• पत्रकारितासँगै सामाजिक क्षेत्रमा सकृय युवा हुन्,अमृत वास्तोला । आठराई पत्रकार समाज, रिपोटर्स क्लब नेपाल तेह्रथुम अध्यक्ष भईसक्नुभएका बास्तोला नेपाल पत्रकार महासंघ तेह्रथुमबाट केन्द्रिय पार्षद पनि हुनुभयो । पत्रकारिता र शैक्षिक क्षेत्रबाट बाच्ने आधार बनाउँदै गर्नुभएका संघर्षशिल युवा बास्तोलासँग रातोकलमले गरेको कुराकानी -

     तपाई कहाँ जन्मीनुुभयो ?
    पूर्वी नेपलको साविक तेह्रथुम जिल्ला स्थित चुहानडाँडा गाविस वडा नं. १ फुङसिङ ( प्रदेश नं. १ को तेह्रथुम स्थित आठराई गाउँपालिका वडा नं. ६ चुहानडाँडामा आमा तुलसा बास्तोलाको कोखबाट जन्म भयो ।

     कस्तो परिवारमा ?
    सामान्य परिवारमा ।

     बाल्यकाल कसरी बित्यो ?
    घर–परिवार, विद्यालय, समाज र साथीहरु सँगै बाल्यकाल बित्यो ।

     सञ्चार क्षेत्रमा कसरी आउनुभयो ?
    बाल्यअवस्था देखि नै रेडियो सुन्न खुब मन लाग्थ्यो र रेडियो सुन्दै पढ्थे, गृहकार्य गर्थे । द्धन्दको समय थियो, माओवादीहरु घरमा आउँथे । “नेपाल मासिक” पत्रिका लगायतका पत्रिकाहरु उनिहरु पढ्थे र मलाई पनि पढ्न दिन्थे । स्कुल नजिकै गा.वि.स. र हुलाक थियो, कहिलेकाँही टिफिनको समयमा गा.वि.स. र हुलाकमा आएका पत्रिकाहरु हेर्थे । एस.एल.सी परिक्षा पछि साहित्यिक पत्रिकाहरुमा गजल र कविताहरु पठाउन थाले र प्रकाशन पनि हुन थाल्यो ।
    २०६३ साल पुस–माघको महिना थियो, गाउँमा दिउँसै फोन चोरी भयो । म लगायत गाउँका केही युवाहरु भेला भएर चोरलाई नियन्त्रण गर्ने काम भयो, चोर अर्कै जिल्लाको थियो । चोरलाई चुहानडाँडामा रहेको प्रहरी चौकीमा हामीले नै जिम्मा लगायौं । कुनै रेडियोलाई फोन गरेर मैले समाचार बजाउन आग्रह गरे, सबै विवरण पनि भने तर रेडियोमा भएका कर्मचारीहरुले समाचार नबजाउने भने । “चोर नियन्त्रणमा लिइ प्रहरीलाई बुझाएको समाचार रेडियोले नबजाएकै कारणले सञ्चार क्षेत्रमा आए” ।

    सुरुवाती दिनमा कत्तिको गाह्रो भयो काम गर्न ?
    खासै गाह्रो भएन् । समाचारहरु तयार पार्थे, फोनबाट रेडियोमा समाचार टिपाउँथे । आफुले पठाएको समाचार प्रशारण हुँदा दंग हुन्थे । गाह्रो भएन ।

    नेपाली पत्रकारितालाई कसरी मुल्याङ्कन गर्नुहुन्छ ?
    पत्रकारिता आफ्नो लागि होइन, समाजको लागि हुनुपर्छ । समाजलाई चेतनशिल बनाउने नेपाली पत्रकारिता हो । यसलाई दुषित बनाउनु हुदैन ।


     अरु केही बन्ने सपना थियो की ?
    के बन्ने भन्ने कुरा यकिन थिएन् । सामाजिक परिवेसले पत्रकार बनायो ।

     कसैले ल्याएको हो या आफै आउनुुभयो ?
    समयले मलाई यो क्षेत्रमा आपैm ल्याएको हो ।

     सजिलै स्थापित हुनुभयो या संघर्षबाट ?
    संघर्ष बीना केही कुरा स्थापित हुन सक्दैन । पत्रकारीतामा निरन्तरता हुनुपर्छ, सजिलै स्थापित हुन सकिन्छ । पहिले फोन गरे समाचार टिपाउनु पर्ने बाध्यता थियो । अहिलेको समय प्रविधिको पहुँच कसिलो भएकोे छ । यस क्षेत्रमा लाग्ने मान्छे अहिले सजिलै स्थापित हुनसक्छ ।

     आफ्नै नजरमा अमृत के हो र कोहो ?
    अमृत सरल, सहयोगी, उत्तरदायि, इमान्दारी, विवेकी र निर्भीक नेपाली नागरीक हो । समाज र समाजका जिम्मेवारहरुलाई सचेत र जिम्मेवारी बनाउने हो ।

     मान्छेहरुले तपाईलाई कसरी चिनोस् जस्तो लाग्छ ?
    सरल र समान्य मान्छेको रुपामा चिनोस् जस्तो लाग्छ ।

     आफ्ना सवल पक्ष के के ठान्नुहुन्छ ?
    सही र गलत छुट्याउन सक्नु ।


     अनि कमजोर पक्ष चहि नी ?
    आफ्नो लागि भन्दा अरुको निम्ति समय खर्चिने ।

     कसैलाई हेर्ने धारणा कसरी बनाउनुहुन्छ ?
    उसको व्यवहार र शैलीबाट उसलाई हेर्ने धारणा बनाउछु ।

