अनुवादक ओम आचार्य
( सन १९७४ मा आक्सफोर्डमा आयोजित एक सम्मेलनमा " लिवरल इन्टरनेशनल" को स्थापना गरिएको थियो । " लिवर इन्टरनेशनल" को व्रिटिश शाखाले १९४९ मा स्वतन्त्रताको अर्थ विषयमा एक भाषण मालाको आयोजना गरेको थियो । जस्मा गिलवर्ट मुरे, डव्ल्युआर मैथ्युस , ग्राहम हटन , विक्टर गोलान्ज जस्ता प्रसिध्द मानवतावादी , चिन्तक , विचारक, लेखक , पत्रकार र प्रकाशकहरुले भाग लिएका थिए । पछी यी भाषणहरुहरुलाइ १९५६ पुस्तकको रुपमा प्रकासित गरियो । 'द मिनिंग अफ फ़्रीडम' नामबाट प्रकासित पुस्तकमा एक भाषण तत्कालिन सुप्रसिद्ध व्रिटिस पत्रकार आर जे क्रुकसेन्क को पनि त्याहा संकलित छ जस्को नेपाली अनुवाद भारतवाट प्रकासित हुने हंसवाट गरिएको छ।
वास्तवमा नेपालको सन्द्रर्भमा यो भाषणको महत्व यो कारण छ की यस्ले थुप्रै प्रस्नहरुमाथि प्रकास पार्छ जुन आज को विचार स्वतन्त्र संचार माध्यमको प्रयोगलाइ लिएर याहाको जनमानसलाइ मथिरहेको छ । संचार माध्यममा सरकारहरुको गुलामले कव्जा गर्दा जुन ख़तराहरुको आशंका यो भाषणमा व्यक्त गरिएको छ। आर जे क्रुकशेन्कको यो भाषण नेपालमा अझ सान्दर्भिक र महत्वपुर्ण यस कारणले छ की केही वर्ष पुर्व नेपालका प्रधानमन्त्री श्रि कृष्ण प्रसाद भट्टराइ ले सार्वजनिक रुपमा 'सरकारले अखवार चलाएको मलाइ थाहा छैन त्यसैले यो गोरखापत्रको प्रकाशन लाइ स्वतन्त्र गर्नु पर्ने ' आशयको भाषणले पनि यो अनुवाद अझ आवस्यक छ ।
विचार र अभिव्यक्तिको स्वतन्त्रताको केही प्राचिन पुर्व धारणा याहा जान्दा अपार सन्तोष मिल्दछ लार्ड नार्थ र कनिष्ठ पिट का उत्तराधिकारी ले यो विषयलाइ अव विश्व रंगमंचमा उतारेर ल्याए।
आज भन्दा एकशय पचास वर्ष पुर्व विंग पाटिको सभा समारोहमा एक प्रिय प्रसंग रहनथ्यो प्रेसको स्वतन्त्रता यती जरुरी छ की जस्तो श्वासको लागी हावा । याहा छिटो भन्दा छिटो यो वताउनु जरुरी छ की त्यतिखेर विंग पाटी सत्तामा थिएन । सवै दलका राजनीतिज्ञहरु प्रेसको स्वतन्त्रता वारेमा त्यति खेर मात्रै अधिक उत्साह देखाउछन जव सत्ता उनिहरुको पकड़ देखी वाहिर हुन्छ।
१९ औं शताव्दीमा सवै पुराना विगहरु, उदारवादीहरु ( विग उदारवादीहरु) को आत्माहरुले सुचना र प्रेस स्वतन्त्रता लाइ मानव अधिकारको घोषण पत्रकों एक प्रमुख स्तम्भ वनाउने संयुक्त राष्ट्र संघको फैसलालाइ अवस्यनै आसिर्वाद दिएको हुनु पर्छ। हाम्रो उदार मन पुर्वजहरुको लागी प्रेसको स्वतन्त्रता , मुल स्वतन्त्रता थियो या कम से कम आधारभुत लौकिक स्वतन्त्रता थियो । अन्य सवै मानविय श्वतन्त्रताहरुको संरक्षक । किनकी उनिहरु सोच्द थिए की संसारमा जे भइरहेछ त्यस्को वारेमा यदी तपाइले सत्य सत्य छाप्न सक्नु भयो भने अत्यचार नाड्गो भइहाल्छ , दुष्टता शर्मले झुक्दछ र इमान्दार मानिसहरु आफ्नो दाइत्व प्रति सचेत भएर संगठित खराव, अन्याय , क्रुरता र दमनलाइ सवै क्षेत्रवाट उखालेर फ्याक्नको लागी आपसमा विचार विमर्श गर्न सक्दछ्न ।
