झापा । मेचीनगर नगरपालिका वडा नम्बर ४ को आर्थिक सहयोग तथा बाहुनडाँगी जेसीजको संयोजनमा मेचीनगर ४ का मुल सडकहरुमा सडक बत्ती बालिएको छ ।
बाुहडाँगी जेसीजको गत वर्ष सम्पन्न अधिवेशनमा वर्ष २०१८ का अध्यक्ष जीवन मोतेले आफ्नो कार्यकालमा यस क्षेत्रमा सडक बत्ती काल्ने उद्यघोष गरेका थिए । सोही प्रतिबद्धतालाई पुरा गर्न मेचीनगर ४ ले साथ दिएको थियो । वडा अध्यक्ष एवम् बाहुनडाँगी जेसीजका संस्थापक अध्यक्ष नविन बरालले उक्त सडक बत्ती बाल्नका लागि बजेट विन्योजन गर्नु भएको थियो । जेसीजका अध्यक्ष जीवन मोतेको नेतृत्वमा बालिएको उक्त सडक बत्ती ६ लाख १२ हजार बजेट विनियोजन गरिएको थियो । लक्ष्मी पुजाको अवसर पारेर बत्ती बाल्न सुरु गरिएको शाखा महासचिव सागर कार्कीले बताउनु भयो ।
महासचिव कार्कीका अनुसार उक्त बत्ती मेचीनगर ४ को दक्षिण सिमाना माता चोकदेखि उत्तर भोर्लेनीसम्म गरी १ सय ५३ वटा बत्ती बालिएको छ । जेसीजले आगामी दिन अन्य क्षेत्रमा पनि बत्तीको विस्तार गर्ने अध्यक्ष जीवन मोतेले बताउनु भयो ।
यसैगरी शाखाले बुधवार नै एक हात्ती पीडितलाई खाद्यन्न तथा नगद सहयोग गरेको छ ।
केही महिना अघि भारतबाट आएको हात्तीले घाइते बनाएका मेचीनगर २ का भक्तबहादुर सुनवारलाई चामल, तेल, मरमसला, चाउचाउ, चिउरा तथा नगद सहयोग गरेको शाखाका बेग सुनवारले बताउनु भयो ।