उर्लाबारी, १९ कात्तिक । मोरङको उर्लाबारी–८ स्थित दुर्गापुरीमा सञ्चालित प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि चर्च व्वाईज युनाईटेडले जितेको छ ।
स्थानीय अरनिको माध्यमिक बिद्यालयको खेल मैदानमा भएको फाईनल भिडन्तमा आयोजक कुलझोडा युवा क्लबलाई टाईब्रेकरमा हराउँदै चर्च व्वाईजले उपाधि जितेको हो । यसअघि निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसकेपछी खेल टाईब्रकेरमा धकेलिएको थियो । उपाधिसँगै चर्च व्वाईजले रु दुई लाख र उपविजेता आयोजक टिमले रु एक लाख सहित ट्रफी र मेडल प्राप्त गरेको छ ।