१९औं शताव्दीको अनुभवले यही सिध्द गरेको थियो की उनिहरु सही थिए । घरेलू हालतको मामलामा र वाहिरी हालतको मामलामा पनि । मेरो विचारवाट अधिकांश इतिहासकारहरु आज यस कुरामा सहमत छन की मुख्य सुरक्षा वल्व जस्मा प्रारम्भिक विक्टोरिया कालमा देशलाइ हिंसक क्रान्तिकारी उथल पुथल वाट सुरक्षित राख्यो , एक स्वतन्त्र उत्साही प्रेस थियो र थियो डिकेन्स , कार्लाईल , युवा डिजराइली , श्रिमती मास्केल , चाल्स किंग्सले जस्ता लेखकहरु जस्को मानिसहरु को जीन्दगी संग गहिरो सरोकार थियो । उनिहरुले मध्यमवर्ग को सामाजिक चेतनालाइ एकदम सही समयमा जगाए । हाम्रा मानिसहरुको हालत त्यस्तो देखेर युरोप को अन्य देशहरुको सर्वहारा भन्दा अति खराव र सोचनिय थियो । केवल मार्क्स र एंगेल्स मात्रै हैन वरु जान स्टुअर्ट मिल पनि यही मान्द थिए की व्रिटेन १८४८ मा युरोपको कुनै पनि क्षेत्रवाट भएको क्रन्ती भन्दा अधिक रक्तरन्जित क्रान्ति को चपेटामा आउछ । परन्तु यस्तो भएन र यस्तो नहुनुको एक मुख्य कारण उदार अभिव्यक्ति र प्रेस स्वतन्त्रता को सुरक्षा विधमान भएर नै हो ।
त्यो एक आडम्वरहित युग थियो । तानाशाहाहरु आफैले आफैलाइ तानाशाहा भन्दा अति नै खुसी हुन्थे उनिहरुलाइ लोकतान्त्रिक हुने नकाव लगाउनु एकदम मनपर्दैन थियो । अव उनिहरु कुनै अभागि गरिवलाइ आफ्नो जेल कोठामा राख्द थिए भने अलिकती पनि यो देखाउदैन थिंए यस्तो स्वतन्त्रताकोलागी गरेको हो ।
तर यो जानेर खुसी हुन्छ की महान वहसमा जस्को गुन्ज आज विस्वासमा व्याप्त छ , पुर्व र पस्चिमको विच विचार को लडाइ सुचना स्वतन्त्रता लाइ संयुक्त राष्टले आफ्नो व्यापक संरक्षणमा लिएको छ । मानव अधिकार आयोग को एक आयोगले आफ्नो लामो लामो वुदामा यस विययको विचारलाइ मुध्दा वनाएको छ । स्वंय मानव अधिकार आयोगले यस विसयमा चिन्तन मनन गरेको छ आर्थिक र सामाजिक परिषदहरुले यस लाइ आफ्नो मंन्चमा उठाएको छ । जेनेवाको विश्व सम्मेलनमा यस माथि मुक्त चर्चाहरु भएको छ हामीहरु भन्न सक्दछौं की हाम्रो यो विसय संसारको शिखर सम्मानितहरुवाट स्यावासी पाइसकेको छ । हामीहरु ति दिन देखी जुन वस्तुत : अतितमा हैन , धेरै अगाडी निस्केर आयौं जव पप्मलेट लेख्नेको कान काटिनथ्यो या उनिहरुको खुट्टामा काटी ठोकिन्थ्यो जव "हाउस अफ कामन्स"आफ्नो वहसहरुको प्रकाशनलाइ गंभिर विशेषाधिकार हनन मानिन्थ्यो र जव पत्रकारहरु र मुद्रकहरुलाइ राजद्रोहको आरोमा न्युगेट ( लंन्दनको एक जेल ) वोलाइन्थ्यो ।
जान मिल्टनको निर्वाध प्रेस तर्कलाइ आज राजनियोग द्वारा दोहर्याएको देख्दा रुसमा अनुदित भएको देखेर र विस्व मंन्चमा गुन्ज्एको देख्दा सुखद अनुभुती हुन्ंछ।
