• ओम आचार्य
    नेपाली कांग्रेस ले गएको निर्वाचनवाट पाटी सुध्दी को लागी केही संकेत त पाएकै होला ,केही कुराहरु वुजेकै होला वुजेको छैन भने वुज्ने प्रयास गर्नु पर्छ।

    नेपालि कांग्रेस को पराजय लाइ व्याक्तीको पराजय नठानियोस र यस्तो ठान्छ भने झनै ठुलो त्रुटि हुने छ, काग्रेसको पराजय विगतका राम्रा राजनितिक कार्यहरु चुनावी रणनीतिमा मुध्दा वनाउन नसक्नु , प्रकासमा ल्याउन नसक्नु नै हो , सवै भन्दा ठुलो गल्ती कांग्रेसमा धेरै स्यइलेन्ट भोटहरु छन ,तिनिहरु लाइ चलायमान गर्न नसक्नु नै हो , तिनिहरुलाइ समेट्न नसक्नु नै हो , यस्ता धेरै प्रतिष्ठित सम्मानित र समाजका अगुवाइ नेपाली कांग्रेस मा छन जो घर दैलो कार्यक्रम निस्कदा , चारतारे मा भोट माग्दै हिडदा निस्चयनै एकपटक मतदाताहरु ले सोच्नै पर्छ र त्यो सोचाइ नेपालि कांग्रेसको लागी उपयोगी फलदायी हुन्थ्यो तर त्यस्तो गर्न पाटी र पाटीबाट उम्मेदवार भएकाले आवस्यक ठानेनन या यिनिहरुको वुध्दी ले काम गरेनन या यिनिहरुको दम्भ, घमन्डले , या अति विस्वास ले यसो गर्न दिएन।
    तर अहिले डा. शेखर कोइराला ले यही कुरालाइ मनन गरेर अव पाटीमा लागेकाको मुल्यांकन हुने छ म यस्को ज़िम्मेवारी लिन्छु भन्नु पनि राम्रो संकेतको रुपमा लिन सकिन्छ।यही कुरा अन्य नेतृत्वतह मा वसेकाले भन्न सकेका छैनन , पाटी संचालनमा नेतृत्व तहमा वसेकाहरु उदार हुनु पर्छ र आफ्ना कार्यकर्ताहरुको संरक्षण र मुल्यांकन गरेर क्षमता र हैसियत अनुसार ज़िम्मेवारी दिदै जानु पर्छ जुन डा. शेखर कोइरालवाट व्यक्त विचारले कांग्रेसमा जीवन दिने छ र सायद नेता कोइराला कै विचारको प्रतिफल वहा विराटनगर आउदा निवास मा होस या एयरपोर्ट मा होस त्याहा हुने गरेको कार्यकर्ताको उपस्थितिले शिर्षनेता गिरिजा प्रसाद कोइरालाको सम्झना गराउन थालेको टिप्पणी गर्न थालेका छन।

    कांग्रेसले अव कठोर हुनु पर्छ कठोर यस अर्थमा की पाटी मा अनुशासन छैन , यो यौटा मन्दिर जस्तो भयो जुनै वेला पनि प्रवेस गर्न सक्ने र वहिर्गमन पनि गर्न सक्ने यस्ता हरुमा धैरै जुता र चप्पल चोर हरु आउछन र सच्चा कांग्रेस ले ख़ाली पैतला हिडनु पर्छ अहिलेको चुनावी परिणाम को नतिजाले यही देखाएको छ।

    वि पी को त्यो काग्रेस अहिले सप्तरीको व्रम्हजिया को पेड़ा पसल जस्तो भएको छ वुडोको पेड़ा यो नाम अगाडी विशेषण लगाइ सवैले वुडोको पेड़ा पसल भनेर जसरी नाम राखेका छन त्यस्तै वि पी को नाम संग कांग्रेस लाइ जोडेर - हामी असली संस्थापन -हामी संस्थापन र संस्थापन यी तिन गुटले आफ्नो आफ्नो पसल को नाम यसरी राखेर कार्यकर्ता वटुल्न तिर लागेका छन कार्यकर्ता अन्योलमा छन यस्तो अवस्थामा कार्यकर्ताले सुध्द चिज पाउछ त ,सुध्द चिन्तन ,सुध्द विचार ,सुध्द चरित्र, सुध्द आचरण ,सुंध्द नेतृत्व पाउछन त ,कार्यकर्ता ठगिन्दैन त ,कार्यकर्ताको शोषण त हुदैन ,कार्यकर्ताको दोहन त हुदैन ।

    यो संवेदनसिल विसय हो यस्मा नेतृत्व लिएका को लापार्वाह हेलचक्राइ र उदासिनताले नेपाली काग्रेसको भविस्य सुनिस्चित गर्छ त? नेतृत्व तहमा वसेकाले सोचौं!

    अव पुराना र निष्ठावान , वि पी को समाजवाद वुजेका , चारतारेलाइ वुजेका , यस्ताव्याक्तीहरु थुप्रै पाटीमा छन जो अहिले पाटी देखी दुरी वनाएर वसेका छन , पाटीदेखी विरक्तिएका छन पाटी देखि उच्चाटन भएका छन , विस्थापित भएकाछन यस्ताहरुलाइ घर घरमा गएर त्यो पनि कार्य कर्ता हैन , युवा पुस्ता हैन काग्रेसका शिर्ष नेताहरुले गएर भेटेर पाटीमा समाहित गराउनु पर्छ उनिहरुको स्वभिमान , प्रतिष्ठाको उच्च कदर गर्नु र गराउन सक्नु पर्छ । हो यही कार्य अहिले डा . शेखर कोइराला मेची देखी महाकाली सम्म संगठन वनाउन र कार्यकर्तासाथिहरुको मनोवल उच्चवनाउन जिल्ला जिल्ला मा सम्पर्क राखिरहनु ले पनि गिरिजा कोइरालाको झझल्को डा. शेखरमा देख्दै छन।

    अहिले नेपाली कांग्रेसमा रहेका शिर्ष नेताहरु लगायत केन्द्रिय र जिल्ला स्तरिय नेताहरुले सधै राष्ट्र , समाज को डर राखेर काम गर्नु पर्छ भोलि कसैले अनुचित प्रस्न , भोलि कसैले चोर औला नदेखाओस , पाटी मा ज़िम्मेवार पद लिएर वसेकाहरुको चारित्रिक आचरण नै पाटी को प्राण हो ,पहिचान हो ,यसरी सवैले यस्तो विचार धारण गर्दा कांग्रेस जनमानसमा समाहित हुन्छ र यस्तो अवधारण पाटीमा विकसित गराउन पाटी एकपल्ट कठोर हुनै पर्छ ,यसरी काग्रेसलाइ सुध्दी गर्नै पर्छ ,यो सुध्दीमा कोही पनि विस्थापित र अपमानित भएको न ठानियोस, यस्ले त कार्यकर्ता पाटीमा नै रहने उस्को विकार, फोहर , मैला दुसित पना प्रदुसित पना मात्रै फालेर हटाएर प्रतिवध्द , दत्तचित भएर लाग्नु पर्ने वातवरण सृर्जना गर्न सकियो भने साच्चै काग्रेस ले कहिल्यै पराजय , भोग्नु पर्दैन , जहिल्यै पनि राष्ट्रको नेतृत्व दायीं भुमिका मा रहने छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…