• काठमाडौ,१ मंसिर । काठमाडौ उपत्यकामा आज यस वर्षकै कम तापक्रम मापन गरिएको छ । मौसम पूर्वानुमान शाखाका अनुसार शनिवार बिहान काठमाडौंको तापक्रम ६ दशमलव २ डिग्री सेल्सियस मापन गरिएको हो। यसअघि २० कार्तिकमा तापक्रम घटेर ६ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो त्यसपछि क्रमश तापक्रम बढेर न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस पुगेको थियो।  जुम्लाको तापक्रम भने माइनस २ दशमलव ५ डिग्री सेल्सियस पुगेको छ।

    मौसम सफा भएकाले यो वर्ष सँधैभन्दा छिटै देशभरी कै न्यूनतम तापक्रम घटेको महाशाखाले जनाएको छ । राति मौसम सफा हुँदा जमीन चिसो हुने भएकाले तापक्रम घटेको हो । तत्काल पानी पर्ने संभावना भने नरहेको महाशाखाको भनाई छ । आज बिहान सुुर्योदय ६ बजेर २६ मिनेटमा भयो भने ५ बजेर ११ मिनेटमा सुर्यास्त हुनेछ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…