ओम आचार्य
हिन्दुहरुले हिन्दु भक्त/ ऋषि मुनीहरु महापुरुष सन्तहरुलाइ पनी देवतुल्य भक्तीको रुपमा हेर्छन देवि/ देवताहरुको जस्तै यि महात्माहरुको पनि अनेक मन्दिर निर्माण भएका छन जहा सैकडौ भक्तहरु प्रतिदिन पुजा गर्छन र साधु संन्त का सम्बन्धित स्थान पनी तीर्थ स्थानको जस्तैपुज्य मानिन्छ र सम्पुर्ण नेपालमा यस्तो प्रकारको सानो ठुलो मन्दिर र पवित्र स्थानबाट हिन्दुहरुको दैनिक जीवनमा आध्यात्मिक पोषण मिल्छ।नेपालका नदीहरुलाइ पनी पवित्र मानिन्छ र हिन्दुको मान्यता छ की विशेष पर्व एंवम तिथिहरुमा ति नदीहरुमा स्नान गर्दा अन्तकरण को पवित्र र आध्यात्मिकउन्नती हुन्छ
यसै महत्वलाइ बुजेर नेपाल सरकारले
बाग्मती सफाइ अभियान चलाएको हो भने
भारत सरकार पनी गंगा सफाइमा लागेको हो
नेपालमा अधिकारिक रुपमा नियमित पंचांग निकाल्ने गरिएको छ र त्यो हिन्दु पंचांग नै हो र
त्यसमा भिन्न भिन्न देवि / देवताको उपसना तिथिहरुले भरिएको छ यो हिन्दु धर्मको लागी महत्वपूर्ण छ।
---हिन्दु धर्म सवै धर्मको एकता लाइ मान्छ
हिन्दु धर्मको मान्यता छ की यो धर्म सम्म पुग्न अनेक वाटोहरु छन र ती धर्म पथहरुलाइ स्विकार गर्ने मात्र हैन स्वागत पनी गर्छ किन भने विभिन्न व्यक्तिगत माँगहरुको आवस्यक्तालाइ जान्द छ ,प्रत्येक व्याक्तीको रुची मानसिक वनावटको सस्कारगत झुकावको विविधतालाइ संजेर
हिन्दु धर्म उनिहरुको अनुकुलता अनुसार सवैकोलागी पथ प्रसस्त गर्छ,
यसै कारणले हिन्दु धर्म प्रत्येक विविध प्रणालीलाइ मात्रै स्विकार गर्दैन अपितु सवै लाइ यौटै सत्य सम्म पुर्याउछ यस्तो विस्वास गर्छ।यो नै हिन्दु धर्मको उदार दृष्टी र सर्वभौमिकताको परिचय हो
सर्वधर्म सहिष्णुता सव्दले हिन्दु धर्मको सही अर्थमा चित्रित गर्दैन वास्तवमा हिन्दु धर्ममा सर्वधर्म स्विकृत छ,सवै धर्मको प्रेरणा एंवम लक्ष एक मात्र इस्वर छ भन्ने कारणले हिन्दु धर्म त्यसलाइ पुर्ण स्विकार छ,हिन्दु धर्म सवै धर्मको एकतालाइ मान्द छ,धर्मको नाममा उस्को कसै संग विरोध छैन,हिन्दु धर्मको आत्मामा
दुराग्रह संकीर्णता र वैशिष्ट्यताको बोध छैन
हिन्दुधर्ममा सर्वधर्म समाहार छ र हिन्दु धर्मको वल केवल यसैमा छ प्रतेक व्याक्ती आफ्नो आफ्नो धर्ममा/ पथमा इमान्दारी पुर्वक श्रध्दा एंवम निष्ठा र अडिग पुर्वक चलोस।
-
-हिन्दुधर्मको सार्वभौम तत्व
आकासवाट झरेको प्रत्येक पानीको थोपा
अन्तत सागरमा मिसिन्छ त्यस्तै विविध देवी देवताहरुको पुजा उपासना को गन्तव्य यौटै हो सवै धर्म प्रती हिन्दुहरुको मुलभुत दृष्टिकोण नै यही हो,यो दृष्टिकोण वैदिक वाड्गमय जतिक्कै प्राचीन हो,यो उदार भावको घोषणा वेदले सवै भन्दा पहिले एकं सद् विप्रा वहुधा वदन्ती भनिसकेको छ,त्यसपछी हिन्दुधर्मलाइ समग्रतामा चित्रित गर्ने ग्रन्थ श्रीमद्भगवद्गगितामा भगवान श्रीकृष्ण ले पुन उदघोष गर्नु भयो
मानिसले जुनजुन भावबाट मेरो आश्रय लिन्छन म तै तै भावबाट ग्रहण गर्छु।
जती मत तेतिनै पथ इस्वर योटै हो र सवै धर्म अन्तत तै लक्ष्यमा पुक्छन।
यो नै सत्य हो हिन्दुधर्मको मुलभुत सिध्दान्त र सार्वभौमिकता हो।
--
कर्म नै हिन्दु धर्मको मुल
