गजल
आजकल मलाई गुनासो छ, यारमै समस्या छ
केको खुसी हुनु यार, प्यारमै समस्या छ
जोडी जोडी अरुका सजिएर हिँड्या देख्छु
आफ्नो भने भाग्य खोटी, निधारमै समस्या छ
टुट् र फुट्को चल्ती छ, हिजोआज प्यारमा पनि
सिकाउने उही माथिको सरकारमै समस्या छ
उता आफ्नो करेसो फैलाउने हतारो छ
यता जुठो थाल खोस्ने विचारमै समस्या छ
आमा साह्रै विरामी छिन्, शल्यक्रिया जरुर छ
छोराहरु चिकित्सक छन्, चिरफारमै समस्या छ