• काठमाडौं । एमाले र माओवादी केन्द्र एक भएर नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बनेपछि गुटगत राजनीतिले नेतालाई उचाल्ने र पछार्ने कामले व्यापकता पाएको छ ।

    हुन त एमाले मै पनि अहिले प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष र तत्कालिन एमालेका अधयक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल गरी दुई गुटमा विभक्त भएका थिए ।

    तर, अहिले ति गुट साना हुनुको साटो संख्यामा बढ्दै र आफ्नो स्वार्थ अनुरुप नेतालाई उचाल्ने र पछार्ने काम गर्दै आएका छन् ।

    मंगलबार मात्रै सुदुरपश्चिम प्रदेशको मन्त्रीबाट एक नेताले माधवकुमार नेपाल गुटको भएकै कारण मन्त्रीबाट मात्रै होइन पार्टीको साधारण सदस्यबाट समेत बर्खास्तीमा पर्नु प¥यो ।

    सामाजिक विकास मन्त्री रहेका दिर्घ सोडारी स्वयंले पार्टी भित्रको आन्तरिक गुटबन्दीका कारण आफूलाई पदबाट हटाइएको दावी पत्रकारसामु गरिसकेका छन् । ‘मलाई मन्त्री भएको कुरा सुरुदेखि नै एउटा खेमालाई चित्त बुझेको थिएन । त्यही बेलादेखि मेरा विरुद्ध विभिन्न बहाना बनाइँदै थियो,’ सोडारीले पत्रकारहरुसंग भने ।

    विपरित गुटको भएकै कारण सुदुरपश्चिम प्रदेश इन्चार्ज भिम रावलले सोडारीमाथि पदीय मर्यादा विपरित आचरण गरेको आरोप लगाएर साधारण सदस्यसमेत नरहने गरी हटाएका हुन् ।

    सोडारी चढ्दै आएको स्कारपियो गाडी भाइटीकाको दिन दुर्घटना भएपछि सोडारीलाई विवादमा पार्दै बाहाना बनाएर रावलले आफ्नो स्वार्थ पूर्ति गरेका हुन् । रावलले प्रदेश अध्यक्ष कर्ण थापालाई मंगलबार बेलुका प्रदेश कमिटीका पदाधिकारी बैठक राख्न लगाई पार्टी सदस्यबाट सोडारीलाई हटाउने निर्णय गर्न निर्देशन दिएका थिए ।

    ‘प्रदेश पदाधिकारी बैठकले उनलाई अनिश्चित कालसम्म पार्टीको साधारण सदस्यसमेत नहुने गरी कारबाही गर्ने निर्णय गरेको छ,’ बैठकपछि पत्रकारहरुलाई दिएको जानकारीमा अध्यक्ष थापाले भने ।

    तत्कालीन एमाले कैलालीका अध्यक्ष रहनुभएका सोडारी पार्टी एकीकरणपछि प्रदेश कमिटी सदस्यमा कार्यदलको सिफारिसमा परेका थिए ।

    यता, केन्द्रमा पनि प्रधानमन्त्रीको सचिवालयमा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले भन्दा समेत ओलीले एक जनालाई राखेका छैनन् । अर्को गुटको व्यक्ति राखेपछि सूचना चुहिने डरले ओलीले नराखेको निकटस्त स्रोतहरु बताउँछन । प्रचण्डले पूर्वसांसद हेमराज भण्डारीलाई सचिवालयमा राख्नका लागि सिफारिस गरेका थिए ।

    ओलीले छानी छानी दोहो¥याएर, तेह¥याएर आफ्नो सचिवालयमा पुरानै अनुहार भित्रयाएपछि नेताहरुले व्यङय समेत गर्न भ्याउदै भन्ने गरेका छन् ‘हाम्रो पार्टीमा कोहि नियुक्ति खानकै लागि जन्मेका रहेछन् ।’

    त्यतिमात्र होइन, पार्टीमा नेता नेपाल गुटका नेतालाई न सरकारमा, न पार्टीमा कुनै कार्यकारी पद र आकर्षक स्थान दिइएको छैन् । प्रदेश समिति बनाउने बेलामा पनि प्रचण्डले आठ भाग पाउँदा नेपालले ३ भाग मात्रै पाएका छन् ।

    जबकी नेपाल जत्तिको हाराहारीमा भाग गृहमन्त्री रहेका नेता रामबहादुर थापा बादल र नेकपा नारायणकाजी श्रेष्ठले समेत पाएका छन्।

    ओलीले पार्टीलाई आफ्नो बाउको विर्ता सम्झेको भन्दै नेता नेपाल निकटका युवा नेताहरुले विरोध गर्न सुरु गरेका छन् । विरोध गर्नेमा योगेश भट्टराई, पशुपति चौलागाई, भिम आचार्यलगायत छन् ।

    उनीहरुलाई माओवादीबाट पार्टी एकिकरण हुँदा आएका युवा तहका नेताहरुले पनि आन्तरिक रुपमा सहयोग गरिरहेको निकटस्थ स्रोतहरु बताउँछन् । पार्टीमा आफुलाई कुनै हैसियत र जिम्मेवारी नदिएको भन्दै रुष्ट रहेका नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालले पनि उनीहरुको आन्दोलनमा तेलमा घिउ थप्ने काम गरिरहेका छन् ।

    माधवकुमार नेपालको त सर्फेट हुने नै भयो । पार्टीमा एकलौटी गर्न खोज्दा पार्टीमा, राष्ट्रिय राजनीतिमा र सरकार सञ्चालनमा समेत ओली असफल भइसकेको निष्कर्ष यी नेताहरुले निकालेको बताइन्छ । यी नेताहरुलाई भित्रभित्रै बामदेव गौतम प्रचण्डले समेत साथ दिएका छन् ।

    प्रचण्डले ओलीलाई हटाएर आफु प्रधानमन्त्री बन्ने बलियो आधार यहि हुने भन्दै आन्तरिक रुपमा गोप्य तरिकाले नेताहरुलाई साम दाम र मसला जुटाएर आन्दोलन चर्काउनका लागि सहयोग गरिरहेको निकटस्थ स्रोतले बताएको छ । ओलीको कार्यशैलीको विरोध स्थायी समिति सदस्य समेत रहेका भट्टराईले सार्वजनिक रुपमा नै गर्दै आएका छन् । अभियान टाइम्सका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…