त हुनैपर्छ, मैले अघि पनि भने मलाई यस क्षेत्रमा युवराज पौडेलले नै ल्याउन भा हो ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
मलाइ सहज नै भयो । मेरो अनुभव अनि लेख्न र बोल्नलाई मलाइ त्यस्तो समस्या थिएन म सहज नै महसुस गर्छु ।
आफ्नै नजरमा भीमराज के हो र कोहो ?
पहिलो कुरा त नेपाली आम सर्वसाधारण मानिस हो म, समाजिकता र मानवताको समिश्रण भएको समाजको विकास गर्नुपर्छ भन्ने भावना भएको व्यक्ति हो ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
असल व्यक्तिको रुपमा चिने हुन्छ । भीमराज अधिकारी भनेर सबै नेपालीलाई चिनाउन सक्नपाए पुग्थ्यो मलाई ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
सधैभरी समाजका सामाजिक कामहरुका बारेमा सोचिरहनु, सानादेखि ठुलासम्म पनि आफ्ना दौतरी जस्तो बनाउन सक्नु, सबैको प्यारो अनि आदर्णिय हुन सक्नु, चाँडो निर्णय गर्न सक्नु, अरुलाई आफ्नो प्रभावमा पार्न सक्नु नै मेरो रम्रो पक्ष हो ।
अनि कमजोर पक्ष चहि नी ?
भनेजति समय कसैलाई दिन सक्दिन, आफ्ना आफ्न्त, साथिभाइ सब रिसाउछन समय दिएन भनेर, यो नै मेरो ठुलो कम्जोरी हो ।
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
उसको व्यवहार, काम गर्ने शैली, बोली लगाएतलाई हेरेर ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
सामाजिक र आर्थिक पक्षले मूख्य भूमिका खेल्छन् ।
तपाईलाई कति खेर रिस उठ्छ ?
म खासै रिसाउदिन तर चाहिनेभन्दा बढी कसैले गर्यो भने चाहीँ मलाइ अति हुन्छ फेरी ।
अनि कतिखेर भावुक हुनहुन्छ ?
जतिखेर मेरो ममि, बुवाले मेरा लागि र परिवारका लागि गरेको त्याग र दुःख सम्झन्छु अनि अनि मेरो परिवारको अवस्था सम्झन्छु त्यो क्षण भन्दा दुःखी म कहिले हुन्न ।
तपाईलाई कस्तो स्थीतिले उत्तेजित तुल्याउँछ ?
घरी घरी देशको स्थीति सम्झन्छु, अनि नेपाली समाजको विकास, नेताहरुको ताल खै मलाइ यसले अचम्म र उत्तेजित बनाउँछ ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
म निकै संयमित छु । मेरो काम, परिवार, साथिभाइ, संघ संस्था लगाएत हरेक क्षेत्रमा सकेसम्म मिलाएर अघि बढ्ने कोसिस गर्छु । हरेक कुरालाई नजिकैबाट याद गरिरहेको हुन्छु ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
दःखलाई नै सुख मानेर हिडेको मान्छे हुँ, जतिवेला नि खुसी हुन्छु तर जब केही सहयोग तथा सामाजिक कामहरुलाई पुरा गर्छु त्यतिवेला अलिबढी खुसी लाग्छ ।
तपाईका दुःखहरु के हुन् ?
मेरो दुःख जीवन हो । हरेक क्षेत्रमा संघर्षबाट स्थापित हुनुपर्छ । संघर्षसंगै सिकाइ छ र अनुभव छ । अहिले सम्झदा शौचालयको रिङ निमार्ण, ट्याक्टरमा काम गर्ने देखि सामाजिक संस्थाहरुको नेतृत्व पनि गरेको छ । शुख दुःख मिश्रीत छ जीवन ।
अनि तपाईको सुख चाहि नी ?
