• इटहरी । इटहरीमा भएको आगलागीमा करिब ६ करोड मुल्य बराबरको क्षति भएको प्रारंभिक अनुमान गरिएको छ । व्यवसायी नेत्र भट्टराई र गणेश लुइटेलको दुईवटा पसल र घर गरी अन्दाजी ६ करोड क्षति भएको हुन सक्ने उघोग बाणिज्य संघ इटहरीका उपाध्यक्ष शैलेष बिष्टले संञ्चारपार्टीलाई जानकारी दिए ।

    भट्टराईको सप्तकोशी इलेक्ट्रोनिक्स र लुइटेलको किड्स कलेक्सनको सामान जलेर नष्ट भएको छ । इलेक्ट्रोनिक्स पसलमा रहेका सामसुङ कम्पनिका फ्रिज, टिभी सेट लगायतका बिभिन्न इलेक्ट्रोनिक्स सामान जलेको हो । साथै गोदाम समेतमा आगलागी हुदा बढी क्षति हुन पुगेको बिष्टले बताए । अर्काे व्यवसायी लुइटेलको बालबच्चाहरुको कपडा जुत्ता लगायतको गोदाम सहित पसलमा आगोले क्षति पुराएको छ ।

    दुईवटा घरमा रहेको पसल मध्ये शुरुमा सप्तकोशी इलेक्ट्रोनिक्सबाट आगो सल्किएर अर्काे पसलमा प्रबेश गरेका थियो । आगलागी ४ घण्टा पछि नियन्त्रणमा लिइएको थियो । इटहरी, धरान, बिराटनगर र दुहबीको दमकल, नेपाली सेना, शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिइएको इटहरी प्रहरीले बताएको छ ।

    आगो बिजुली सर्ट भएर लागेको हुन सक्ने उवासंघ उपाध्यक्ष बिष्टले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…