• तेजन खड्का
    उर्लाबारी । सामान्यता देउसी खेलेको रकमबाट बनभोज जाने रमाईलो गरेर सक्ने प्रचलन छ । तर मोरङको उर्लाबारीमा यस्तो देउसी खेलियो कि जुन रकम दुखी बिरामीलाई सहयोग गरिएको छ । उर्लाबारी निवासी—७ निवासी ममता रानाको संयोजकत्वमा देउसी खेलेर संकलन भएको रकम मृगौला पीडित ज्योति राईलाइ प्रदान गरिएको हो ।
    देउसी खेलेर संकलित रकम नगद १० हजार नगद उर्लाबारी ३ मंगलबारे निवासी राईलाई उपचारको निम्ति निज विरामीको घरमा पुगेर देउसी भैलो टिमले नगद संयोजक ममता राना,सुमित्रा राना,सान्ता कुरुङम्बाङ,बिबेक हिम्माङ ,महेन्द्र थेगिम लगायतले हस्तान्तरण गरेका छन् ।
    सोहि टोलीले देउसी भैलो खेलेरै क्यान्सर रोगी पत्रे धिमाललाई पनि केही दिन अघि नगद १० हजार टांडी युवा क्लबका अध्यक्ष महेन्द्र थेगिमले जानकारी दिए । देउसी खेलेर कलासंस्कृति जोगाउनु मात्र होईन, दिनदुखीलाई पनि सहयोग गर्न सकिन्छ, देउसी संयोजक ममता राना मगरले भनिन्, ‘चाडपर्वमा सबैको व्यस्तताको बाबजुद पनि देउसी खेलेर सहयोग गर्न पाईयो । ’ ममता राना सामाजिक काममा आफुलाई समर्पित गर्न चाहाने महिला हुन् । उनले रोजगारको शिलशिलामा जापानमा गत बर्ष देउसी खेलेर नमुना वाल गृहलाई सहयोग गरेकी थिईन् ।
    हामी थोरै जना सिमित श्रोत र साधनले पनि यतिको काम गर्न सकियो,ममताले भनिन्,‘हाम्रो उदेश्य अनरुप धेरै थोरै जे जति भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको छ । वडा सदस्य भीष्म बुढाथोकीले यो उदाहरणिय कामको प्रशंसा गर्दै देउसी टोलीलाई धन्यवाद दिनुभएको छ । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…