• काठमाडौं । साँग्रिला डेभलपमेन्ट बैंक संकटमा पर्ने संभावना बढेर गएको छ । बैंकको गत आवको तुुलनामा नाफा उच्च रुपमा घटेको छ । नाफा घट्नुुको प्रमुुख कारण जोखिम बढी हुने र व्यवस्थापन खर्च उच्च हुुनुु हो ।

    सोही आधारमा आगामी समय साँग्रिलाका सेयर लगानीकर्ताहरुले पाउने लाभांस पनि घट्ने संभावना बढेर गएको छ । बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा एक करोड ९२ लाख ९२ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा चार करोड १० लाख ६५ हजार रुपैयाँ रहेको थियो ।

    चुक्ता पुंजी दुुई अर्ब ५० करोड ६३ लाख ८५ हजार रुपैयाँ रहेको बैकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा १६ अर्ब ७४ करोड ७२ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी १५ अर्ब छ करोड २२ लाख २४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

    सो अवधिमा १९ करोड ९६ लाख २४ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा प्रोभिजन रकम नौ करोड सात लाख ५८ हजार रुपैयाँ रहेको छ भने निष्क्रिय कर्जाको अनुुुपात दुुई दसमलव ४० प्रतिसत रहेको छ ।

    गत आवको सोही अवधिमा भने बैंकले १३ अर्ब ८० करोड ४४ लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरी १२ अर्ब आठ करोड २१ लाख पाँच हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा १४ करोड ६२ लाख ४३ हजार रुपैयाँ खुद व्याज आम्दानी गरेको बैंकमा शुन्य दसमलव ९८ प्रतिसत कर्जा निष्क्रिय रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…