• नेपाली कांग्रेस अहिले यस्तो मोड़मा उभिएको छ , यस्तो चौवैटो मा खडा छ आफ्नो गन्तव्य हराएको , अलमलिएको र द्विविधामा भएको प्रतित हुन्छ । एकातिर संस्थापन पक्ष छ त्यही ससंथापन पक्षकै वहुमतको संसदिय दलमा नेता छ र प्रतिपक्षको ससक्त र प्रभावकारी भुमिकाको अपेक्षा पाटी वाटै राखेका छन अर्को तर्फ रामचन्द्र पौडेल , कृष्ण सिटौला , प्रकाशमान सिहं लगायतका नेताहरुवाट संस्थान पक्ष को विरुध्दमा मोर्चावन्दी गर्दैनछन यस्तो अवस्था मा संस्थापन पक्षले आफ्नै पाटी विरुध्दवाट भएको मोर्चावन्दी को प्रतिरक्षा मा उभिनु परेको छ भने अर्को तर्फ संसदमा प्रतिपक्ष को भुमिका निर्वाह गर्नु परेको छ।

    सस्थापन पक्षले मौजुदा अवस्थामा संसदमा ससक्त प्रतिपक्षको भुमिकामा केन्द्रित भइरहदा आफ्नै पाटीका सहयात्रीवाट भएको मोर्चावन्दी र आक्रमण ले पाटीनै कमजोर ,जीर्ण र जर्जर हुने अवस्था सृर्जित हुन सक्छ ,यस्तो अवस्थामा प्रतिपक्ष मा ध्यान केन्द्रित नहुने र कमजोर प्रस्तुतीले सरकार लाइ फाइदा पुगेको कुरा प्रधानमन्त्रिले पनि प्रतिपक्ष लाइ सहयात्री दलकै विशेषण दिएको टिप्पणी समेत गर्दा यो व्यंग्य सस्थापनइतरपक्ष पक्ष ले समग्र काग्रेसलाइ व्यंग्य हो यसरी वुज्नु पर्दथ्यो ।

    नेपालि कांग्रेस ले प्रथम त आफ्नो पाटी सुद्रिढगरी सस्थापन र संस्थापनइतर को भेद , आपसी पृथकता हटाउन सवै एक ढिक्का हुनु पर्ने मा एक अर्कालाइ निस्तेज गर्ने एक अर्कालाइ नेतृत्ववाट विस्थापित गर्ने रणनीतिमा लागेर संगठन कमजोर वनाउने तिर लागेका छन । अहिले सवै पाटी सभापती को हैसियतमा आफुलाइ राख्न र त्यो हैसियतको परिचय वनाउन कुनै पनि स्तरको नेता अहिल ले हदै सम्म फोहरी खेल खेल्न तयार रहेको देखिन्छ जुन शसांक विरुध्दमा भएको मोर्चावन्दी लाइ लिन सकिन्छ ।

     

    यस्तो प्रवृती लाइ अहिले सवैले आफ्नो आफ्नो ठाँउवाट यो खेल वन्द गरेर संगठन मजवुत वनाउन लाग्नु पर्छ। कांग्रेसको संगठन छैन भन्दा हुन्छ, संगठन कमजोर र सुस्त छ ,संगठन छ भन्नेहरुले यो वुजे हुन्छ की काग्रेसमा गठन छ तर संगठन छैन यै गठनलाइ संगठन ठान्नु नै कांग्रेस को भुल हो। केन्द्र देखी जील्ला सम्म र त्यस्का भातृ निकायहरुको गठन गरेर संगठन वनायौं भन्नु नै सागठनिक रुपले कांग्रेस कमजोर हुदै गएको हो , संगठन भनेको विधी विधान ले चल्ने सस्थालाइ जनाउछ त्यो कांग्रेस मा अहिले देखिरहेको छैन , संगठनले वृहद सव्दको अर्थ दिन्छ । काग्रेसले काग्रेसलाइ जोडन सकेको छैन ,काग्रेसले काग्रेसमा अपनत्व गराउन सकेको छैन , कांग्रेस यस्तो पाटी थियो जस्को लागी ज्यान दिएका थिए ,ज्यान दिन तयार हुन्थे ,अहिलेको कांग्रेस काग्रेसकै ज्यान लिन तयार छन ज्यान लिनु भनेको मार्नु , हत्या गर्नु मात्रै हैन आफ्नो निहित स्वार्थलाइ आफ्नो अभिष्ट पुर्तीकोलागी आफ्नो सहयात्रीलाइ निस्तेज गर्नु , नेतृत्ववाट विस्थापित गर्नु , र पाटीबाट पलायन पार्नु उदासीन गराउनु पनि हत्या गर्नु , ज्यान लिनु सरह हो , हो अहिले पाटीमा यस्तै विचार मौलाइरहेको छ।

