• कार्तिक ३० विराटनगर । पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मरणमा संग्रहालय र अस्पताल निर्माण हुने भएको छ ।

    जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले विराटनगरमा पूर्वप्रधानमन्त्री कोइरालालको स्मरणमा संग्रहालय सगै अस्पताल निर्माणको तयारी अघि वढाएको हो ।

    जिपी फाउण्डेशन प्रदेश एक कार्यालयले हिजो पत्रकार सम्मेलन गरी जीपी संग्रहालय र अस्पताल निर्माणको तयारीको बारेमा जानकारी गराएको हो । जीपी फाउण्डेशन प्रदेश एक कार्यालयका प्रमुख इन्दिरा थापाले निकट भविष्यमा नै फाउण्डेशनको लगानीमा जीपी संग्रहालय र अस्पताल निर्माणको काम अघि बढाइने जानकारी दिए ।

    उनले फाउण्डेशनको एक नं प्रदेश कार्यालयको आगामी मंसिर २ गते उद्घाटन सगै पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जीवनीमा आधारित फोटो प्रर्दशनीको तयारी समेत गरिएको उनले बताए ।

    फाउण्डेशन कार्यालयको कांग्रेस नेताहरु डा। शंशाक कोइराला,डा शेखर कोइराला र सुजता कोइरालाले संयुत रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

    गिरिजाप्रसाद कोइरालाकी पुत्री सुजता कोइरालाले निर्माण गरेको घरमा उनले आफना पिता गिरिजाप्रसाद कोइरालाको नाममा जीपी फाउण्डेशन संस्था सञ्चालन गरी सो घर सो संस्थाको नाममा हस्तान्तरण गरेकी छिन ।

    कोइराला निवास अगाडी गिरजाप्रसाद कोइराला पुत्री सुजताको नाममा रहेको चार कट्ठा क्षेत्रफल जमिनमा तीन तल्ले भवन निर्माण गरिएको छ ।

    फाउण्डेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा चार कट्ठा क्षेत्रफल मध्यको बाँकी जमिनमा गिरिजाप्रसाद कोइरालाको स्मरणमा जीपी संग्रालयको निर्माण गरिने छ । त्यसैगरी जीपीको नाममा अस्पताल निर्माणको समेत तयारी गरिएको जीपी फाउण्डेशन प्रदेश कार्यालयले जनाएको छ । समाचार नेपाल समाचारपत्रमा छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…