झापाको विर्तामोडबाट पत्रकारितामा क्रियाशिल शशक्त युवा हुन्,प्रदीप परियार । स्थानीय इजलास दैनिकका सम्पादक परियार सामाजिक उत्तरदायित्व सहितको पत्रकारिता गर्नुहुन्छ । निडर र स्पष्ट विचारका परियारले पत्रकारिता यात्रामा अनेकन आरोह अरोहहरु झेल्नुभएको छ । उहाँसँग हामीले पत्रकारिता र उहाँको जिवन भोगाई सम्बन्धि कुराहरु गरेका छौ ।
तपाई कहाँ जन्मिनुुभयो ?
म भारतको सिक्किममा जन्मिएको हुँ ।
कस्तो परिवारमा ?
निम्न वर्गीय परिवारमा
बाल्यकाल कसरी बित्यो ?
निम्न वर्गीय परिवारमा जन्मिए । असाध्यै सामान्य तरिकाले बाल्यकाल वित्यो । अध्ययन गर्दागर्दै बाल्यकाल वित्यो ।
सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
कक्षा ११ मा भर्ना भएको थिए । सञ्चार क्षेत्रमा नै आउने गरीको केहि सोच थिएन । तर,रेडियो सुन्ने,समाचार पढ्ने चै सानै देखिको आदत थियो । सिप विकास तालिम केन्द्र भद्रपुरको पत्रकारिता सम्बन्धि तालिम बारे सूचना पत्रिका मै हेरेर तालिममा सहभागी भए । २९,३० जना सहभागी थियौ । त्यतिमध्ये राम्रो प्रस्तुति भएको प्रशिक्षकबाट जानकारी पाए । प्रशिक्षकले दिएको प्रतिक्रियाले उत्साह दियो । तालिम दिने माधव विद्रोही र तारामणि सापकोटा झापा पोष्ट सञ्चालन गर्नु हुन्थ्यो । उहाँहरुले तालिमको समापनपछि समाचार लेख्न प्रोत्साहन गर्न थालेपछि यो क्षेत्रमा विस्तारै प्रवेश गरे ।
सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
ति दिन कठिन थिए । कठिन भएपनि काम गरियो । सहयोग गर्ने कमै हुन्थे । कसैलाई केहि सोध्यो कि भागै खोस्न लागे जस्तो गर्थे । सबै वरिष्ठ हुन्थे । अग्रज पत्रकारसँग कुरा गर्न पैसा तिर्नुपर्ने होला जस्तो लाथ्यो । वास्तवमा त्यो वेला सिकाईमा रहेकाहरुको अभिभावक हुदैन थिए । काखमा चेपिएकाहरु मात्र प्रिय हुन्थे । समाचार लेखेर दिदाँ आउँछ भन्ने आशा कमै हुन्थ्यो । सबै प्रयोग गर्ने हुन्थे । विधार्थी जीवनमा पत्रकारिता बौद्धिक क्षेत्र भन्ने लाग्यो । बेला–बेला नाम सहितका समाचार छापिदाँ सबै कठिन परिस्थिति भुलिन्थ्यो । कठिन त्यो बेला मात्र होइन, अहिले पनि कठिन नै छ ।
नेपाली पत्रकारितालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
मैले पत्रकारिताको मुल्याङकन गर्न सक्दिन । किनभने, यो मेरो बेला पनि होइन । तर, यति भन्छु, विश्वमा पत्रकारिताले ठुला परिवर्तन भएका छन् । नेपालमा पत्रकारिताले परिवर्तन नै अवरुद्ध गरेको पो जस्तो लाग्न थाल्यो । पत्रकारिता ‘शक्ति’ हो,सदुपयोग भएको छैन । भिटामिन र विष दुवैमा शक्ति छ । नेपाली पत्रकातिमा भिटामिन र विष छुट्टाउन सबैलाई गाह्रो भएको छ ।
अरु केही बन्ने सपना थियो की ?
एसएलसी सकेर ११ कक्षामा भर्ना हुदै गर्दा अंग्रेजी विषयको प्रोफेसर बन्ने लक्ष्य बनाएको थिए ।
कसैले ल्याएको हो या आफै आउनुुभयो ?