पछाडीका पन्ध्र / सोर्ह वर्षहरुका घटनाहरुले देखाइदिएको छ की प्रेस स्वतन्त्रताले जस्को माध्यमवाट अन्य मानव स्वतन्त्रताहरुले अभिव्यक्ति पाउछन र संरक्षित हुन्ंछन । मुल स्वतन्त्रता मानेर हाम्रा पुर्वजहरुले कति वुध्दिमानी को परिचय दिएका थिए।
तानाशाहाहरुले चाहे ती दक्षिणपंथीवाट निस्केका हुन या वामपंन्थीवाट राम्रो सग देखाइदिएका छन । प्रेस को महत्ववाट ती कति राम्रो संग परिचित छन किनकी सत्ता प्राप्त गर्ने वितिक्कै उनिहरुले सवै भन्दा पहिले गरेको काम छापाखानाहरु माथि कव्जा र रेडियो स्टेशनहरुमाथि आक्रमण ,युरोप मा साम्यवाद प्रसार र प्रचारत्मक धर्म जस्तो प्रवल प्रेरक उर्जा सर्वसत्तावादको विकासले " स्वतन्त्रता" को अगाडी जुन नया चुनौतीपूर्ण खडा गरिदिएको छ त्यसको वारेमा यो भाषण माला को पुर्व वक़्ता वडो वाक चतुर्यकासाथ वताइ सक्नु भएको छ । आज हामीहरु एक यस्तो विराट आन्दोलनमा दुइ चार छौं जो प्रेस को स्वतन्त्रता र विचार एंव अभिव्यक्ति स्वतन्त्रतामा गहिरो अनास्था राख्द छ।,केही पुराना तानासाहीहरुले यस्तै प्रकारको जोस र उन्माद देखाएको थियो । यस्मा अधिकांस पोलिफेमस जस्तै एक आखा भएको राक्षस थिए तर 'दमन'को आवेस आधुनिक इतिहास एउटा नया कुरो हो पुराना दिनहरुमा भुजाहिदीनोमा पनि प्रवल आवेग हुने गर्दथ्यो ।
तर याहा मेरो काम पुर्व वक्ताहरुले उत्साह पुर्वक भनेका कुराहरुलाइ निर्जिव तरिकावाट दोहर्याउनु हैन । म सोच्द छु की वाहिरी विश्वलाइ यो चुनौती स्वास्थ्य र अभिन्दनिय छ कीनभने यस्ले हाम्रो आफ्नो आस्थाको मुल आधारतिर धकेलेको छ । हामिहरुले अर्थात ग्रेट व्रिटेन जस्को प्रतिनिधीत्व आज एक समाजवादी सरकारले गरिरहेको छ । यस्तो संझौंता को रुपरेखा तयार गर्नुमा अग्रणी भुमिका निभाएको छ । जस्को अन्तर्गत हस्क्षरकर्ता सरकारहरुको सेन्सर कर्म को अभिशापलाइ हटाउने र उनिहरुलाइ जुन सुचना तथा समाचारहरुको संग्रह तथा वितरण गर्दछ र उनिहरुलाइ जुन आफ्नो तथा अर्काको विचारहरुको प्रसारण गर्दछ , व्यापक स्वतन्त्रता प्रदान गर्न को लागी प्रतिज्ञावध्द हुन्छ।
हामीहरु गर्व महशुश गर्न सक्दछौं की हाम्रो यस प्रचिन भुमीको मानव अधिकारको यस भुमिले भाषण , विचार र अभिव्यक्ति को स्वतन्त्रतालाइ अन्तराष्ट्रीय प्रसंगमा समावेस गर्न को लगी विस्वमंचमा महत्वपुर्ण भुमिका निभाएको छ । हामीहरु मध्येमा ती मानिसहरु जो समाजवादी छन आफ्नो समाजवादी सरकारले उस्को त्यो उत्साहमा वधाइ दिन सक्तछ जसवाट उस्ले एक महान उदार सिध्दान्तलाइ राष्ट्रको विचारहरुमा प्रतिष्ठापित गर्यो मैले भर्खरै भनेको थिए की वाहिरी चुनौती ले हामिहरुलाइ आफु सम्म पुर्याइदियो । यस्ले त्यसैलाइ पुनर्जीवित गरिदियो जस्लाइ हामिहरुले शुरुमै तुच्छ मान्न थालेका थियौं । त्यतातिर हामीहरु लापरवाही भएका थियौं समाजको वदलिएको परिस्थिति संग त्यस्को के सम्वन्ध छ , यस कुराको जाँच वुझ नै गरेनौं । र सवै भन्दा ठुलो कुरा यहाँ यस चुनौति ले हामिहरुलाइ स्वयं आफैले आफैलाइ यो प्रस्न गर्न उक्साइरहेको छ । हाम्रो आफ्नो यहाँ विचार र अभिव्यक्ति को स्वतन्त्रता कुन स्थितीमा छ।
