• उर्लाबारी । उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

    फागोले तिहार पर्वको अवसरमा सबै नेपालीमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको हो ।

    चाडपर्वमध्येको रंगिन तथा उज्यालो पर्वका रुपमा रहेको दीपावलीलाई सांस्कृतिक तथा धार्मिक मौलिकताको संरक्षण एवं संवद्र्धन गर्दै विकृतिरहित बनाउने दिशामा सबै सजग रहन उहाँले आग्रह गर्नुभएको छ ।


    बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपालमा मनाइँदै आएका विभिन्न चाडपर्व, संस्कृतिहरू सुन्दर बगैँचाका रंगिन फूलहरू जस्तै रहँदै आएका र विभिन्न जात धर्म समुदाय विशेषका आ–आफ्नै चाडपर्व छ नेपालको मौलिक पहिचान बोकेको उहाँको भनाई छ ।

    उहाँले तिहारको अन्तिम दिन मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने उल्लेख गर्नुभएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…