सवै मंगलकारी सक्तीहरुलाइ एकत्रित गर्नुस कुन झण्डा को मुनी तपाइ अग्रसर हुनुहुन्छ, त्यस्को प्रवाह नगर्नुस तपाइको झण्डाको रंग निलो/ हरियों/ रातो/ कुनै पनी हुनसक्छ त्यस्को प्रवाह नगर्नुस वरु सवै रंगलाइ मिलाउनुस र त्यसमा अत्युज्जवल सेतो रंग निर्माण गर्नुस जुन प्रेमको रंग हो ।हामिले त कर्म गर्नु पर्छ फल त आफ से आफ हुदै जान्छ ।यदी कुनै सरकारी वन्धनहिन्दु राज्य वनाउन बाधक छ भने तपाइहरुको आत्मासक्तीको सामुन्ने आफ से आफ घुडा टेक्छ।
----
सनातन धर्म / वैदिक धर्म
प्राचीन वाड्गमय मा हिन्दु धर्मको समानार्थी कुनै सव्द पाइन्दैन तेस्मा सनातन धर्म / वैदिक धर्म को प्रयोग पाइन्छ।वेद / उपनिषदमा वर्णित सनातन धर्म तथा वैदिक धर्म को ठाँउमा अव हिन्दु धर्म स्वीकृत भैसकेको छ र यो हिन्दु धर्मको प्रयोग पनी प्रयाप्त प्राचीन हो र वर्तमान नेपालीहरु द्वारा स्विकृत यो सव्दको प्रयोगमा कुनै असंगति छैन ,हिन्दु धर्म आज विश्वको प्रमुख जीवन्त धर्महरुमा एक हो र सवै भन्दा धेरै प्राचीन पनी हो,वोध्द इसाइ एंवम इस्लाम धर्म कै जस्तो हिन्दु धर्म कुनै अवतारी पुरुष या धर्माचार्य को शिक्षा द्वारा गठित भएको हैन
यस्को अस्तित्व कुनै व्यक्तीविशेसको शिक्षाको ऋणी पनी छैन यो त प्रमाणिक वाड्गमय वेदमा आधारित छ।गीता ले हिन्दुधर्म को समग्रतामा प्रतिपादित गरेको छ र आधुनिक आध्यात्मिक नेपाल को निर्माण भगवतगिता कै आधार हो।
इस्लाम एंवम इसाइ धर्म को जस्तै हिन्दु धर्म योटै विचार लिएर हिड्दैन यसो भन्दा अझ राम्रो होला हिन्दु धर्म अन्य सवै धर्म द्वारा प्रतिपादित जीवन जगत संवन्धित अन्तरव्यापी अन्तिम सत्यको प्रतिनिधित्व गर्छ,हिन्दु धर्मले कुनै एक धार्मिक समप्रदाय को कट्टर प्रतिवध्दता र कुनै एक समप्रदाय विशेस मा हिडने मानवीय विवसतालाइ आग्रह गर्दैन ,हिन्दु धर्मले योटै सत्यको उपलब्धि को विभिन्न उपाया र त्यस्कोप्रमाणिकता लाइ स्विकृती र आदर गर्छ।
हिन्दु धर्म र यस्को व्यापकता
जव सम्म मानिसले सामाजिक नियमको पालना गरीरहेका हुन्छन तव सम्म कुनै पनी इष्टदेवता मानेकै कारणले या नास्तिक या अज्ञेयवादी भएकै कारणले पिडित गरिएको छ?
समाजले कसैलाइ कुनै सामाजिक नियम भंग गरेको अपराधमा शाशित गरोस तर प्रत्येक मान्छेलाइ अति निच पतित नै किन नहोस उनिहरुको लागी पनी हिन्दुधर्ममा मोक्षमार्ग कहिल्यै पनी वन्द गरिएको छैन। संसारमै भएका धर्महरु मध्ये हिन्दुधर्म नै यस्तो धर्म हो जहा अन्य धर्मको तुलनामा एक भाव विशेष बड़ी हुन्छ सैकडौ जीवनमा लगातार प्रयत्न गर्नुस युगौं युग आफ्नो अन्तरमनमा खोज्नुस
तैपनी तपाइ यस्तो उदार धार्मिक विचार
देख्नु हुन्न तर हिन्दु धर्ममा आध्यात्मिकता को त्यो अनन्त खानिमा पुर्व देखिन्नै हिन्दुधर्ममा अन्तर्निहित छ र साच्चै भन्ने हो भने
हिन्दुहरु संसारको अन्य जातिको तुलनामा अपेक्षाकृत नैतिक आचारमा अत्यधिक
उन्नत भएको पाइन्छ।
-----
जगत गुरु शंकराचार्य र वैदिक सनातन धर्म
