झापा । १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईका विषयमा समाचार लेखेको भन्दै अमेरिकामा पत्रकार कुटिएको भन्ने समाचारको प्रदेश सरकारले खण्डन गरेको छ ।
प्रदेशका कार्यबहाक मुख्यमन्त्री तथा आन्तरिम मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले आज विराटनगरमा पत्रकार सम्मेलन गरी यस्तो खण्डन गर्नुभएको हो । मन्त्री कार्कीले कसैको व्यक्तिगत रिसिइबीका कारण भएको झै झगडाको विषय मुख्यमन्त्री तथा १ नम्बर प्रदेशसरकारसँग जोड्नु अर्थ नहुने बताउनु भयो ।
मन्त्री कार्कीले समाचारमा आएजस्तो मुख्यमन्त्रीले कोही कसैलाई औपचारिक रुपमा भेट नगरेको र कोही कसैसँग भेट गर्ने कार्यक्रम पनि नभएको बताउनु भयो । मुख्यमन्त्री राई उपचारका लागि बैंकक जानु भएको र नीजि भ्रमणका लागि नेपाल सरकारसँग स्वीकृति लिएरै अमेरिका जानु भएको पनि मन्त्री कार्कीले जानकारी दिनुभयो ।