एक आम व्रिटेन संग सोध्नुस की यस विसयमा उस्को के विचार छ र म सोच्दछु कि उस्ले सम्भवत यही कुरा भन्दछ।, व्यापक रुपवाट विचार विविध राख्ने र त्यस्लाइ सव्द दिने स्त्री पुरुषहरुको अधिकार एक स्वतन्त्र समाजको एक आवस्यक सर्त हो । यो लोकतन्त्र को सरलतम र सर्वाधिक प्रभावशाली कड़ी होन। जुन समाज यो अधिकार दिनवाट अश्विकार गरिरहेछ त्यो लोकतन्त्र हुनै सक्दैन । तर विचार र अभिव्यक्ति को स्वतन्त्रताहरु पुरै अप्रतिवन्धित छैन । यो स्वतन्त्रताको लागी यस देशको जनमतले धेरै नै प्रतिबन्ध स्विकारेको छ। उदाहरणको लागी सरकारी गोपनियता कानुन( अफिशियल सिक्रेटस एक्ट) हो अस्लिलताको विरुध्द , राजद्रोहको विरुध्द र मानिसहरुको हिंसाकोलागी उक्साउने तथा सार्वजनिक अव्यवस्था फैलाउने विरुध्द कानुन हो । वास्तवमा तथ्य कुरा यो छ की हामीहरु मध्ये कोही पनि आफ्नो छिमेकी कै वारेमा पनि खुलेर राय व्यक्त गर्न को लागी स्वतन्त्र छैनौं । किन भने यदी तपाइ सोच्नु हुन्छ कि तपाइको छिमेकी वदमास छ , ठग छ या चोर हो भने राम्रै यही हुन्छ की यो कुरा तपाइ सुटुक्क आफ्नी श्रिमतीलाइ भन्नुस । यदी तपाइ यो कुरा गल्लीमा चिच्याएर भन्नु हुन्छ भने तव झुठो निन्दामा या मानहानि आरोपमा तपाइ माथि मुध्दा चलाउन सकिन्छ । र यदी तपाइले यस्लाइ कुनै अखवारमा छाप्नु भयो भने त तपाइलाइ विद्वेसी लेखन को आरोपमा कठघरा मा मै खडा गर्न सकिन्छ । यदी तपाइको राय आफ्नो छिमेकीको वारेमा ज्यादानै सनसनी खेज़ छ र तपाइ यस्लाइ ज़ोरदार ढंगवाट सामुन्ने ल्याइरहनुन भएर सान्ती भंग हुने ख़तरा पैदा गराउनु भयो भने तव अपराधी ,विद्वेषण लेखनको आरोपमा तपाइलाइ गिरफ़्तार गर्नको लागी पुलिस उपस्थित भइहाल्छ। र त्यस पछी तपाइले यस मामलामा पनि सचेत रहनु पर्छ की तपाइ न्यायधिशको वारेमा के भन्नु हुन्छ , अथवा अदालती कार्यवाही लाइ लिएर कस्वतन्त्र प्रेमी समुदायको आज भावना कुल मिलाएर यी सिमाहरुलाइ स्विकार गर्दछ र यस कुराको वकालत त कुनै उग्र स्व्छन्दन्तावादी पनि गर्दैनन की विकार फैलाउने वाला व्यवसाहिक प्रवन्धकहरुको वच्चाको हृदय र मष्तिष्कलाइ भ्रष्टगर्र्नकोलागी खुला छोडिदियोस , अथवा देशको सुरक्षा सम्वन्धी गोप्य समाग्री सव विदेशी सक्तीहरुलाइ उपलव्ध गराइदियोस तर यी कानुनहरुको परिपालनमा उदारताको भावनाको विकासको साथै एक पिढीवाट अर्को पिढी सम्म प्रभावी परिवर्तन भएकोछ। यस कुराको आज एक लामो वर्ष वितेर गयो जव कुनै राजनीतिज्ञमा विद्वेषी लेखन को आरोप लगाएको छ।
