• बेलबारी । पछिल्लो समय सुनसरीको धरानमा बसोबास गर्दै आएका पुराना तथा चर्चित गायक गंगा बरदान माथि मोरङको बेलबारीमा आईतबार कुटपिट भएको छ ।
    पत्नी सहित ना ५ ख २८९४ नम्बरको मिक्लुङ यातायातको बसमा चढेर धरानतर्फ जाँदै गर्दा उनलाई सामान्य बिवादमा बसका कन्डक्टर मोरङ उर्लाबारी नगरपालिकाका २० वर्षीय रोशन श्रेष्ठ, सहचालक झापाको दमक नगरपालिका १० का २१ वर्षीय सुजन श्रेष्ठ समेतले बेलबारी २ लालभित्तीमा पुगेपछि कुटपिट गरेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक रामकुमार राईले जानकारी दिएका छन ।
    कुटपिटबाट गायक श्रेष्ठको टाउको फुटेको छ भने निधारको वायाँ भागमा समेत चोट लागेको छ । गायक माथि कुटपिट गरेर भागेको यात्रुबहाक बस, बसका चालक मोरङको मिक्लाजुङ गाउँपालिका ३ का २६ वर्षीय निरन घिमिरे र सहचालक सुजन श्रेष्ठलाई प्रहरीले मोरङको गछियाबाट नियन्त्रणमा लिएको छ । कन्डक्टर रोशन श्रेष्ठ भने फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार थालिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार बसमा बस्ने सिटको विषयमा विवाद भएपछि कुटपिट भएको खुलेको छ । बरदान सहित बसका यात्रुहरुले प्रहरीमा सो जानकारी गराएपछि बस तत्काल चालकले भगाउन सफल भएपनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । गायक बरादनको अबस्था हाल सामान्य रहेको छ । उनी लामो समय लालभित्तिमा बसेपछि पछिल्लो समय धरानमा बस्दै आएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…