• रंगेली । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकमा राजनैतिक समस्याहरु समाधान भई सकेकाले अब मुलकु समृद्धको बाटोमा अगाढी बढ्नु पर्नेमा सरकारको व्यवहारले गर्दा जनतामा निराशा छाएको बताए ।

    उनले नेपाली कांग्रेसको सरकारको पालामा धरहरा छोएको महँगी अहिलेको सरकारको पालामा आउदा सगरमाथाको उचाई नाघेको औलाउदै महँगी र कालोबजारी नियन्त्रण गर्न नसकेको बताए । उनले भने– नेपाली कांग्रेसले मुलुकभर पराजय हुदा आफु भित्र रहेका कमजोर सुधार्ने मौका पाएको छ, संगै कम्युनिष्टहरुको चरित्र पनि जनताले हेरी रहेकाले नेपाली कांग्रेसलाई चुनाव हार्दा पनि फाईदै पुगि रहेको तर्क राखेका थिए ।

    अर्का नेपाली कांग्रेसका केन्द्रीय सदस्य एव पुर्व स्वास्थ्य मन्त्री गगन थापाले नेपाली कांग्रेसले चुनाव जित्नु हार्नु भन्दा पनि संविधानलाई जोगाउनु प्रमुख दायित्व रहेको बताए । उनले संविधानको स्थायीत्व, निरन्तरता, सफलता संरक्षण गर्नु नै कांग्रेसको प्रमुख चुनौती रहेको बताउदै उनले संविधान कार्वान्वयनको पक्षमा नेपाली कांग्रेस प्रतिपक्ष नभई सधै नेपाल कम्युनिष्ट पार्टिको साथ भएको बताएका थिए । तर संघियता नेपाललाई फाप्दैन, मनपदैन भनेर प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रधानमन्त्रीले बोल्न नमिल्ने बताए ।

     सो अवसरमा नेपाली कांग्रेस केन्द्रीय सदस्य एव प्रतिनिधीसभा सदस्य डा. डिला संग्रौला, रमेशजंग रायमाझी, प्रदेश सभा सदस्य शिव नारायण सिंह, केदार कार्की, रतुवामाई नगरपालीकाका मेयर रविन राई, उर्लावारी नगरपालीकाका मेयर खड्ग फागो, जिल्ला सचिव मोदराज घिमिरे, दिलिप गच्छदार, मोरङ्ग क्षेत्र नं.२ का क्षेत्रीय अध्यक्ष नागेश्वर प्रसाद सिंह लगायतले मन्तव्य राखेका थिए

    अर्को समाचार

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…