• दमौली, १९ कात्तिक । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले देवघाटको विकासका लागि प्रदेश सरकारले योजना बनाइसकेको बताउनुभएको छ ।

    तनहुँको देवघाट गाउँपालिका–५ स्थित मणिमुकुन्देश्वर चक्रवर्ती महादेव मन्दिरको आज उद्घाटन गर्दै उहाँले तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थलमा अवस्थित देवघाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महत्वको प्राकृतिक, सांस्कृतिक तथा धार्मिक सम्पदासमेत भएकाले यसको संरक्षण तथा प्रवद्र्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
    सङ्घीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा सो क्षेत्रलाई पर्यटकीय आकर्षणको केन्द्र बनाइने उहाँले बताउनुभयो । त्रिशूली र कालीगण्डकीको मिश्रण भएको उक्त स्थलमा विदेशी पर्यटकलाई आकर्षित गरि जलमार्गबाट गोलालघाट हुँदै त्रिवेणीधाम वाल्मिकी आश्रमसम्म पु¥याउन सकिनेमा उहाँले जोडदिनुभयो ।
    विसं २०७२ को भूकम्पले क्षति पु¥याएको सो मन्दिर रु ६३ लाखमा पुनःनिर्माण गरिएको हो । नेपाल सरकार, पुरातत्व विभागको सहयोगमा पुरानै ढाँचामा मन्दिर निर्माण गरिएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवदत्त ढकालले जानकारी दिनुभयो । विसं १५८९ मा पाल्पाका राजा मुकुन्दसेन प्रथमले स्थापना गरेको उक्त मन्दिरमा चक्रवर्ती महादेवसहित चक्रशीला, गणेश, सूर्य, विष्णु र देवी मूर्तिको पूजाअर्चना हुँदै आएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…