डम्बर लाबुङ
‘विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको निधो गर्दछ । यदि यो सहि छ भने सबै कुरा हासिल हुनेछन् र यो गलत भएमा हासिल भएको पनि सबै कुरा गम्न जान्छ ।’–माओत्सेतुङ
नेपालको पूर्वी क्षेत्रमा विगत १२ वर्षअघिदेखि लिम्बुवान पार्टी स्वायत्त लिम्बुवान प्रदेशको लागि राजनीतिमा क्रियाशील छन् ।तर, लिम्बुवान राजनीतिमा विविध व्यक्तिगत स्वार्थका कारणले राजनीतिक उपलब्धी शुन्य हुदै आएको छ । पृथ्वीनारायण शाहको राज्य विस्तारको समय देखि विकसित भएको स्वार्थका अवशेषहरु अझै जिवित देखिन्छ ।
हिजो राणाशासन, पंचायतकाल, हुदै बहुदल र गणतन्त्रसम्म आइपुग्दा पनि त्यस्ता व्यक्तिगत स्वार्थमा लागेका अवसरवादीहरुले लिम्बुवानी जनताहरुलाई विभाजित गराए ।
वि.स. १८३१ मा गोर्खाका पृथ्वी नारायण शाह र लिम्बुवानका केही अवसरवादी शासकहरुबीच नुन-पानी सन्धी सम्पन्न भयो ।
गोर्खा र लिम्बुवानबीच गरिएको त्यस सन्धीपछि आजसम्म लिम्बुवानमा निरन्तर विद्रोह हुदैँ आएको छ । लिम्बुवानका केहि दक्षिणपन्थी तथा अवसरवादीहरु आफ्नो निहित स्वार्थको लागिसत्तापक्षमा लागेरलिम्बुवान आन्दोलन र लिम्बुवानी जनतालाई विभाजित गराउदै आएका छन् ।
लिम्बुवानका विभाजित पाँच पार्टीहरुबीच एक आपसमा चर्को विवाद थियो ।लिम्बुवानी जनता, युवा नेता-कार्यकर्ताहरुको दबाब र बुद्धिजीवीहरुको सहजीकरणमा २०७१ साउन १८ र १९ गते भेडेटारमा ऐतिहासिक पार्टी एकता सम्पन्न गरिएको थियो ।
त्यसबेला विजयपुरको पवित्र माटो र तामाको पाथी छुदै फेरि कहिले पनि पार्टी नफुटाउने बाँचा गरेको थियो ।
पाँच पार्टी एकतामा कुमार लिङ्देनले नेतृत्व गरेको संघीय लोकतान्त्रिक राष्टिूय मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषद, वीर नेम्बाङको लिम्बुवान मुक्ति मोर्चा, कमल छाराहाङको संघीय गणतान्त्रिक मोर्चा, सञ्जुहाङ पालुङ्वाको संघीय लिम्बुवान राज्य परिषद र रामभक्त कुरुङ्बाङको लिम्बुवान मुक्ति मोर्चा नेपालबीच पार्टी एकीकरण गरिएको थियो ।
पाँच पार्टीबीच एकीकरण पश्चात “संघीय लिम्बुुवान पार्टी, नेपाल” गठन गरि त्यस नयाँ पार्टीको अध्यक्ष कुमार लिङ्देनलाई माने। धेरै प्रयासको बाबुजुत कठिनाइले पार्टी एकता गरेपनि त्यहाँ भावनात्मक एकता हुुन सकेन् । तर, राजनीतिक इतिहासमा कहिँ देखा नपरेको रोचक जात्रा भनेकोे, पार्टी अध्यक्ष आफैले पार्टी फुटाएर लगेको थियो । आम लिम्बुवानी जनता र कार्यकर्ताहरुको आवश्यकता र चाहना बिपरित पार्टी फुटाई प्रकारान्तरले प्रतिक्रियावादी र यथास्थितिवादीहरुलाई सघाउने काम गरि छाड्यो ।
वि.स. २०७२ चैत १०गते “संघीय लोकतान्त्रिक राष्टिूय मञ्च” लाई निर्वाचन आयोगमा नविकरण गराएर वि.स. २०७३ असार १७, १८ र १९महाधिवेशन गरिएको थियो । लाजमर्दो र हाँस्यस्पद घटना भनेको संघीय लिम्बुवान पार्टी, नेपालको लेटरप्याड मार्फत महाधिवेशन आह्रान गरेको थियो । “संघीय लोकतान्त्रिक राष्टिूय मञ्च”को नाम यथावत राखेपनि “संघीय लिम्बुवान राज्य परिषद”लाई “संघीय लिम्बुवान मञ्च, नेपाल” भनि नाम परिवर्तन गरेको छ । त्यसैगरी “संघीय लोकतान्त्रिक राष्टिूय मञ्च” को १३ तारे झण्डालाई परिवर्तन गरि अहिले १० तारे बनाएको छ ।
