ओम आचार्य
नेपाली कांग्रेस स्थानिय , प्रदेस र प्रतिनिंधी सभाको चुनावी परिणाम वाट प्राप्त गरेको हैसियत , अवस्था वारे विश्लेषण , छलफल गरेर यौटा नतिजा मा पुग्न वसेको नेपाली कांग्रेस को केन्द्रीय कार्य समीति वैठक ले सन्तोष जनक जवाफ दिन सकेन , र आम कार्यकर्ता ले खोजेको उत्तर कार्य समीति वाट आएन ।
केन्द्रिय समीति गठन भएको दुइ महिना भित्र केन्द्रीय समीति लाइ पुर्णता दिनु पर्ने मा दुइ वर्ष नाघिसके पछि भएको मनोनय ले पनि कार्यकर्तामा निराशा र नेताहरु मै आपसमा विमती र वहिस्कार वाट नेपाली कांग्रेस लाइ एक ढिक्का वनाउने , काग्रेसलाइ सुध्दी गर्ने भनाइ पनि निरर्थक देखियो ।
सहज वहुमत हुदैमा फरक मत राख्ने को कुरा नसुन्ने उनिहरुको मतको कदर नगर्ने र यसरी नै अगाडी वड्दै जाने हो भने पाँच वर्ष पछि को निर्वाचन मा नेपाली कांग्रेस लाइ पुर्व अवस्था मा पुर्याउने अठोट पनि विधमान अवस्थामा देखिन्दैन ।
अव कांग्रेस गुट/ उपगुट वाट माथि उठेर अगाडी वडनु पर्छ भन्ने कार्यकर्ता एवं जनमानसको भावना को विपरित गएर सभापति देउवा लगायत वहिस्कार र विमती राखेर गुट /उपगुट लाइ जीवितै राख्ने नेतृत्व तहमा वस्नु लाइ सुदुर भविस्यको लागी राम्रो संकेत मानिन्दैन । सस्थापन पक्ष होस या सस्थापनइतर पक्ष हुन एक आपसमै द्वन्द गरिरहने ,मनमुटाव राखिराख्ने हो ,आपसमा लडिरहने हो भने कांग्रेस ले संसदमा विपक्षको भुमिकामा क्षमता , दक्षता देखाउन सक्दैन।
अहिले मनोनयन गरेर आफुलाइ शेर सावित गर्ने
र त्यो मनोनयनमा परेर आफुलाइ शेरको कवच मा आवध्द भएको ठानिएतापनि नेपालि कांग्रेसको संगठन लाइ भविस्यमा शेर वनाउन सकिए यो मनोनयनको सार्थकता देखिने छ ! अव त्यो जीम्मेवारी केही हदमा यिनिहरुको काँधमा पनि आएको छ हेरौ यिनिहरुले कांग्रेस मा देखिएको कटुता , तनाव ,द्वैस र वैमनस्यता घटाउन छन की वडाउछन ,यिनिहरुले सभापतीलाइ थांग्रा वनाएर उक्लन्दै गर्दा सभापति लाइ विधी विधानमा चल्न र भेद नगरी पाटी संन्चालन गर्ने भुमिका कत्तिको निर्वाह गर्छन ।
शुशिल केइराला पाटी सभापति हुदा जसरी सस्थापनइतरपक्ष संग समन्वयन , सहमती र सल्लाहावाटै पाटी संन्चालन गरेको कुरा विर्सदै शुशिल कोइराला ले पनि " दुइ वर्ष पछी मात्रै कार्य समीतिलाइ पुर्णता दिएको " कुरा राख्दै मैले गर्न किन नहुने भन्ने प्रस्न राख्नु! कति सम्म उचित र विधी संगत हुन्छ ? यस्तो विचार ले पाटी मा कति सुध्दी ल्याउछ?
