• धरान । धरान उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष प्रविणकुमार राई(नरेन्द्र(ले सरकारले दिने सेवा सुविधा नै पुरै सामाजिक काममा लगाएका लगाउदै आएका छन् ।
    २०७४ जेठ १४ गतेको स्थानीय तहको निर्वाचनमा नेपाली काङग्रेसका तर्फबाट वडा अध्यक्षको टिकट पाए । टिकट उनका लागि निकै चुनौतीपूर्ण थियो । कम्युनिष्टहरुको गडमा १८ वटा प्रतिबद्धता पत्र बनाएर मैदानमा उत्रिएका थिए । काङग्रेसले अन्य वडामा हार्यो तर उनले चुनाव जिते । वडा नं १८ का स्थानीयहरुलाई बेकारमा जिताइए छ भन्ने पनि उनले महसुस गर्न दिएका छैनन ।
    धरान–१८ रत्न चोकका स्थायीवासी राई नेपालकै उदाहरण जनप्रतिनीधि हुन बनेका छन् । चुनाव जिते पछि नगरकार्यपालिकाले उनको तलव २४ हजार तोक्यो । गत बैशाखसम्म कार्यपालिकाले तोकेको तलव थापे । जेठदेखि प्रदेश सरकारले स्थानीय तहको तलव १९५०० तोक्यो । नगरपालिकाबाट आउने तलव उनले आफुखुशी खर्च गरेका छैनन । वडाका ५ सदस्यसहितको एउटा समिति बनाएर उनको तलव त्यहाँ जम्मा हुने गरेको छ । त्यो कोषबाट गरिव असहाय विपन्न परिवारलाई खर्च गर्दै आएका छन् ।
    तीन जना कुलतमा फसेका युवालाई उनले सुधार गृहमा लान सहयोग गरे । ट्याक्सी चालक उमेश विश्वकर्मा, तेन्जी शेर्पा र विशाल राईलाई सुधार केन्द्रमा राख्न ७७ हजार सहयोग प्रदान गरे । विशाल राई दुर्घटनामा परेर मृत्यु भयो भने उमेश र तेन्जी सुधार गृहमा ४ महिना बसेर सामाजिक जीवन विताईरहेका छन् ।
    ‘मैले प्रतिज्ञा गरेको छु, जनताको सेवा गरेर पाएको पारिश्रमिक व्यक्तिगत काममा खर्च गर्दिन ।’– वडा अध्यक्ष राईले भने– ‘त्यही संकल्प अनुसार एउटा कोष बनाएर समाजिक काममा लगाई रहेको छु ।’

    उनले विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भोजपुरबाट उपचार गर्न ल्याएको मुटुको समस्या भएका ४ बर्षे बालकको उपचार गर्न २२ हजार गत चैत्र महिनामा प्रदान गरे । यस्तै धरान–१५ स्थित एउटा खुट्टा गुमाएका मिलन विश्वकर्मालाई जिविकोपार्जनका लागि गत जेठ मिहनामा १६ हजार दुई सयमा एउटा सिलाई मिसिन किनिदिए । एचआईभी संक्रमितहरुको संख्था धरान पोजेटिप समुहलाई गत बैशाखमा २० हजार नगद प्रदान गरेका छन् । धरान १८ का २० जना महिलाहरुको लागि ३ महिने व्युटिपार्लर तालिमका लागि ५० हजार सहयोग गरे । गत असारमा क्यान्सरबाट पीडित विशिका श्रेष्ठलाई १९ हजार ५ सय सहयोग प्रदान गरे । विपी प्रतिष्ठान अगाडीको गेट नजिक विश्वकर्मा मन्दिर निर्माणका लागि ५० हजार दिएका छन । अहिले त्यो कोषमा ४२ हजार रकम बाँकी रहेको उनले बताए । उत्पीडनमा परेका व्यक्तिको स्वास्थ्य शिक्षा, खेलकुदलगायत क्षेत्रमा आफ्नो पारिश्रमिक खर्च गरेको उनले बताए ।

    उनले निर्वाचनताका १८ वटा प्रतिवद्धता जनाएका थिए । १८ मध्य १३ वटा एक बर्षको अवधीमै पुरा गरिसकेको सुनाए । १ लाख ४२ हजार लागतमा १८ नं। वडाको विपी गेट, बुद्धचोक र रत्नचोकमा ४ वटा सिसी क्यामेरा जडान गरि दिएका छन । यसको निरिक्षण इलाका प्रहररी कार्यालय धरानले गर्ने गरि उनले व्यक्तिगत लगानीमा जडान गरेका हुन ।
    वडा अध्यक्ष नहुदासमेत सामाजिक काममा क्रियाशिल राई नेपाल तरुण दलको जिल्ला उपसभापति समेत बनिसकेका थिए । पूर्व विट्रिस लाहुरेका छोरा राई वडावासीको पीडामा सक्दो मलहम पट्टी लगाउने प्रयास जारी राख्ने बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…