• काठमाडौँ / सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अनौपचारिक रुपमा विभाजन भएपछि अहिले विभिन्न आमसभा र कार्यकर्ताहरुको भेलामा जुहारी चल्ने गरेको छ । खासगरी प्रधानमन्त्री खड्गप्रसाद ओली र इतरपक्षका नेताहरु पुष्पकमल दाहाल, माधवकुमार नेपाल समूह एकअर्काको उछितो काढ्ने अथवा एकले अर्कालाई सिध्याउने हिसाबले गालीगलौजमा उत्रेका छन् । नेताहरुको यस्तो प्रवृत्ति देखेर उनीहरुकै दलका नेता एवं तल्लोतहका कार्यकर्ताहरुले नेकपामा नेताहरुलाई घृणा गर्न थालेको र दल परित्याग गर्न थालेको समाचार स्रोतले बताएको छ ।

    राजनीतिमा आपूmसँग असहमत हुनेहरुप्रति कटाक्ष गर्ने प्रधानमन्त्री ओली र त्यसको प्रतिउत्तरमा तल्लोस्तरमा उत्रने दाहाल–नेपाल समूहले शब्दावली र शिष्टताको सीमा नाघेर अघि बढ्दा कुरीकुरी भन्नुपर्ने भएको छ ।  

    आमसभामा नेताहरुले आफ्नो अजेण्डा र भावी कार्यक्रम बताउनुको सट्टा एकले अर्कालाई धारे हात लगाउँदै तल्लोस्तरको पधेर्नी झगडामा उत्रिँदा त्यसले पार्ने राजनीतिक प्रभाव र जनताले हेर्ने दृष्टिकोणमा फरक पर्ने र वितृष्णा उत्पन्न हुने राजनीतिक जानकारहरुले बताएका छन् ।  

    जनतालाई भ्रमको खेती गरेर सत्तामा पुगेको नेकपाका नेताहरु आपूmभित्रको स्वार्थ र लेनदेन नमिल्दा अहिले आगो–पानी बाराबारको अवस्थामा पुगेका छन् । यिनीहरुको व्यवहार र भ्रमको खेतीले जनता वाक्कदिक्क परेको समाचारमा उल्लेख छ । यति मात्र होइन, यस्ता अभिव्यक्तिले भोलि कार्यकर्ताहरुबीच नै भीडन्त हुने खतरा बढेको छ । यस्तो गालीगलौज गर्ने संस्कृति नरोके देशलाई महँगो पर्न सक्ने राजनीतिज्ञ, बुद्धिजीवि र नागरिक समाजले चिन्ता व्यक्त गरेका छन् । 

सम्वन्धित समाचार

काठमाडौं,६ चैत । उत्तर कोरियाली नेता किम जोङले रूसका नवनिर्वाचित राष्ट्रपति भ्लादिमर पुटिनलाइ बधाइ दिएका…

सञ्जय मिश्रापर्सा, २३  फागुन । खानाको बिषय लिएर बिवाद भएर बिहे नै बहिष्कार गरेर जन्ती खाली हात फिर्त…

सुरुचि भण्डारी, बारा, २२ फागुन । निजगढ नगरपालिका-७ स्थित गाडी मर्मत गर्ने ग्यारेज (कारखाना)मा एक सा…

 सल्लेरी (सोलुखुम्बु), १८ फागुन : जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पार…