     तपाईको आफ्नो स्वाभाव निर्माणमा कुन कुन पक्ष हाबी छन् ?
    विवेक, विचार र वातावरण हावी छन् ।

     तपाईलाई कति खेर रिस उठ्छ ?
    झुट्टो आरोप, ठग, मान्छे असामाजिक बन्दा ।

     अनि कतिखेर भावुक हुनहुन्छ ?
    दुःख पर्दा ।

     तपाई कतिको संयमित हुनुहुन्छ ?
    वातावरण अनुसार संयमित नै हुन्छु ।

     अनि कतिखेर खुुसी हुनुहुन्छ ?
    कसैलाई सहयोग गर्न पाउदा ।

     तपाईका दुःखहरु के हुन् ?
    धेरै छन् ।

     अनि तपाईको सुख चाहि नी ?
    अनुभूती गर्न पाएको छैन् ।


     तपाईको जीवनको सबैभन्दा दुखत क्षण ?
    २०७० साल जेठ १९ गते जन्म घरबाट बाहिरीदा ।

     अनि खुसीको क्षण चहि नी ?
    नेपाल पत्रकार महासंघ जिल्ला शाखा तेह्रथुमले २०७३ साल फाल्गुन ७ गते “तेह्रथुम पत्रकारिता पुरस्कार” बाट नगद रु. १३ हजार सहित पुरस्कृत गरेको थियो । यो पुरस्कार मेरो जीवनको सबैभन्दा ठूलो पुरस्कार थियो । यही क्षणमा खुसी भएको थिए । उक्त पुरस्कारबाट प्राप्त रकममा केही रकम थपगरी आठराई संक्रान्तिबजारमा ४८ अग्नीपिडीत परिवारलाई संचार सामग्रीको रुपमा रेडियो सेट वितरण गरी सहयोग गरेको थिए ।

     तपाईको जीवनको सबैभन्दा अप्ठ्यारो मोड कुन थियो ?
    मोडहरु धेरै छन् । अपठ्यारो मोड सम्म पुगेको छैन् ।

    अहिलेसम्म तपाईले गर्नुभएको सबैभन्दा सही निर्णय ?
    आफूले पाएको पुरस्कारले अग्नीपिडीत परिवारलाई सहयोग गर्नु ।

     अहिलेसम्म सबैभन्दा बढी रुनुु भएको क्षण ?
    बाल्यावस्थामा रोए होला, क्षण याद भएन् ।

     तपाईलाई कस्तो मान्छे म पर्छ ?
    इमान्दारी र सहयोगी ।


     अनि कस्तो मन पर्दैन ?
    बद्मासी र असहयोगी ।

     तपाई कस्ता मान्छेलाई घृणा गर्नुहुन्छ ?
    भ्रष्टचारी, बलात्कारी र मानवता गुमाएको मान्छेलाई।

     फुर्सदको समय कसरी बिताउनुहुन्छ ?
    रचनात्मक, शृजनात्मक र सामाजिक काममा ।

     तपाईलाई असाध्यै मन पर्ने पुुस्तक ?
    बसाइँ ।

     अहिले कस्ता पुस्तक पढीरहनु भएको छ ?
    इतिहास सम्बन्धि ।

     कस्ता फिल्म हेर्नुुहून्छ ?
    मनोरञ्नात्मक र सन्देश मूलक

     तपाईलाई मनपर्ने फिल्म ?
    कलाको सम्मान गर्नु पर्छ । मैले हेरे जति सबै आ–आफ्ना ठाउँमा राम्रा छन् ।

     तपाईलाई म पर्ने हिरो हिरोइन ?
    राजेश हमाल र रेखा थापा


     मनपर्ने गायक–गायिका ?
    नारायण गोपाल

     मनपर्ने ठाउँ ?
    प्राकृतिक वातावरणले सुन्दर

     तपाईलाई मनपर्ने नेपालका नेता ?
    बि.पि. कोइराला

    अनि विदेशका मनपर्ने नेता चहिँ नी ?
    नेल्सन मण्डेला

     नयाँ पुस्ताका नेपालका मनपर्ने नेता ?
    गगन थापा, योगेश भट्टराई, रविन्द्र मिश्र

     तपाईको आदर्श को हो, किन ?
    समय अनुसार चल्न सक्नु पर्छ । यहीबाट हरेक कुरा संचालन हुन्छ ।


     नेपालका मन पर्ने साहित्यकार ?
    महाकवि लक्ष्मीप्रसाद देवकोटा

     जीवन के रहेछ ?
    वर्तमान विताउनु नै जीवन रहेछ ।

     बाँकी योजना र सपना कस्ता छन् ?
    योजना धेरै छन् । साधन र साध्य खोज्दैछु ।

     पत्रकारिता जगतमा लागेर के पाउनुभयो ?
    समाजमा हुने कृयाकलाप बुभ्mने अवसर पाए ।

     अनि के गुमाउनु भयो ?
    गुमाएको छैन् ।

     पत्रकारिता क्षेत्रमा लागेर बाँच्न सकिने वातावरण बनेको हो त ?
    पत्रकारिता बाँच्छ तर समाचार लेखेरै मात्र पत्रकार बाँच्न गाह्रो छ ।

     नयाँलाई के सुझाप दिनुहुन्छ ?
    समाजले विश्वास गर्ने क्षेत्र भनेकै पत्रकारिता हो । व्यवसायी पत्रकारितामा लाग्नुहोस् । इमान्दार, जिम्मेवारी र निर्भिक भएर निरन्तर कलम चलाउनु होस ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…