•  

    दीप खादी लिम्बु

    रातोकलम अनलाइन,

    कार्तिक-२६

    क्वालालम्पुर,

    किरात धर्म तथा साहित्य उत्थान सघ रास्ट्रीय समिती मलेशिया द्वारा आयोजित महागुरु फाल्गु नन्दको जन्मोत्सव क्वालालम्पुर परदेशी रेस्टुरेन्टको सभाहलमा आइतबार भब्य रुपले सम्पन्न भएको छ।बिहान करीब ९ बजे पुजा पाठ र केलाङ सहित समारोह लाइ औपचारिक रुपमा सुरु गरिएको हो।उक्त समारोहका प्रमुख अतिथि नेपाल आदिबाशी जनजाति महासघ रास्ट्रीय समन्वय समिती मलेशियाका कार्यबाहक अध्यक्ष राम तामाङ रहेका थिए।भने अथितिहरु क्रमस:नेपाल आदिबाशी जनजाति पत्रकार महासघ साखा मलेशिया(फोनिज) का अध्यक्ष दिपक सुनाखरी मगर,विश्व साहित्य महासघ मलेशियाका सम्रक्षक जीवन देवान गाउले,भोजपुर सेवा समाज मलेशियाका महासचिव रबिन राई,नेपालि जनप्रगतिसिल मन्च मलेशियाका उपाध्यक्ष दिप लिम्बू,समाजसेवी रमेश पौडेल तथा किरात धर्म तथा साहित्य उत्थान सघ रास्ट्रीय समिति मलेसियाका संरक्षक दील केरुंग लिम्बु रहेका थिए।

     

    कार्यक्रमको उद्घाटन प्रमुख अतिथि लगायत विभिन्न सघ सस्थाका प्रतिनिधिहरुले सङ्युक्त रुपमा दिप प्रज्वलन गरेर गरिएको थियो।सस्थाका संरक्षक समेत रहेका दिल केरुङ लिम्बुले पुर्बी लिम्बुवानी समाजमा महा गुरु लिङ्देनको अतुलनीय योगदान रहेको उल्लेख गर्दै किरात धर्म र समाज सुधारका क्रान्तिले बेतिथी बिसङ्ती लाइ टुंगोमा पुर्याउन लिंग्देनको ठुलो भूमिका रहेको स्मरण गराए र धार्मिक विभेद रहितको सिङो समाज निर्माणले मात्रै भाइचारा ,धार्मिक सहिष्णुता कायम गर्न सकिने भएकोले सबै धर्मलाम्बिहरु संग आदर सम्मान र सत्भाब राख्न र समाज सन्तुलनको लागि नितान्तै आवस्यक रहेको मन्तव्यको करामाम बताए!

    धार्मिक रुपमा एक होनहार पूर्वको लिम्वुवानी समाजकका सुधारक, मुन्धुम बिद (लिम्बू जातीको मुन्धुम) को संरक्षण कर्ता ,ध्यानी योगी तथा धार्मिक अगुवाका रुपमा फाल्गुनन्दलाई चिनिन्छ।नेपालका सोह्रौं राष्ट्रिय विभूति रहेका फाल्गुनन्दले धार्मिक प्रचलन निर्माणको काम गरेकोले महागुरु समेत भनिन्छ।उनीसँग अद्भूत दैविक शक्ति रहेको विश्वास छ।अध्यात्मिक क्षेत्रको विकासमा अमूल्य योगदान दिएका फाल्गुनन्दले पुर्बि समाजको सुधारका निम्ति सात बुँदे सत्य धर्म मुचुल्का समेत बनाएका थिए।विंस १९४२ साल कातिक २५ गते जन्मिएका फाल्गुनन्दको जन्म जयन्तिको अवसरमा बिस्वका कुनाकुनामा रहेका किरात धर्म लम्बिहरुले पुजा पाठ गरेर सम्झिने गर्छन। समाज सुधारक महागुरुको सम्झाना गर्दै किरात बाहेकका जातिहरुले पनि जन्म जयन्ति बिसेष रुपमा मनाउने गर्छन।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…