• काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाबाट सुरु भएको ‘मीटु’ अभियान अहिले विश्वभर चर्चामा छ । यसको प्रभाव अहिले भारत हुँदै नेपालमा पनि परेको छ । केही समयअघि नेकपाका नेता केशव स्थापितलाई यौन हिंसाको आरोप पनि लागेको थियो । महानगरपालिकाकी तत्कालीन कर्मचारीले स्थापितमाथि यौनहिंसाको आरोप लगाएकी थिइन् ।

    पत्रकार ऋषि धमलालाई पनि ‘मीटु’ को आरोप लगाउने चेतावनी आएको छ । एक टेलिभिजन कार्यक्रममा ऋषि धमलाले नायिका रेखा थापासँग अन्तर्वार्ता गरेका थिए । अन्तर्वार्ताक्रममा ऋषिले रेखा थापासँग उनको पहिलो विवाह र उनको विवाहको कुरा कोट्याएपछि रेखा थापाले अन्तर्वार्तामा नै ‘मीटु’ अभियानमा जाने चेतावनी दिएकी हुन् ।

    ‘विगतका कुरा कोट्याउँदा मानसिक असर पर्न सक्छ,’ रेखाले भनिन्, ‘म एउटा परिपक्व महिला हुँ, कहिले विवाह गर्छु त्यो मेरो कुरा भयो, यसले तपाइँले सोध्न मिल्दैन ।’ रेखाले यति भन्दै गर्दा ऋषि भने मुसुमुसु हाँसिरहेका थिए । अन्त्यमा रेखाले ऋषिलाई हाँस्दै चलचित्र ‘मालिका’ हेर्न अनुरोध गरिन् ।

    रेखा थापाको निर्माण तथा निर्देशनमा बनेको चलचित्र ‘मालिका’ कात्तिक १६ गतेबाट देशभर प्रदर्शनमा छ । चलचित्रमा वालविवाहबारे देखाउन खोजिएको छ । रेखाले ‘मालिका’मा पश्चिम नेपालको कथामा त्यहाँकै किशोरी कमला ओलीलाई नायिकाको रुपमा चलचित्रमा डेब्यु गराएकी छिन् । चलचित्रको ‘हल्का माया’ बोलको गीतले प्रदर्शनअघि नै चलचित्रलाई एउटा हाइप दिइसकेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…