• काठमाडौं । चुनाव अघि नेपाली कांग्रेसमा नेपाल लोकतान्त्रिक फोरम बिलय नै गराएका विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसको उपसभापति बनाइएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गच्छदारलाई नेपाली कांग्रेसको मौजुदा विधानको बाधा अडकाउ फुकाउको प्रयोग गर्दै उपसभापति बनाएका हुन् । मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले गच्छदारलाई उपसभापतिमा मनोनयन गरेको थियो ।

    मंगलबार बसेको कांग्रेस केन्द्रीय समितिको बैठकमा देउवाले गच्छदारलाई उपसभापति बनाउन प्रस्ताव गरेका हुन् । नेपाली कांग्रेसको विधानमा एक उपसभापति, दुई महामन्त्री, एक सहमहामन्त्री र एक कोषाध्यक्षको व्यवस्था रहेको छ ।  गच्छदारलाई उपसभापति बनाउदा विधानको यो व्यवस्था मिचिने भएका कारण  बाधा अडकाउ फुकाउको प्रयोग गर्दै सभापति देउवाले उपसभापति बनाएका हुन् ।

     केन्द्रीय समितिको बैठकले कांग्रेससँग पार्टी एकीकरण गरेको नेपाल लोकतान्त्रिक फोरमका अन्य नेता तथा भातृ संस्थाका नेतालाई समायोजन गर्न विमलेन्द्र निधीको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । बैठकले पार्टीको महासमिति बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म गर्ने निर्णय गरेको छ।  विधान संशेधन मस्यौदा समितिले विधानको मस्यौदा तयार गरी नसकेका कारण महासमितिको बैठक पछाडि धकेलिएको हो ।

    मंगलबारको बैठकले गच्छदारलाई उपसभापति बनाएपछि नेपाली कांग्रेसले तराई मधेशबाटै बिमलेन्द्र निधिसहित दोस्रो उपसभापति पाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…