जार्जको समयमा सरकार यस प्रकृयालाइ लागु राख्नको लागी ज़्यादा उत्सुक रहने गर्द थिए । तपाइलाइ याद होला की लेहन्टको सजाय , यस्तो सजाय थियो जस्तो अनुभव सिध्द मेरो यस अनुभवलाइ पुष्ट गर्यो की ठुला मानिसहरु आफ्नो नीतिगत महत्वपुर्ण कार्यवाहीहरुको आलोचना को तुलनामा आफ्नो व्यक्तित्वों आलोचनालाइ लिएर अधिक खराव आचरणमा ओर्लन्छन।
आज यस कुराको पनि सम्भावना छैन की इश्वरलाइ निन्दा गरेको अपराधमा चलाइने गरेको मुध्दा ( जस्तो १९औ शताव्दीमा चलाइने गरिन्थ्यो) की स्थिती फेरी फर्केर आओस । हाम्रा वुध्दीजीवि मित्रले इश्वरको वारेमा आज जे इच्छा लाग्यो व्यक्त गर्न सक्दछन । यसकुराको पनि आज पच्चीस वर्ष भइसक्यो जव अन्तिम पटक दुवै लव्ध प्रतिष्ठित राम्रो लेखक माथि मुध्दा चलाएको होस। आजको यस अघिक सहिष्णु र अधिक परिस्कृत जमानामा लेखक आफ्नो लेखन संग ज़्यादा छुट लिन सक्दछ ढोकामा पुलिसको ढक ढक को आज पहिलेको जस्तो आतंक रहेन , हाम्रा महिला उपन्यासकार , नारिहरुको सुचना अधिकारको भरपुर प्रयोग गर्न सक्दछन । र त्यो पुरै सव्दहरुलाइ प्रयोगमा ल्याउन सक्दछन जस्मा आज सम्म पुरुषहरुको एकाधिकार रहेको छ ।
हालका वर्षहरुमा शासकले प्रतिवन्धात्मक अधिकारहरुको प्रयोगमा जुन प्रतिवन्ध अपनाएको छ त्यसलाइ स्वागत गर्नु पर्दछ। तर यस मामलामा ज़्यादा सन्तुष्ट हुने जरुरत छैन । यो एकदमै जरुरी छ की हामी समय माथि केही आखा लगाओं ताकी पछाडी फर्कनु नपरोस । एक क्षेत्र यस्तो पनि छ विव्देसी लेखन सम्वन्धी कानुन जस्मा लेखकहरु र पत्रकारहरुको काम एक सताव्दी पहिलेको तुलनामा अंधिक कठिन भएको छ । यदी चार्ल्स डिकेन आज जीवित भएको भए एकदम नराम्रो समय देख्द थिए । यो त म निस्चित रुपवाट भन्न त सक्तिन की व्'लिक हाउस'मा ' कोर्ट अफ चान्सरी ' को वर्णन को लागी उस माथि मान हानिको मुध्दा चल्दथियो ? तर मलाइ यस्को विस्वास छ की ' निरोलस निकलकी'को समाग्रिमा विद्वेसी लेखनको लागी यार्क लायक स्कुल अध्यापकहरु द्वारा दायर याचिकाहरुको वाढ आएको थियो होला ।
एल्सवरीको कुनै वास्तुकारों जस्लाइ मी पैकस्निफको रुपमा परिचय पाउथ्यो होला । र कर्म " मैसर्स डाइसन एण्ड फौग" ले आफ्नो अपमानित श्रिमान युरि होपको तर्फवाट क्षतिपूर्ति को दावा गरिदिन्थ्यो होला । विक्टोरिया कालका उपन्यासहरु , अखवारहरु र पत्रिकाहरुको जानकारी वाट हामिहरुलाइ थाहा हुन्छ की हाम्रो वुवा र दाजुहरुको वारेमा उनिहरु जे सोच्दथिए त्यसलाइ व्यक्त गर्नको लागी हामी आज को तुलनामा निक्कै नै स्वतन्त्र थिए। चाहे त्यो उसले खुल्लम खुल्ला भनोस या त्यस्लाइ कथा साहित्यकार एकदमै झिनो च्यादरको आडमा।
वास्तवमा कोही पनि यस मुध्दामा सहमत हुदैनन की एउटा मान्ंछे को चरित्र माथि विना उसलाइ सुधार र सफाइको मौक़ा दिएर कालो पोतिदियोस । तर पछिल्लो विस वर्षहरुमा निरन्तर कडा हुदै गएको विद्वेसी लेखन कानुनहरुको समाग्री त्यो विसय होस जुन यस्ता उदार भाव भएका व्याक्तीहरुको ध्यान जानु नै पर्छ जुन विचारको स्वतन्त्रतालाइ लिएर निरन्तर चिन्तित छन ।