     

    अहिले युवा पुस्ताको कुरा उठाइ रहेका छन , नेतृत्व युवा पुस्तामा आउनु पर्छ युवा पुस्ता भनिरहेका छन । तर युवा पुस्ताले यो भनिरहदा यो कुरा उठाइ रहदा गुट भित्रै रहेर यो कुरा उदघाटन गरिहेका छन । शेर वहादुर देउवा , रामचन्द्र पौडेल , कृष्ण सिटौला यिनिहरु ठुलो वृक्षको रुपमा कांग्रेस मा देखिरहेका छन र तै वृक्षको छायामा युवा पुस्ता हुर्किरहेका छन ,छायामा रहेर युवा पुस्ताले नेतृत्व को कुरा गर्नु आफैमा स्वास्थ्य राजनीति मान्न यस कारणले सकिन्दैन की यस्मा गुट / उपगुट जीवित देखिन्छ । छायावाट मुक्ती हुनु पर्छ , छायामा वसेर नेतृत्व विकास हुदैन छायामा वसुन्जेल , रहुन्जेल सधै पुडको हुइन्छ त्याहा विकसित हुने वातवरण वृक्षले रोक्छ जसरी ठुला वृक्षको छायामा अन्य वनस्पती मौलाउदैन , फस्टाउदैन सेपमा पर्छ अहिलेको युवा पुस्ता त्यस्तै सेप मा छन प्रथमत युवा पुस्ता त्यो छाया वाट मुक्त भएर कांग्रेस वि पी विचारको कांग्रेस भएर अगाडी वडनु पर्छ वि पी के विचार विपीको चरित्र र संस्कार आफुमा रुपान्तरित गरेर विचार चरित्र र संस्कार लाइ पोषित गर्दै अन्तकरण सुध्दी गर्दै अगाडी नवडे युवा पुस्ता मा वि पी ले जन्माएको कांग्रेसमा नेतृत्वलीने क्षमताको विकास हुदैन , संगठन मा सुध्दी आउदैन र गुट उपगुट को अन्त हुदैन ।

    तिन तहको निर्वाचन को परिणाम पछी नेपाली काग्रेसको अवस्था वनसाइ अर्थात गमलामा रोपेको वर पिपल जस्तो भएको छ , त्यो वर पिपलमा कुनै चराले गुड लगाउदैन र त्याहा कुनै चरा चुरुगी वस्दैन त्यस्ले कसैलाइ शितल दिदैन , न त त्यसवाट काठ दाउरा को नै उपयोग हुन्छ र सवै भन्दा दुखको कुरा त्यस्ले न कुनै विज नै उत्पादन गर्छ अहिले कांग्रेस त्यस्तै गमलाको वर पिपल जस्तो भएको छ । यस्तो अवस्थाको काग्रेसले अव जमिनमा , जनतामा , जनताको घर घरमा जानु पर्छ ,जमिनमा त्यो वृक्षलाइ रोपेर वनसाइलाइ भिमकाय वृक्षमा परिणत गर्नु पर्छ यसो गर्न सवै एक जुट हुनु पर्छ गुट उपगुट को अन्त्य हुनु पर्छ कांग्रेस को गठन लाइ संगठनमा परिणत गर्दै पाटी विधी विधान ले चलाएको अवस्थामा कांग्रेस ले एक अर्कामा अपनत्व सृर्जना गर्न सक्छ कांग्रेस ले एक अर्कामा जोडन सक्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…