• विवेक मिश्र (बेलवारी)
    वन क्षेत्रको २२ बिगाहा जग्गा हडपेर बिक्रि गर्न खोज्नेहरुको सपना सर्वोच्च अदालतले तुहाइ दिएपछि स्थानीय हर्षित भएका छन् । पुर्व पश्चिम राजमार्ग क्षेत्र अन्तर्गत पर्ने मोरङको भाउन्ने चोकमा रहेको सृजना सामुदायिक वन क्षेत्रको २२ बिगाहा जग्गा हडपेर बिक्रि गर्न खोज्नेहरुको भोगचलन गराउन दर्ता गराएको रिट सर्वोच्चले बदर गरिदिएपछि स्थानीयबासी हर्षित भएका छन् ।
    नारदमणी गौतम, विवेकचन्द्र कार्की, अमृत खड्का, नरवहादुर तामाङ, मचिन्द्र बेघा, चन्द्रीका साह र शान्तिराम भट्टराई लगायतका भूमाफिया समुहले मोरङको तत्कालीन डा“गीहाट ४ हाल बेलबारी नगरपलिका १० स्थित भाउन्ने चोकमा रहेको सृजना सामुदायिक वन क्षेत्रको २२ बिघा जमिन कब्जा गरेर भोग चलन गराई पाउ“ भन्दै सर्बोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । तर अदालतले भोग चलनकालागि माग दावी नपुगेको भन्दै रिट निवेदन खारेज गरेपछि उक्त जमिन वनकै नाममा कायम भएको छ ।
    अदालतको पैmसलामा निवेदकहरुले दावी गरेको उक्त जमिन फिल्ड बुक तथा नक्शामा फेला नपरेको, स्थानीय राजनीतिक दलहरुको सर्वदलीय बैठकले जमिन राष्ट्रिय वन अन्र्तगत सृजना सामुदायीक वनको भनिएको, दावी गरिएको जमिन साविक देखिएको दर्ता, श्रेष्ता, नापीमा बुझदा निवेदकहरुको नाममा मोठ, श्रेष्ता कायम नभएको, नापी नक्शा पनि नभएको र पुर्जा अनुसार जग्गा प्रती जंगल क्षेत्रमा पर्ने देखिएको र राष्ट्रिय वन क्षेत्र भित्र पर्ने देखिएकाले वन ऐन २०४९ अन्र्तगत दर्ता खारेज गरिएको छ ।
    उक्त जमिन राष्ट्रिय वनको भएको र निवेदकको नाममा दर्ता भए र भएको पाइए जहिलेसुकै बदर हुने कानुनी व्यवस्था भएकोले स्वता दर्ता बदर हुने देखिएको अदालतको आदेशमा उल्लेख छ ।
    पूर्व पश्चिम राजमार्गस“गै जोडिएको भाउन्ने चोकको उक्त जमिन भूमाफियाको समुहले २०५३ सालमा किर्ते गरी व्याक्तिको नाममा दर्ता गराएर २०६४ सालमा वस्ती वसाल्ने प्रयास गरेका थिए । त्यसवेला स्थानीयवासी र वन रक्षकले उनीहरुलाई लखेटेको उक्त सामुदायीक वनका तत्कालीन सचिव कृष्ण हुमागा“ईले वताए ।
    उनका अनुसार त्यसवेला स्थानीय हिमप्रसाद मिश्र, गंगा इश्वो, बद्रि मण्डल र सौदागर राजवंशी सम्मीलीत संघर्ष समिति पनि गठन भएको थियो । त्यसैवेला जिल्ला वन कार्यालय मोरङले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । हुमागा“ईका अनुसार तत्कालीन जिल्ला वन प्रमुख अरुण शर्मा पौडेलले उनीहरुलाई जनही १ लाख १० हजार धरौटी लिएर छाडेका थिए ।
    जिल्ला वनवाट छुटे लगत्तै उनीहरुले तत्कालीन पुनरावेदन अदालतमा उक्त जमिन भोग चलन गराई पाउ“ भन्दै रिट दायर गरेका थिए । पुनरावेदनले पनि रिट निवेदन खारेज गर्दै उनीहरुको धरौटी फिर्ता गरेर तत्काल पक्राउ गर्ने आदेश दिएपछि उनीहरु सर्वोच्च पुगेका थिए । हुमागा“ईका अनुसार उनीहरु अझै फरार सूचीमा छन ।
    संक्रमणकालको फाइदा उठाउँदै वन क्षेत्रको जग्गा आफनो भएको दाबी गर्दै घेराबेरा गर्न खोजेपछि स्थानीयबासीले उनीहरुलाई लखेटेका थिए । संघर्ष समितिका सदस्य हिमप्रसाद मिश्रले भने उनीहरुले उक्त जमिन भोग चलन गर्न संघर्ष समितिका अगुवाहरुलाई लोभ देखाउने र धम्की दिने समेत गरेका थिए ।
    भाउन्ने चोकमा रहेको उक्त क्षेत्रको जग्गा प्रतिबिगाहा एक करोड भन्दा बढी मुल्यको छ । भुमाफियाहरुले वन मन्त्रालय, जिल्ला वन मोरङ , इलाका वन बेलबारी, सृजना सामुदायिक वन समिति , वन क्षेत्रको भूमी संरक्षण संघर्ष समिति लगायतलाई बिपक्षी बनाउँदै जग्गा आफनो भएको दाबी गर्दै भुमाफियाहरुले सर्बोच्चमा रिट दर्ता गराएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…