तर पनि विद्वेसी लेखन कानुनमा हालमा आएको परिवर्तन लाइ अपवाद मानौ भने वोल्ने पुर्ण स्वतन्त्रतामा लागेको वर्तमान प्रतिवन्धमा उदार विचार भएका व्याक्तीहरु अधिक क्षुव्द हुदैनन। किनभने त्यस्को प्रयोग समझदारीवाट गरिने गरिन्ंछ। र त्यो जनमतको दवाववाट निरन्तर संसोधित पनि हुदै जान्छ। र दोश्रो त्यस्को कार्यन्वयन खुल्ला र आखाहरुको सामुन्ने हुन्छ । यसकारण सतर्क आखाहरु को निगरानी त्यस माथि निरन्तर भइरहन्छ तर एकक्षणको लागी म तपाइलाइ केही अन्य प्रतिवन्धहरुमाथि विचार गर्नको लागी आमन्त्रित गर्दछु । यो वास्तविक र सक्तिशाली प्रतिवन्ध हो जुन विचार र मतको पुर्व अभिव्यक्तीलाइ वाधा गर्दछ । के तपाइ भन्नु हुन्छ की एक यस्तो निर्वाचन प्रणाली ले जुन राजनीतिक पाटीहरुको उचित प्रतिनिधित्व दिदैन । यस देशमा राजनीतिक विचारहरु र मतहरु अभिव्यक्ति मा सहयोग वा असहयोग पुर्यायो । यो प्रस्नहरुको उत्तर म श्रोतामा वसेका लिवरलहरुमा छोड्दछु।
यसपछी ती माध्यमहरु को एकाधिकारी नियन्त्रण को प्रस्न उठ्दछ जस्को द्वारा विचारहरुको अभिव्यक्ति हुने गर्दछ । जव हाम्रा पुर्वजहरुले विचार स्वतन्त्रताको गंभिर प्रस्नहरुमा विचार गर्नको लागी सुरु गरेका थिए। ।तव अभिव्यक्तिको माध्यम नगण्य थिए। यो प्रस्न स्त्रि पुरुषहरुको सार्वजनिक या निजी तवरवाट आफ्नो विचार प्रकट गर्न अधिकार र पत्रकारहरु पम्प्लेट , लेख्ने खालका कितावहरु , नाटकहरु इत्यादीका लेखकहरु को आफ्नो विचार लेख्ने स्वतन्त्रता संग सम्वन्धित थियो । आज विचारहरु मतहरु जीवन दर्शनहरु र दृष्टिकोणहरु को अभिव्यक्ति को माध्यम थुप्रै गुणा वडेर गएको छ । रेडियो ,टि वी ,एफ एम र फ़िल्म को नयाँ माध्यम आएको छ जुन कुरा विचारमा दृष्टिकोण को प्रतिपादन प्रत्यक्ष रुपवाट विविधतापुर्ण ढंगवाट र तत्काल गर्न सक्दछ।
व्यक्ती केवल लेखेर मात्रै अभिव्यक्त गर्दछ त्यो यिनिहरुसंग सिर्फ इर्ष्या मात्रै गर्न सक्दछन । जव म सुचना स्वतन्त्र गठित उपयोगमा इंग्लैण्ड को प्रतिनिधी रुपमा यी समस्याहरु मा काम गरिरहेको थिए ! तव मलाइ लाग्यो की हामीहरु यी स्वतन्त्रता र अधिकारहरुलाइ परिभाषित गर्न धेरै नै सावधानि अपनाउन आवस्यक्ता छ ताकी यस्तो कुनै पनि माध्यम जसवाट सत्य या गलत लाइ सुदुरस्थान सम्म प्रसारित गर्न सकियोस छुटन नपाओस । तव हामिले पत्रकार नामको प्राणीलाइ निजी स्वतन्त्रताको पक्षमा ज़ोरदार घोषणापत्र गर्यो । त्यति खेर हामीलाइ यो ध्यान
