• काठमाडौं । नेपाली कांग्रेसकी नेतृ एवम् सांसद सुजाता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई आफूहरूसँग सल्लाह र सुझाव लिन किन डराएको भन्दै प्रश्न गरेकी छिन्।

    राजधानीमा आयोजित देउसी–भैलो कार्यक्रममा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै नेतृ कोइरालाले सो कुरा बताएकी हुन्।


    उनले भनिन्,‘सभापतिज्यू, हामीसँग सल्लाह लिन किन डराउनुभएको हो ?’

    सञ्चारकर्मीहरूको देउसी भैलो टोलीसँग बोल्दै उनले भनिन्,‘सभापतिज्यूले उपसभापति मनोनित गर्नुभयो। तर, हामीसँग सल्लाह लिनुभएन। सल्लाह लिएको भए राम्रो हुनेथियो।’

    पार्टीलाई एक ढिक्का बनाएर अघि बढाउनको लागि पनि सहमति, सहकार्य र एकताको आवश्यकता रहेको बताउँदै सभापतिले त्यस्तो भूमिका निर्वाह गर्नुपर्ने उनको भनाइ थियो।

    उनले भने,‘सभापतिज्यू, कुनै एक गुटकोजस्तो सभापति बन्नुभएन। अब सिँगो पार्टीको सभापति बन्नुपर्यो।’

    पूर्वउपप्रधानमन्त्री समेत रहेकी नेतृ कोइरालाले सभापति देउवाले पार्टीभित्रको गुटलाई अन्त्य गर्न नसकेको आरोप लगाइन्।

    उनले भनिन्,‘पार्टीलाई विधि र प्रक्रियाअनुसार अघि बढाउनुपर्छ। अनुशासनमा चलाउनुपर्यो।’

    सभापति देउवाको यो कार्यकाल अन्तिम पटक हुनसक्ने संकेत गर्दै उनले यस्तो बेलामा पनि सबैलाई एकजुट बनाएर लैजान नसक्नु दुःखद् भएको गुनासो पोखिन् ।सेतोपाटी



सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…