यसरी अध्यक्ष लिङ्देनद्धारा नै पार्टी फुटाएर गएपछि मुलधारको एकीकृत पार्टी “संघीय लिम्बुवान पार्टी, नेपाल” मा अर्को नयाँ पार्टी अध्यक्ष आवश्यक भयो ।
वि.स. २०७३ असोज ५, ६ र ७ गतेको महाधिवेशन मार्फत सञ्जुहाङ पालुङ्वालाई पार्टीको नयाँ अध्यक्ष र खगेन्द्र माखिमलाई सह-अध्यक्षमा निर्वाचित गराइएको थियो । फेरि, अध्यक्ष सञ्जुहाङ पालुङ्वाले पनि पार्टीहित विपरित काम गरेको भनि आन्तरिक विवाद सिर्जना भयो ।
र, पार्टीको दुईतिहाई बहुमतले सञ्जुहाङलाई हटाई सह-अध्यक्ष खगेन्द्र माखिमलाई संघीय लिम्बुवान पार्टी, नेपालको अध्यक्षमा चयन गरिएको थियो ।
पार्टीको बैठकमा संविधान जारी भइसकेको अवस्थामा देशभरको सम्पूर्ण पहिचानवादीहरु एक भएपछि मात्रै लिम्बुवान लगायत १०+१ सुनिश्चित हुने निस्कर्ष निकालिएको थियो । त्यसैले पार्टीको दुईतिहाई बहुमतलेसंघीय समाजवादी फोरमसँग पार्टी एकता गर्ने निर्णय गर्यो ।
संघीय समाजवादी फोरमसँग पार्टी एकता गरेपछि लिम्बुवान प्रदेश समितिको अध्यक्षमा खगेन्द्र माखिमलाई चयन गरे । तर, त्यस पार्टी एकतामा सञ्जुहाङगएनन् अहिले जनमुक्तिमा जाने अन्तिम तयारी गरिरहेको देखिन्छ ।
लिम्बुवान लगायत १०+१ सुनिश्चित गराउन देशभरको सम्पूर्ण पहिचानहरु एक नभएसम्म संम्भव नै छैन ।
तर, कुमार लिङ्देनले पहिचानवादी तथा लिम्बुवान प्रेमी जनताहरुको भावनामाथि चलखेल गर्दै पटक-पटक पार्टी फुटाउदै आएको छ ।
उसले फुटाएको पार्टी-संगठनहरु जस्तैः २०५१ मा राष्टिूय जनमुक्ति पार्टी, २०६४ माकुमार लिङ्देनकै गलत गतिविधिका कारण सञ्जुहाङले पार्टी फुटाउनु परेको थियो, २०६५ को महाधिवेशनमा लिङ्देनले फरक मत राख्न नदिदा मिसेकहाङले लिम्बुवान क्रान्तिकारी गठन गरे, २०६६ मा लिङ्देनको गलत गतिविधिकै कारणले सभासद लक्षण थारु अलग भए, २०६८ मा मञ्चको अध्यक्ष भएका खम्बुवानका इन्द्रहाङलाई अपदस्त गरि लिङ्देनले आफ्नो अध्यक्ष दाबी गरेपछि खम्बुवान र तामाङसालिङ अलग भए, २०६८ मा लिङ्देनकै गलत र रुखो कार्यशैलीले गर्दासभासद रुकमणि चौधारीले संघीय लोकतान्त्रिक राष्टिूय मञ्च “थारुहट” गठन गरे, २०७२ मा लिङ्देनले लिम्बुवानको प्रवास समाज र अन्तर्राष्टिूय समन्य समिति विभाजन गराई आफ्नो पक्षको व्यक्तिहरुलाई नियुक्ति गरायो, त्यसैगरी २०७२ चैत १० गते निर्वाचन आयोगमा संघीय लोकतान्त्रिक राष्टिूय मञ्चको दर्ता-नविकरण गराई आधिकारीक रुपमा २०७३ असार १७, १८ र १९ गते मञ्चको अधिवेशन गरि पाँच पार्टीको एकीकृत “संघीय लिम्बुवान पार्टी, नेपाल” लाई फुटाएको थियो ।
लिम्बुवान मञ्चको राजनीतिक कोणबाट हेर्दा,पहिचानको राजनीति फरकपनाको राजनीति हो ।