आयो कि एक प्रसारक ( ब्रोडकास्टर) लाइ पनि त्यै स्वतन्त्रता प्राप्त हुनु पर्छ जस्तो की कुनै विदेशी संवाददाता लाइ र याहाको वृत चित्र वनाउने व्याक्ती पनि घटनाहरुलाइ त्यस्तै प्रकारले प्रस्तुत गर्दछ जस्तो की एक संवाददाता गर्दछ । हामिहरु को सामुन्ने यो सोच्ने वाध्यता पनि पैदा भयो फ़िल्म पनि त त्यस्तै विचार समाग्रिवाट तयार गरिन्छ जस्तो की एक उपन्यास अभिव्यक्ति स्वतन्त्रताको प्रत्येक पक्षलाइ समेटने खालको सुत्र को खोजी त्यो समय अरु जटिल हुन पुग्यो जव यो वताइयो की प्रसारित भाषणहरुले यी दिनहरुमा ग्रामोफ़ोन रिकार्ड वनाइने गरिन्छ । चर्चिल र स्व रुजवेल्ट यस्का उदाहरण हुन र त्यस्को सुरक्षाको महसुश भयो तव कसैले ज्युक वाक्स को चर्चा गर्यो । यसवाट त मेरो दिमाग़ घुम्न थाल्यो । अन्तत मिलेटनको 'एरिओपेदेजेर्का' को भावना अनुसार ( तर उस्को जस्तो गरिमामयी शव्दावलीमा हैन) मैले निम्न परिभाषा तयार गरेन, जस्को सिफ़ारिश हामिले ' अधिकारहरुको विश्व विधेयक ' मा सामेल गर्नको लागी गर्यो । प्रत्येक व्यक्ती , आफ्नो विचारलाइ मौखिक , लिखित या कुनै कलात्मक अथवा अन्य रुपमा प्रकट गर्न को लागी स्वतन्त्र हुन्छ ( के तपाइ सवै थोक समेटने सव्द अन्यलाइ सामिल गरेकोमा प्रसंशानगर्नु हुन्न) प्रत्येक व्याक्ती प्रत्येक प्रकारको सुचना प्राप्त गर्ने र त्यस्लाइ वितरण गर्न स्वतन्त्र हुन्ंछ ।
सुचना दुवै प्रकारको हुन सक्दछ - तथ्यात्मक तथा कितावहरु अखवारहरु या मौखिक निर्देशन या सवै कानुनी रुपवाट प्रचलित माध्यम द्वारा आएको आलोचनात्मक टिप्पणीको रुपमा । म याहा नेर विलियम हालै ( तत्कालिन वि वि सी निर्देशक ) को वारेमा सोच्दछु जो पोर्टलैंड प्लेस वी वी सी जस्तो जटिल माध्यम लाइ संचालन गरिरहेका छन । के तपाइ यस माध्यमलाइ जटिल मान्नु हुन्न?
अव विचारको यी नयाँ माध्यम को वारेमा सोच्दा खेरी केही यस्तो प्रस्न उत्पन्न हुन्छ जस्लाइ विना झन्झट सामुन्ने राख्नु जरुरी छ । मैले आफ्नो जीवनको धेरैनै वर्ष त्यस देशमा विताएको छु जस्मा प्रतिस्पर्धात्मक प्रसारण व्यवस्था छ । अथवा संयुक्त राज्य अमेरिका मैले केही वर्ष त्यस देशमा पनि विताएको छु जहा मिश्रित प्रशारण व्यवस्था छ जस्तो की क्यानडामा , वास्तवमा यो मेरो स्वभाविक प्रवृतिहरुको विरुध्द छ, परन्तु म नअल्मलिकन स्विकार गर्न चाहान्छु की यस्को तुलनामा म आफ्नो एकाधिकारी प्रशारण व्यवस्था लाइ धेरै नै मन पराउछु । यो प्रशारण व्यवस्थाले निस्चित रुपवाट विचारहरुको धेरै नै राम्रो प्रतिनिधित्व गर्दछ , परन्तु यो विर्सनु हुदैन की हामीहरु धेरै नै सौभाग्यशाली छौं जो हामीहरु संग वी वी सी को महा निर्देशक को रुपमा रेख र हाले जस्ता व्याक्ती छन तर उदार विचार र असंदिग्ध निष्ठावान व्याक्ती हुन र जस्ले दवावहरुलाइ दृढ़ता संग सामना गरेकोछ , तथा मानिसहरु प्रती दृष्टी भावना वनाएर राखेको छ ।
