• काठमाडौँ । नेपाल वायुसेवा निगम दिनानुदिन संकटग्रस्त बन्दै गइरहेको छ । नयाँ खरिद गरिएको वाइडबडी विमानले बजार नपाई पुरानै रुटमा चलाउन बाध्य भएपछि निगम अहिले मासिक ३० करोड घाटामा गइरहेको समाचारस्रोतले जानकारी दिएको छ ।

    बिजिनेश प्लान नहुँदा नयाँ विमानले नयाँ रुट जापान, कोरिया, अष्ट्रेलिया र लण्डनमा उडान भर्न सकेको छैन । २७४ सिट क्षमताको जहाजलाई दिल्ली, मलेसिया, हङकङलगायतका पुरानै रुटमा उडान भरिएको छ ।

    जबकि १० घण्टासम्म उडाउनुपर्ने जहाजलाई २–४ घण्टा मात्र उडाउँदा जहाजको पाटपुर्जा बिग्रिने र सि. चेक गराउनुपर्ने कारणले निगमले थप आर्थिक भार व्यहोर्नुपर्ने जानकारहरुले बताएका छन् ।

    निगमले कर्मचारी संचयकोष र नागरिक लगानीकोषबाट ऋण लिएर खरिद गरिएको नयाँ जहाज २४२ टन क्षमताको हुनुपर्नेमा २३० टन क्षमताको मात्र भएकाले जहाजले लगातार १० घण्टा उडान भर्न नसक्ने जानकारहरुले बताएका छन् ।

    आइसिटिसीका हावाई माफियाहरुसँग घनिष्ठ सम्बन्ध रहेका महाप्रबन्धक सुगतरत्न कंसाकारले नेपाल वायु सेवा निगमलाई धराशयी बनाउन गरेको षड्यन्त्र र कमिसनमोहका कारण निगम महिले ३३ अर्ब ऋणमा डुबेको छ ।

    निगमले अहिले व्यवस्थापनका लागि २० अर्ब रुपैयाँ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् अर्थमन्त्रालयसँग माग गरेको र ऋणलाई संस्थागत गर्न सरकारलाई दबाब दिएको समाचार स्रोतले जानकारी दिएको छ ।

    निगमले नयाँ जहाजका विदेशी पाइलटलाई मासिक २० लाख तलब दिएर, तारे होटलको व्यवस्था र उल्टै करसमेत तिर्ने व्यवस्थाले ऋणको चाङ थपिँदै गइरहेको सम्बद्ध स्रोतले बताएको छ । वायु सेवा निगमभित्रका विकृति र बेथितिका कारण अध्यक्ष मदन खरेलको टाउको खाने समाचार उल्लेख छ ।

    नेवानिका नयाँ तथा पुराना जहाजमध्ये दुइटा ह्याङ्गरमा थन्क्याइएपछि कंसारकारले टाट पल्टाएर कार्यकाल पूरा गर्न लागेको चर्चा चलेको छ । कंसाकारले दुइटा एयरबस खरिदमा छ अर्ब घोटाला गरेको आरोप छ ।  नयाँ विमर्शबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…