आचार्य शंकर ले तत्कालिन समयमा समपुर्ण भारतमा वैदिक सनातन धर्मको ह्रास वल हीन विध्वस्त र छिन्न भिन्न भएको अवस्थामा हिन्दु वैदिक सनातन धर्मको प्रचार प्रसार गरे र समपुर्ण नकारात्मक विचारलाइ केवल हिन्दु धर्मले मात्रै अर्थात आध्यात्मिक सत्यको मुल आधार केवल सनातन वैदिक धर्मको महासक्ती ले मात्रै रोक्न सक्ने वताए ,उन्को प्रतिभा अपूर्व थियो साधना अलौकिक उनको तेजस्विता तथा दिव्य ज्ञानको फलस्वरूप हिन्दुधर्म ह्रास हुनुबाट वच्यो,विस्वनाथ मन्दीरको पुन स्थापना वद्रीनाथमा नारायणको विग्रह स्थापना
जगन्नाथमा पनी विग्रहको स्थापना लगायत हिन्दु धर्मको जीवन दिदै प्रचार प्रसारमा जुटी रहे,भारतको चारै दिसामा आचार्य शंकरले चार पिठको स्थापना गरे र यै चार किल्ला ले आज भारत सुरक्षित छभने अर्कों तिर हिन्दु धर्मको प्रचार प्रसार पनी यिनै मठको दायित्वमा आएकोछ आचार्य शंकर पथ ,आचार्य शंकरले नै वैदिक धर्म राज्य स्थापना गरेका हुन ।
-----
पशुपतीनाथ र शंकराचार्य
पशुपतीनाथमा पुजार्चना वन्द भयो हिन्दु धर्मको पुर्ण अवहेलना भइरहेको थियो मन्दीरको पवित्रतालाइ नष्ट गरिएको थियो
धर्म विरोधीहरुले मन्दिर भित्र अपवित्र वस्तु फ्याकेर मन्दिरलाइ भ्रष्ट गरेका थिए
आचार्य शंकरले नै आएर मंन्दिरको मार्जन र पुजाको आदेस दिए र देवताको पुजा र वन्दनामा ध्यान मग्न भए र समपुर्ण सिस्य हरुको उपस्थितीमा पसुपतीको पुजार्चना मा संगल्गन हुदै जय ध्वनीको दसैदिसामा
प्रतिध्वनि गुनजेको थियो र नेपालमा हिन्दु जागरणको नवजागरण आयो पसुपतीको जिर्णोद्वार शास्त्र सम्मत पुजा नियमित रुपमा गराउन विद्वान ब्राह्मण नियुक्त भए साच्चै भन्ने हो भने अहिले सम्म संसारमा जती पनी धर्म प्रचारित भए त्यसमा अधिकांस प्रधान त राजसक्तीको पृष्ठपोषकतामा नै वृध्दी भएका छन तर हिन्दु धर्म एक मात्र वैदिक सनातन धर्म को प्रचार त्यस्को अपवादमा देखा परछ, आचार्य शंकर वैदिक धर्मको झन्डै लिएर आत्मासक्तीको वल ले अगाडी वडेका थिए
आचार्य शंकरको पछाड़ी सेनाको पदध्वानी थिएन वन्दुक र गोली पनी थिएन मात्रै वेदध्वानी थियो मनत्रोचारण थियो ,देव देव ताहरुको भजन र किर्तन थियो ।
अव आउ मुख्य विषयमा
भारतमा ४ पिठाधीश हुदाहुदै नेपालमा १ अर्कों पिठाधीश को आवस्यक्ता किन भयो
यो कुरा मनन योग्य छ नेपालमा कालान्तरमा धार्मिक संकट आउने संकेत देखेरनै दूरदर्शी धर्म गुरु संकराचार्यहरुले नेपालमा पनी धर्म रक्षाकोलागी चतराका हाम्रा पुज्य गुरु वालसन्तलाइ जगतगुरु शंकराचार्य घोषण गरे यो संयोग हैन
पुर्व नियोजित विधिकों विधान हो यसरी बुज्नुस वाल सन्तज्युलाइ मात्रै शोभाकोलागी मानकोलागी वहाको नाम अगाडी यो विशेषण आएको हैन।
अव वहाँ माथि ठुलो दायित्व आएको छ
आदी गुरु शंकराचार्यको पथ यात्रामा आफ्नो पथ मिलाउनु र नेपालमा वैदिक सनातन हिन्दु धर्म रक्षाको लागी मुक्तीनाथ पिठाधीश कमलनयनचार्य कालीबाबा लगायत थुप्रै धर्म गुरुलाइ समेटेर हिन्दु धर्मको प्रचार प्रसार गरेर समपुर्ण नेपालीलाइ जागरुक गरेर हिन्दु राज्य स्थापनाको महान लक्ष्यमा एकिक्रीत गर्नु नेतृत्व लिनु नै शंकर पथ हो ।
अहिले निरपेक्षको प्रसारमा राजनैतिक सक्तीको पृष्ठपोषकतामा वृध्दी भएको अवस्थामा जगतगुरु शंकराचार्य वालसन्त ज्युले वैदिक झन्डै उठाउनुस वेदध्वानी पैदा गर्नुस मनत्रोचारण गराउनुस वनदनापाठ गराउनुस र हिन्दु राष्ट्र कोलागी जागरुप गराउनु
नै नाम अगाडीको यो विशेषण सार्थक रहने छ।
जय हिन्दु राष्ट्र