यसले छुट्टाछुट्टै समस्या भएको हुदाँ छुट्टाछुट्टै आन्दोलन हुनुपर्छ भन्ने मान्यता राखेको छ । लिम्बुवानको लागि लिम्बुवान मञ्चले मात्र लड्नु पर्छ भन्ने मान्यता राखेको छ । यसले एकाताबद्ध आन्दोलनलाई मान्दैन ।समाजमा हरेक समुहहरुले अरुभन्दा बेग्लै पहिचानको हिसाबले रहनुपर्छ भन्ने मान्यता राखेको देखिन्छ ।
एक हिसाबले हेर्ने हो भने यो विभेदका बिरुद्धको दीर्घकालीन संघर्षको नभएर प्रतिक्रियाको राजनीति हो । किन भने यसले केही समय मानिसहरुलाई संघर्षको लागि प्रेरित गर्छ, तर त्यो माग पूरा भए पनि वा नभए पनि बिस्तारै सेलाउँदै जान्छ ।
हिजो चुनावको क्रममा पार्टी एकताको आश्वासन दिदैँ राष्ट्रिय जनमुक्ति पार्टीसँग चुनावी तालमेको लागि भिख मागेका थिए । तर, चुनावी स्वार्थ पुरा भएपछि लिम्बुवान मञ्चले पार्टी एकताको सहमति तोडेको छ । जो अन्यायमा परेको छ उसले आफ्नो कुराहरुलाई उठाउनु पर्छ ।
आफ्नो लागि आफै लडनु पर्छ भन्ने मान्यताको आधारमा यो अभियान चलाइएको छ । हरेक अभियानको आ-आफ्नै बेग्लै आन्दोलन हुनुपर्छ र ती स्वायत्त हुनुपर्छ भन्ने यसको मान्यता छ । आफ्नो मुद्दा उठाउन आफ्नै पार्टी बनाउनु पर्ने भएकोले यसले समाजमा सयौँ पार्टीहरुको परिकल्पना गर्दछ । हरेक समुहको अलग-अलग आन्दोलन हुने हुँदा समग्रमा आन्दोलन नै कमजोर पार्न सक्छ ।
किनभने राजनीतिक शक्ति त्यतिबेला प्राप्त हुन्छ, जुनबेला सबैको सहयोग प्राप्त गर्न सकिन्छ ।
लिम्बुवानमञ्चको राजनीतिक प्रवृत्ति अलग र विभाजनवादी रहेको देखिन्छ । यहाँ हरेकको हरेक शत्रु हुन आउँछ । यस किसिमको राजनीतिले देशभरको सम्पूर्ण वर्गीय उत्पीडन र सामाजिक, साँस्कृतिक उत्पीडन, क्षेत्रीय उत्पीडन लगायतको समग्र पहिचानवादी राजनीतिक आन्दोलनलाई राष्टिूय स्तरमा जोड्न सक्दैन । त्यसैले यसले गर्दा पहिचानवादीहरुको समग्र आन्दोलनलाई नै कमजोर बनाइ रहेको देखिन्छ ।
लिम्बुवान मञ्चको विगत र वर्तमानको राजनीतिक अवस्था हेर्दा, प्रायः सबैमा पार्टीको अध्यक्ष भएपछि पार्टीमा मैले जे गरे त्यै हुनु पर्छ भन्ने धारणाहरु पाइन्छ । यस्तो धारणाले पार्टीमा बहस र छलफल हुने संस्कार, स्वतन्त्र र नयाँ सोच विचार भएका नेताहरु बढ्ने र रहने सम्भावना कम भएर जान्छ ।
यस्तो नेताले खाली हनुमानहरुलाई मात्र आफ्नो पछि लगाउँछ ।
जसले हुन्छ मात्र भन्छ र जसले आफ्नो विरुद्धमा कुनै प्रश्न उठाउँदैन । उसलाई मात्र बढुवा दिने र सपोर्ट गर्ने गतिविधिहरु हुन्छ । यस्तो लुछाचुँडीमा कतिपय इमान्दार मानिसहरु किनारा लागिरहेका छन् भने अवसरवादीहरुले इमान्दारहरुलाई विस्तापित गरिरहेका छन् ।
यस किसिमको संस्कार बसिसकेपछि त्यहाँ नयाँ विचारको छलफल हुँदैन । त्यस्तो ठाउँमा नयाँ मान्छेहरु आउन सक्दैनन् ।
यस्तो भएपछि, तेस्ता नेताहरुले गर्ने निर्णयहरु सङ्कुचित हुन्छन् । उनीहरुले कसैको सल्लाह लिँदैनन् । उनीहरुको चासोचाहीँ आफू कसरी पदमा बसिरहने भन्ने मात्र हुन्छ । आफ्नो व्यक्तिगत स्वार्थलाई केन्द्रविन्दुमा राखेर मात्र निर्णय गर्ने भएकोले देश र जनतालाई नकारात्मक असर पार्ने गलत निर्णयहरु पनि हुन्छन् ।
