• साँखु, २७ कात्तिक
    शङ्खरापुर नगरपाकिलाले साँखुमा पुरानो शैलीका पुरातात्विक तथा ऐतिहासिक घर निर्माण गर्र्नेलाई रु एक लाख थप अनुदान वितरण गरेको छ । साँखुको ऐतिहासिक पहिचान र अस्तित्व बचाउन परम्परागत शैलीमा घर निर्माण गर्नुपर्ने नगरपालिकाको निर्णयअनुसार उक्त रकम वितरण गरिएको हो ।

    नगरपालिकाले तोकेको मापदण्डअनुसार साँखु बजारक्षेत्रका आठ भूकम्पपीडितले आवास पुनःनिर्माण सम्पन्न गरी नगरपालिकाबाट रु एक÷एक लाख गरी रु आठ लाख लिइसकेको शङ्खरापुर नगरपालिकाका इञ्जिनीयर मिलन फुँयालले जानकारी दिनुभयो । बजारक्षेत्रको सांस्कृतिक तथा ऐतिहासिक संरक्षणका लागि पुरानै शैलीमा आवास निर्माण गरेपछि नगरपालिकाबाट थप अनुदानस्वरुप रु एक लाख पाइन्छ । कात्तिकसम्ममा पुनःनिर्माण सम्मन्न गरी अनुदान पाउनेमा साँखुका शान्तिलाल श्रेष्ठ, हरिकृष्ण मानन्धर, बलराम श्रेष्ठ र राजाराम डङ्गोलसहित आठ जना छन् ।

    आवास निर्माण सम्पन्न गरेर नगरपालिकाबाट थप अनुदानको लागि अन्य तीन जनाले निवेदन दिएका छन् । निवेदन दिएका लाभग्राहीको घर अवलोकन गरी नगरपालिकाले थप अनुदान वितरण गर्ने नगरपालिकाका प्रमुख कार्यकारी प्रमोद सिम्खडाले बताउनुभयो । नगरपालिकाले पुरानै शैलीमा घर निर्माण गर्नेलाई नक्सासमेत निःशुल्क बनाइदिने गरेको छ । इञ्जिनीयर फुँयालका अनुसार नक्साको गलत प्रयोग नहोस् भनी नक्सा बनाउनुपूर्व धरौटीका लागि केही रकम नगरपालिकाको खातामा राख्ने र पछि घर सम्पन्न गरिसकेपछि फिर्ता गर्ने गरिएको छ ।

    साँखु बजारका झण्डै एक हजार घरमध्ये करीब ७०० ऐतिहासिक तथा पुरातात्विक शैलीका घर ध्वस्त भएका थिए । अहिले १०० भन्दा बढी घर निर्माण भइरहेका छन् । भूकम्प गएको चार वर्ष भइसक्दा पनि राजधानीभित्रकै प्राचीन, ऐतिहासिक तथा पुरातात्विक महत्वको शहर साँखुमा घर अझै पुनःनिर्माण हुनसकेको छैनन् । विसं २०७२ मा गएको भूकम्पबाट प्राचीन शहर साँखुबजारका मौलिक शैलीका धेरै घर क्षतिग्रस्त भएका थिए । शङ्खरापुर नगरपालिकाको ढिलासुस्ती, लामो समयसम्म कसले पुनःनिर्माण गर्ने भन्ने अन्योल, आर्थिकभार, जग्गा विवादलगायतका कारण साँखु बजारक्षेत्रको पुनःनिर्माण हुननसकेको स्थानीयवासी बताउँछन् । (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…