सुख मेरो परिवारमा सय वर्षकी आमा, ममि, बुवा, भाइ बहिनी अनि मेरा साथीभाइ जस्ले जहिले मलाइ सहयोग गरिरहेका हुन्छन् यो मेरो सुख हो ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
धेरै छन् दुःका क्षण विदेशबाट घर आउदा पैसा नभएर खानै नाखाइ आएको, कामको सिलसिलामा दाङबाट फर्कदा खाना खाने पैसा नभएर एकवटा सिंगडा खाएर ट्रक चडेर घर पुगेको तर मैले जहिले सम्झने भनेको ममिले सिलाइ दिएको पहिलो पेन्ट मैले सुरुमा भनेको पनि छु । म प्राय कहिले रुदिन तर यो कुरा सम्झने बितिकै भकानो छुट्छ मलाई ।
अनि खुसीको क्षण चहि नी ?
अनैकौ छन् खुसीका क्षण, पिडा वढी भोगेकाले होला हरेक साना साना कुरामा खुसीहुने बानी छ मेरो । खास सधै सम्झने खुसीको त्यो क्षण छैन् ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
मेरा लागि हरेक मोड अप्ठ्रा थिए तर सम्झन्छु म जतिबेला ११ मा पढ्थे म संग पढाइ अगाडी बढाउने पैसा थिएन र काम गरँैँ या विदेश जाउँ त्यसका लागि पनि कुनै उपाए थिएन ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
मेरो छिमेकी दाइ सोमनाथ सुवेदीलाई म अझै सम्झिरहन्छु उहाँले मलाइ त्यो बेला दिनुभएको एक हजार रुपैँयाले आज म एमएड सुरु गर्दै छु । हो मरो मेहनत र परिश्रम मैले गरैँ तर यो सबै म यहाँ सम्म आउनुपनि एक हजारको कमाल हो ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
मैले भनेनी पढ्नुको अर्को कुनै विकल्पै छैन् । कक्षा १२ को परिक्षा त म विदेशबाट फोन गरेर फर्म भर्न लगाएर अनि आएपछि दिएको त । कहिले काँही अमरसिहमा मेरो उदाहरण पाउछन् अरे भाइवहिनीहरुले ।
अनि गलत चहि नी ?
मैले त्यस्तो गलत गरेको जस्तो लाग्दैन । कहिलेकाहीँ चैँ यो पत्रकारीता छोडेर बेलैमा बरु विदेश गएको भए हुन्थ्यो जस्तो लाग्छ तर गलत खासै गरेँ जस्तो लाग्दैन मलाई ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
मलाइ कुनै कुरामा पछुतो छैन् ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
कहिले काहीँ सानामा ममि, बुवाले पिट्दा बाहेर त्यसरी सम्झने गरी रोएको छैन् । उम दाङमा म एक महिना बसको थिए इनारको रिङ बनाउथे आउने बेलामा ठेकेदारले पैसा दिएन अनि उठ्ने ठाउँमा पनि गए तर पाइन अनि रुदैँ एउटा सिङ्गडा खाएर घर आएको छु ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
त्यही हो दाङबाट आउदा ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
के बिहे गर्दिन लाग्नु भयो कि कसो ? सामाजिक काममा रुची राख्ने, व्यवहारिक, अलिक पढेको, घरपरिवारको वढी हेरचाह गर्ने बुझने मानिस हुनुपर्छ ।
अनि कस्तो मन पर्दैन ?
वढी हावा गफ दिने, नचाहिने बोल्ने, हुन्छन नी बे मत्लबी क्या, मलाइ पटकै मन पर्दैन ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
त्यस्तै ति आनन्द दिनभर तास, जुवा, क्याराम खेलेर समय काट्ने बेकामे मान्छे चाहीँ मलाइ देख्दै रिस उठ्छ ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
खास मेरो फुर्सद नै हुदैन मिलो भने कहिले काहीँ घुम्न जान्छु, अनि यु ट्युवमा विश्वका कुराहरु चर्चित कुराहरु हेर्ने गरेको छु ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
मैले एकदमै कम अध्यन गर्ने गरेको छु । मैले अध्यन गरेका पुस्तकहरुमा मलाइ मन परेको पुस्तक घनश्याम खड्को निर्वाण हो । अब समय मिलेको बेला अल्केमीस्ट पढ्ने तयारीमा छु ।
कस्ता फिल्म हेर्नुुहून्छ ?