लिम्बुवान राजनीतिको लागि एक सक्षम र असल राजनेताको अभावमा पार्टीभित्र बैचारिक, राजनैतिक, संगठनात्मक संरचना, गलत कार्यशैली र आर्थिक अपारदर्शीता जस्ता विविध कारणहरुले गर्दा पटक(पटक फुट र विभाजन सामना गर्नुपर्यो ।
अध्यक्षद्धारा आफूभित्र विद्यमान रहेको व्यक्तिवादका विरुद्ध कठोर आत्मसंघर्ष, अन्तरसंघर्ष र बैचारिक संघर्षको विकास गर्दै पार्टी एकतालाई संस्थागत तथा सुदृढ गर्न सकेन । जसले गर्दा एकीकृत “संघीय लिम्बुवान पार्टी, नेपाल र लिम्बुवान क्रन्तिलाई अन्तसम्म नेतृत्व गर्ने ऐतिहासिक भुमिका तथा अवसर समेत पुरा गर्न सकेनन् ।
अहिले स-साना टुक्रामा विभाजित भएर राजनीति गरिएको हुदाँ लिम्बुवान मञ्चको राजनीति कुनै पनि समग्र राजनीतिक प्रणालीको लागि चुनौति भएन ।
यसले संयुक्त आन्दोलनलाई तुहाउँने भएको हुदाँ निरंकुश शासन लामो समयसम्म चलाउन चाहनेहरुको लागि यो उपयुक्त देखियो । त्यसैले अब पहिचानवादी तथा लिम्बुवान प्रेमी जनताले कुमार लिङ्देनको पहिचानवादी राजनीतिक शक्तिलाई टुक्रा-टुक्रमा विभाजित गराउने नीति र कार्यदिशा ठिक हो कि खगेन्द्र माखिमको लिम्बुवान लगायत १०+१ सुनिश्चित गराउन देशभरको सम्पूर्ण पहिचान शक्तिहरु एउटा राष्टिूय चरित्रको शक्तिशाली पार्टीमा गोलबन्द हुनुको विकल्प छैन भन्ने नीति र कार्यदिशा ठिक भनि फैसला गर्ने समय आएको छ ।
अतः लिम्बुवान मञ्चले जनतालाई लामो समयसम्म झुकाएरै राख्न सम्भव छैन ।
विस्तारै सत्यतथ्य बुझेपछिसबै राष्ट्रिय चरित्रको पहिचानवादी पार्टीमा गोलबन्द हुदै जानेछन् । लिम्बुवानको यस्तै गलत नीति र कार्यशैलीले गर्दा अहिले २०६४ सालको चुनावी नतिजा भन्दा अहिले आधा भन्दा तल झरेको छ ।
लिम्बुवान मञ्चले कार्यकर्ता पलायन हुने डरले अहिले आफ्नो पार्टी पनि राष्ट्रिय स्तरको पार्टी भनि भ्रम सिर्जना गरिरहेको देखिन्छ । अध्यक्षद्धारा गरिएको पटक-पटक पार्टी विभाजनले धेरै नेता-कार्यकर्ताहरु अन्य पार्टीमा पलायन भएका छन् ।
यस्तै सन्दर्भमा चीनका माओत्सेतुङले भनेका छन् “विचारधारात्मक तथा राजनीतिक कार्यदिशा सहि वा गलत हुनुले सबै कुराको निधो गर्दछ । यदि यो सहि छ भने सबै कुरा हासिल हुनेछन र यो गलत भएमा हासिल भएको पनि सबै कुरा गम्न जान्छ ।”त्यसैले पहिचानमा आधारित अधिकार सम्पन्न स्वाशासित र स्वायत्त प्रदेशहरु बनाउनको लागि देशको सम्पूर्ण स-साना पहिचानवादीहरु एउटा राष्टिूय चरित्रको शक्तिशाली पहिचानवादी पार्टीमा गोलबन्द हुन आवश्यक छ ।
संविधान संशोधन नगरे यस्ता प्रान्तिय र क्षेत्रीय तथा जातीय पार्टीहरुको भविष्य देखिदैँन ।
पहिचानवादी पार्टीहरु यसरी निरन्तर विभाजित भएर एक्ला-एक्लै संघर्ष गर्दा राजनीतिक गन्तव्यमा पुग्ने संम्भावना छैन ।त्यसैले सम्पूर्ण उत्पीडित सामाजिक, साँस्कृतिक समुदाय तथा वर्गीय र क्षेत्रीय उत्पीडनमा परेका समुदायहरु पहिचानवादी एकतामा गोलबन्द हुनुको विकल्प छैन ।ब्लाष्टखबरबाट