अर्को तर्फ देउवाजी ले पाटी फुटाएर जादा र विलय पछी भागवन्डा को जे जसरी सहमती गर्ने प्रतिवध्दता लागु गरियो , त्यो सहमती अहिले सस्थापन इतर पक्ष लाइ दिन किन हिचकिचाउछन , आफ्नो वहुमत कै वल मा अगाडी वडिरहने हो भने असन्तुस्ट समुह ले देउवामा घेरावन्दी गर्ने र उनको यो शैलिलाइ साइजमा राख्न छलफल र वहसमा जुटिसकेको अवस्थामा पाटी विचलन मा पुग्ने अनुमान गर्न थालिएको छ र यस्तो भएको खण्ड मा देउवा माथि निर्वाचन पराजयको संगै पाटी विग्रह को दोष समेत लाग्न सक्छ ।
अहिलेको परिवर्तित राजनिती मा नेपाली कांग्रेस को भुमिकालाइ कसरी प्रस्तुत गर्ने र पाटी लाइ कस्तो निर्देशन दिने यस विसयमा मा नेतृत्व तह गम्भिर देखिनु पर्छ , निर्वाचन परिणाम ले नेपाली कांग्रेसलाइ प्रतिपक्षमा राख्नु को साथै सांगठनिक हिसावले पाटी लाइ चुस्त र दुरुस्त राख्न पनि सन्देस दिएको अवस्थामा नेतृत्व तहले पाटी मा गुट / उपगुट को भेद र पृथककारी सोच र भावना लाइ त्याग गरी कार्यकर्ता र नेताहरुको क्षमता र हैसियत अनुसार अवसर र मौक़ा प्रदान गर्ने नीति अवलम्वन गर्नु पर्छ ।
नेपालि कांग्रेस एकल नेतृत्वमा चलेको पाटी हो अर्थात सभापती नै निर्णायक हुन्छन ,यो वि पी कोइराला , गिरिजा कोइराला देखी शेर वहादुर देउवा सम्म आइपुग्दा यसरी नै चलेको छ ,यस्तो संरचनामा पाटी को अवस्था सुद्रिढ हुदा होस विस्तार हुदा होस या संकुचन हुदा होस त्यस्को श्रेय या अपजस पाटी सभापती मा नै जाने हो , जस्तोकी २०६४ साला मा पाटीको पराजय हुदा त्यस्को जीम्मेवारी लिने विसयमा तत्कालिन समयमा पाटी को केन्द्रिय तहका ज़िम्मेवार वाट त्यो परिस्थितीको जीम्मा लिन अश्विकार गरिरहेको अवस्थामा पाटी सभापती गिरिजा प्रसाद कोइरालाले टिकट वितरण वहाहरुले( शुशिल कोइराला , शेर वहादुर देउवा, र रामचन्द्र पौडेल ) गरेको भएपनी यो हार को सम्पुर्ण ज़िम्मेवारी नैतिक रुपमा म लिन्ंछु भन्नु भएर पाटी एकल नेतृत्वहवाट चलेको देखिन्छ भने अहिले हारको सामुहिक ज़िम्मेवारी लिने कुरा उठाउदै हारको नैतिक जीम्मेवारी सभापतिले लिन नसक्नु नै पाटी मा अरु मतभेद / मतमतान्तर हुर्किरहेको झागिंरहेको , मौलाइरहेको हो भन्नु पर्छ।
कुनैपनि लहरा भएको वनस्पती जस्तो घिरौला , लौका , कांक्रा आदी लाइ थांग्रा चाहिन्छ विना थांग्रा त्यो वनस्पती जमिनमा गुटमुटिएर रहन्छ फैलिन्दैन त्यस्तै अवस्था नेपाली काग्रेसमा देखिन्छ, थांग्रा भनेकै पाटी सभापती हुन तर नेपाली काग्रेसमा शेर वहादुर देउवा थांग्रा भएर त आए तर त्यो थांग्रा उन्का आसे पासे लाइ मात्र हुन पुग्यो र त्यो थांग्रा मा फैलिएकाहरुवाट समग्र काग्रेसलाइ फैलाउन सकेन , समग्र कांग्रेस प्रतिनिधित्व गर्न सकेन , समग्र कांग्रेसलाइ समेट्न सकेन । थांग्रा नेपाली काग्रेसको लागी भएर आउनु पर्थ्यो र कांग्रेस लाइ फैलाउनु पर्थ्यो , भेद नगरिकन सपोट हुनु पर्थ्यो , विभेद नगरिकन साहारा दिनु पर्थ्यो त्यो हुन नसकेर नै यस्तो अवस्था सृर्जना भएको हो यो स्विकार्नु पर्छ।
अर्को कुरा नेपाल सरकार ले संवैधानिक अंग देखी निजामती र निजामती देखी प्रदेस सरकार एवं स्थानिय निकाय सम्म को पदयिय मर्यादा क्रम तोकेर सर्कुलर गरेको छ , नेपाली कांग्रेस मा केन्द्रिय तह देखी जिल्ला स्तर सम्म मर्यादा क्रममा कहिल्ये कही विवाद आएर आपसमै एक अर्काको अस्तित्व नस्विकार्ने अवस्था मा पुगेको देखिन्छ यस्ले पनि काग्रेसलाइ परोक्ष रुपमा क्षती पुर्याइ रहेको छ तसर्थ नेपाली कांग्रेस केन्द्रिय कार्लयले यौटा मर्यादा क्रमको अधिकारिक सुचि तयार पारेर सवै आफ्ना जील्ला स्थित कार्यलयहरुमा सर्कुलर गरोस र भविस्यमा यस वाट कसैको मान , यस र प्रतिष्ठामा चोट पुर्याउने काम नगरोस , विचार गर्दा यो कुरा सानो देखिन्छ तर पाटी संगठन यहीवाट प्ररम्भ हुन्छ , यहीवाट अनुशासन सुरु हुन्छ , यहीवाट अरुको अस्तित्व मान सम्मान प्रतिष्ठा को सम्मान को अभ्यास सुरु हुन थाल्छ।