कमेडि, एक्सन अनि समाजको वास्तविक कथा समेटिएका ।
तपाईलाई मनपर्ने फिल्म ?
अहिले सम्म कै मनपरेको हिन्दी फिल्म हो थ्रि इटियट । पछिल्लो समय दिपा श्रीको छक्का पञ्जा पनि राम्रो लाग्यो ।
दोहोराएर हेर्नुभएको फिल्म ?
मैले सर्वाधिक हेरेको फिल्म हो यो करिब ७ पटक हेरे होला ।
तपाईलाई म पर्ने हिरो हिरोइन ?
राजेश हमाल नै हो ।
तपाईलाई रुवाएको फिल्म ?
मलाइ फिल्मले रुवाउनै सक्दैन ।
मनपर्ने गायक–गायिका ?
सबै राम्रा छन् । मन पर्छ
मनपर्ने ठाउँ ?
पुगेको लुम्बीनि जान बाकीँ मुस्ताङ, रारा लगाएत छन् ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
केही छैनन् । सब कुर्सी मोहका छन् ।
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
उत्तर कोरियाली नेता किमजोङ उन र चाइनाका राष्टपति सिजिन पिङ अन्य पनि निकै छन् ।
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
रविन्द्र मिश्रमाथि केही आशा छ ।
तपाईको आदर्श को हो, किन ?
म केही आम मानिसले गरेको व्यवहारबाट आदर्शित हुने गरेको छु । सामाजिक क्षेत्रमा काम गर्दा दिपेश पोख्रेल र स्वामी विवेकानन्दबाट अलिक प्रभावित छु ।
नेपालका मन पर्ने साहित्यकार ?
लक्ष्मि प्रसाद देवकोटाको अगाडी कोही छैन् मेरो नजरमा ।
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
गुनासो छ मेरो उमेरका मानिसले राज्य चलाएका छन् विश्वमा मैले आफ्नो देशमा नाम कमाउन समेत समेको छैन् । यो उमेर सम्म आफ्नो परिवारका लागि गाँस, बास र कपासको व्यवस्थापन गर्न पनि धौ धौ छ ।
अनि यो समाजप्रति चहि नी ?
समाज आफैमा दोसी हुदैँ हुन्छन त्यहाँ बस्ने मानिसहरु । नेपाली समाज अहिले पनि सकारात्मकता तर्फ आउन सकेको छैन् । आखिर कहिले सम्म यस्तै रहने ?
जीवन के रहेछ ?
घाम छाया । केही छैन जीवन ।
बाँकी योजना र सपना कस्ता छन् ?
आफ्नै केही व्यवसायसंगैँ पत्रकारिता र समाजसेवा संगै अगाडी बढाउछु ।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
मानसम्मान, फरक परिचय आदि आदि ।
अनि के गुमाउनु भयो ?
गुमाएको छैन् । मेरालागि हरेक कुरा सिकाइ हुन् ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
बनेको छ गर्न सक्दा तर सबैको साथ चाहीँ उतिकै चाहिने रहेछ । आनि आफ्नो आत्म विस्वास ठुलो कुरा हो ।
नयाँलाई के सुझाव दिनुहुन्छ ?
आउनुहोस पत्रकारिता वृहत छ । हरेक कामका लागि सिक्न जरुरी छ यो संगै पत्रकारितामा योग्यता पनि आवश्यक छ । किनभने समाजमा विस्वासनीयता पनि आवश्यक छ । आउनुस हातेमालो गरौँ ।