पत्रकारितामा ल्याउन जोड नै गर्ने त कोहि पनि थिएनन् । तर, तालिममा मेरो पफमेन्सले गर्दा पाएको हौसलाले गर्दा विस्तारै आए । शुरुआतमा माधब विद्रोही र तारामणि सापकोटाले सहयोग गर्नुभयो ।
सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
कुन तहमा पुगेपछि स्थापित भन्ने हो त्यो मलाई थाहा छैन । तर, यहाँसम्म आउन धेरै नै संघर्ष होइन दुःख गर्नु परेको छ । त्यहि दुःखबाट आएको कारण पत्रकारितालाई बद्नाम हुनबाट बचाऔं भन्ने लाग्छ ।
आफ्नै नजरमा प्रदीप के हो र कोहो ?
म सामान्य नागरिक हुँ । तर,अन्य नागरिक भन्दा ममाथि जिम्मेवारी छ । सामाजिक उत्तरदायित्वमा ममा छ । पत्रकारिताबाट समाजलाई सहिबाट डोहोर्याउने व्यक्ति हो ।
मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
सामान्य नागरिककै रुपमा चिनेको राम्रो ।
आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
गलत विषयको छिट्टै प्रतिवाद गरिदिन्छु ।
अनि कमजोर पक्ष चाहि नी ?
विर्सिने वानी र छिट्टै रिसाउने
कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
त्यौ त बोलचाल र व्यवहारबाटै बनाउँछु ।
तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन–कुन पक्ष हाबी छन् ?
मन र दिमाग हावी हुन्छ ।
तपाईलाई कति खेर रिस उठ्छ ?
काम नबन्दा
अनि कतिखेर भावुक हुनहुन्छ ?
त्यस्तो भावुक हुने समय खासै ख्याल गरेको छैन । चलचित्रहरु हेर्दा भावुक हुन्छु । सन्दर्भ अनुसार ।
तपाई कतिको संयमित हुनुहुन्छ ?
त्यति धेरै संयमित पनि छैन ।
अनि कतिखेर खुुसी हुनुहुन्छ ?
कामको प्रभाव परेका बेला असाध्यै खुसी लाग्छ ।
तपाईका दुःखहरु के हुन् ?
जीवनमा सुख नै अनुभूति गर्न पाएको छैन । अब,आफै भन्नु न दुःख केके छन् ।
अनि तपाईको सुख चाहि नी ?
दुःख नै छ । त्यतिमध्ये कम दुःख अनुभूत गरेको बेला नै सुखको फिल हुन्छ । मान्छेलाई कतिपय विषय बुझाउन पाउँदा चै सुखको फि हुन्छ हौ ।
तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
हाम्रो परिवारको मुल मान्छे हजुर बुबा वित्दा धेरै दुखित भएको छु ।
अनि खुसीको क्षण चाहि नी ?
दुःखहरुलाई पनि खुसीकै रुपमा ग्रहण गर्छु । किनभने,दुःखमै जीवनलाई बाँच्न सिकाउँछ । प्रायः खुसी नै हुन्छ । जस्तोसुकै अप्ठ्यारो परिस्थिति भए पनि खुसी नै हुनेभएकाले एउटै त्यस्तो क्षण छैन ।
तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
जतिबेला घर छोडेर शहर पसें । अभावैअभाव हुन्थ्यो । ति दिन नै जीवनका अप्ठ्यारा मोडहरु हुन् ।
त्यसलाई के को बलमा पार गर्नुभयो ?
निरन्तरताको बलले पार गरे । हरेक ठाउँमा निरन्तरता जरुरी हुन्छ जस्तो लाग्थ्यो । त्यतिकैमा अप्ठ्यारा मोडहरु पार गर्दै आए ।
अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
हरेक क्षेत्रमा दलालहरुको झुण्ड हुन्छ । पत्रकारितामा पनि त्यो दलालहरुको झुण्ड छ । त्यो झुण्डहरुसँग संगत नगर्ने निर्णय गरेको नै अहिले सहि निर्णय लाग्छ ।
अनि गलत चहि नी ?
विचमा अध्ययन ब्रेक गरेको थिए । त्यो चाहि गलत निर्णय लाग्छ ।
सबैभन्दा पछुुतो लागेको क्षण ?
त्यस्तो क्षण छैन ।
अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
हजुरबुबा वित्दा ।
अन्तिम पटक कहिले रुनुु भयो किन ?
याद छैन ।
तपाईलाई कस्तो मान्छे म पर्छ ?
व्यवहारिक मान्छे ।
अनि कस्तो मन पर्दैन ?
