काठमाडौं । गायिका बबिना भट्टराईको यतिवेला साँगीतिक क्षेत्रमा चर्चा चुलिदैं गएको छ । एक दशकदेखी साँगीतिक क्षेत्रमा क्रियाशिल खतिवडाले आफ्नो पहिलो गीत ‘हसाँउछौ तिम्रै मर्जी’बाट साँगीतिक क्षेत्रमा प्रवेश गरिन् ।
झण्डैं एक दर्जन गीतमा स्वर दिईसकेकी बबिनाको केहि दिन मात्रै गायक जगदिश समालसँग डोएट गीत ‘तिम्ले बाँचा ताड्यौ भने’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
युट्युव मार्फत सार्वजनिक गरिएको गीत रिलिज भएको छोटो समयमै दर्शकस्रोताले निक्कै रुचाईरहेको कारण बबिना थप उत्साहित छिन् ।
मोरङ बिराटनगर निवासी बबिनाले आफ्नो नयाँ गीतको भिडियो केहि दिनमै आउने तयारी भईरहेको बताईन् ।
संगीतलाई रहर होइन करियरका रुपमा लिएकी बबिना पारिवारिक साथ सहयोगले नै यो स्थानमा आएको बताउछिन् । बबिनाको सानैदेखीको गीतसंगीतमा लाग्ने रुचि थियो । उनी गीतहरु हरपल गुनगुनाई रहन्थिईन् ।
२०६३ मा इटहराको सरस्वती बहुमुखी कार्यक्रममा गीत गाईन् । त्यहा उनले सबैबाट राम्रो प्रतिक्रिया पाएपछि संगीत सिकेर केहि गर्ने निधो गरेकी थिईन्। बबिना आफुलाई नेपाली सांगितीक क्षेत्रमा स्थापित गराउन चाहान्छिन् । त्यसका लागि उनी फुर्सदको समय संगीत साधानामै खर्चिन्छिन् ।
https://www.youtube.com/watch?v=DBgKxNBedVA&feature=share&fbclid=IwAR1h-PuigXSiylRYUgRmUNkK5Y5X6Wy0EHzj691T98nCjRjLW8QN4MSJdx0
सेन्टिमेन्टलदेखि डान्सिङ नम्बरका गीतहरु श्रोतामाझ पस्किरहेकी रहेकी बबिनालाई लता मंगेशकर र तारादेवीका गीत मन पर्छन् रे । हाल काठमाडौंमै रहेर सांगीतिक क्षेत्रमा क्रियाशिल बबिना आफ्नो जीवन साँतीतिक क्षेत्रमै समर्पित गर्न चाहान्छिन् । भन्छिन्, मलाई यस्तै माया र साथ सहयोग गर्नुहोस, नेपाली गीतसंगीतमा नयाँपन दिन चाहन्छु ।झट्ट हेर्दा नायिका जस्तै देखिने बबिना अभिनय क्षेत्रमा भने अहिले केहि भन्न नसक्ने बताउछिन् ।
https://www.youtube.com/watch?v=UNIIxwU1L8M&feature=share&fbclid=IwAR0GxtiZ_mxlaIuAYPypA_XYyo2Rf7WyGGrjbtYplRrvQiEjeedPMR0sd4k
https://www.youtube.com/watch?v=1ktT0CGme2c&feature=share&fbclid=IwAR1ixaAtzQ-SGsJuaHyilIXq8BIYs9sznEE154tagof58kBOHmQ6JJAic_s