बुझेर पनि नबुझे जस्तो गर्नेहरु मन पर्दैन । अनि घमण्डि पनि ।
तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
विगत भुल्नेलाई ।
फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
अहिले फुर्सद नै हुदैन । कहिलेकाँही हुँदा घुम्न मन लाग्छ ।
तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
झमक घिमिरेको ‘जीवन काँडा कि फुल’
अहिले कस्ता पुस्तक पढिरहनु भएको छ ?
विश्वका इतिहास भएका र नेपालमा प्रकाशित भइरहेका राजनीति,इतिहास समेटिएका पुस्तक पढ्दैछु ।
दोहोर्यार पढ्नुु भएको पुुस्तक ?
रजगज
कस्ता फिल्म हेर्नुुहून्छ ?
पुरानो फिल्म हेर्न मन लाग्छ ।
तपाईलाई मनपर्ने फिल्म ?
धेरै मन पर्छन् । यो नै भन्ने छैन ।
दोहोराएर हेर्नुभएको फिल्म ?
बलिदान
तपाईलाई म पर्ने हिरो हिरोइन ?
शिव श्रेष्ठ र निरुता सिंह
तपाईलाई रुवाएको फिल्म ?
आफ्नो मान्छे
मनपर्ने गायक–गायिका ?
नारायण गोपाल
मनपर्ने ठाउँ ?
धेरै घुमेको छैन । घुमेको मध्ये पोखरा ।
तपाईलाई मनपर्ने नेपालका नेता ?
केपी शर्मा ओली
अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
सिजिङ पीङ
नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
नयाँ पुस्तामा योगेश भट्टराई
तपाईको आदर्श को हो, किन ?
केपी शर्मा ओली,किनभने उहाँ भिजन भएको व्यक्ति हो ।
नेपालका मन पर्ने साहित्यकार ?
यतापट्टि खासै रुचि छैन । को भन्ने पनि छैन ।
आफैंप्रति तपाईलाई केही गुनासो छ की ?
गुनासो छैन ।
अनि यो समाजप्रति चहि नी ?
राजनीतिले समाज विभाजित छ । यसमा चै गुनासो छ ।
जीवन के रहेछ ?
जीवन सिकाई रहेछ ।
बाँकी योजना र सपना कस्ता छन् ?
न्यू मिडियाको योजनामा छु । समय र प्रविधि अनुरुपको सञ्चार माध्यम चलाउने योजना छ ।
पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
समाजलाई बुझ्ने अवसर पाए ।
अनि के गुमाउनु भयो ?
धन कमाउने समय गुमाए ।
पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
यो प्रश्नले अझै बनेको छैन भन्ने बुझाउँछ । अर्थात पत्रकारितामा बाँच्न सकिएला त भन्नेमा शंका उब्जाउँछ । तर, मज्जाले बाँच्न सकिने वातावरण बनेको छ । वातावरण त आफै बनाउने हो । अर्काले बनाइदिने होइन । काम गर्नेहरुका लागि बाच्ने वातावरण अहिले होइन जमानामै बनेको हो । पत्रकारितामा लागेर काम नगर्नेहरुका लागि भने त्यस्तो वातावरण कहिले बन्ने छैन । लगानी अनुसारको आम्दानी हुने हो । उत्पादन छैन भनेपछि व्यापार पनि छैन भन्ने बुझ्नुपर्छ । समाचार बनाउन महत्वपूर्ण समय लगानी गर्नेहरु यहि क्षेत्रमा राम्रैसँग जीवन चलाइरहेको उदाहरण प्रशस्त छन् ।
नयाँलाई के सुझाब दिनुहुन्छ ?
के सुझाव दिनु र ? अहिलेको समयमा सुझाव मान्नेहरु प्रायःछैनन् । सिकाउने बाहेक । तर, सुझाव मान्नेहरुका लागि मेरो भनाई के हो भने, पत्रकारिता क्षेत्र खेलाची क्षेत्र होइन । यो समाज बनाउने क्षेत्र भएकाले सोहि अनुसार काम गरौं भन्छु । पत्रकारिताको साख हरेक दिन खस्कँदो छ । सम्मानित यो क्षेत्रलाई सम्मानयोग्य बनाउन सक्छु भन्ने लाग्छ काम गर्नु, नत्र अन्य क्षेत्र बेलैमा रोजेको राम्रो भन्छु ।