यदी कल्पना गर्नुस एक दिन यस्तो आउछ जव पोर्टलैंड प्लेसमा सर विलियम हालेको स्थान मा कुनै कमजोर र समयको रुप संगै हिडने व्याक्ती आयो भने तव? र मानिलिनुस की गर्भनरको परिषद , कुनै सक्तिशाली राजनीतिज्ञ को गुलाम को फोन आयो भने तव! तव यो एकाधिकारी माध्यम सरकारी प्रोपोगंडा को हतियार मात्र वनाइदिन सक्दछन र यस्को दुरुपयोग अल्पमतको अभिव्यक्ति लाइ कुल्चनको लागी गर्न सकिन्छ ! यस्मा यो सुझाव निहीत छ की जुन व्यक्ती विचारको स्वतन्त्रतालाइ महत्व दिन्छन , उनिहरुले वी वी सी को स्वतन्त्रतालाइ राजनीतिक प्रभाव र हस्तक्षेपवाट वचाउनको लागी सतर्कताको जरुरत छ । एकाधिकारको अन्तर्निहित कमज़ोरी चाहे त्यो जतीसुकै नै उदार एकाधिकार किन नहोस , याहा नेर कुनै अमुक व्याक्ती या गुट हावी हुने मात्र हैन यस्को पुरा पुरा दुरुपयोग पनि गर्न सक्दछ। जुन कुरा रेडियोको एकाधिकारमा लागु हुन्छ , त्यही कुरा फिल्ममा पनि हुन्छ ।
अव हामिहरु आफ्नो विषयको दोश्रो पक्षलाइ हेरौ । राजनीतिक सामाजिक विचारहरुकोसंवाहकको रुपमा एक क्षण को लागी सर्सती अखवारमा पनि हेरौं हुन सक्छ हाम्रो प्रेस आफैमा पुर्ण छैन परन्तु विविधतापुर्ण अवस्य छ । वर्षको सुरुवात देखी नै हामीहरुले एक पवित्र वाक्यंस चुनावको स्वतन्त्रताको जिध्दी सुनिरहेका छौं यदी तपाइले ' द थन्डर ' लाइ मन पराउनु हुन्न भने तव तपाइ आफ्नो झुकाव ' द डेली ट्रु व्ल्यु' तिर वढाउनु सक्नु हुनेछ । यदी तपाइ लाइ लाड़ वावरमीअर को विचार राम्रो लाग्दैन भने तपाइलाइ रोथरव्रुक तीर फर्कने पुरै स्वतन्त्रता हुनुहुन्छ। खुसिको कुरा छ की हाम्रो प्रदेसमा यति धेरै आवाजहरुलाइ ठाउ मिल्दछ ।
मत सम्मतहरुको भिडमा सधै समझदारी रहोस यस्तो हुदैन परन्तु यसमा मुर्खताको एकाधिकारलाइ निरन्तर सुधारिन्दै लग्ने प्रवृती वनिएको छ मेरो सिकायत यो छ की प्रेसको यो विविधता अरु अधिक व्यापक किन छैन । क्यानाडावाट प्रयाप्त मात्रामा अखवार काग़ज़ ( न्युज प्रिन्ट) खरिद गर्दा वाधा पैदा गर्ने डलरको कमिले हालको वर्षहरुमा हाम्रो अखवारको आकारलाइ सानो गरिदिएको छ र कुनै पनि एक व्याक्ती या समुहको लागी अख़बार निकाल्नु असम्भव भएको छ। म यो कुरा ठोकुवा गर्न सक्तिन की कच्चा पदार्थहरुमा नियन्त्रण गर्न आफ्नो सक्ती को प्रयोग हाम्रा सरकारले अखवारहरुलाइ प्रतिबन्धित गरेको छ । किनकी धेरै नै अखवारहरु राजनैतिक दृष्टीवाट सरकारको विरोधीको भुमिका सफ़ा सुन्दर रहेको छ परन्तु यो स्पस्ट छ कि एक यस्तो राज्यमा जहा कागजको ख़रीदमा सरकारको लौह नियन्त्र होस किनकी काग़ज़ नै त अखवारहरु पुस्तकहरु को आधारभुत कच्चा पदार्थ हो त्याहा हरवखत अन्तर निहित ख़तरा वनिरहन्छ । र हामीहरु ले विर्सनु हुदैन की भविस्यका कुनै पनि वामपंथी या दक्षिणपंथी सरकार यस नियन्त्रलाइ मनमानी ढंगवाट प्रयोग गर्ने लोभमा पर्न सक्छ । हामीहरु सवै चिप्लन सक्दछौं । हामीहरु मनुस्य हौ र हामीहरु राजनितीज्ञ पनि हैं यस कारण हाम्रो वाटोमा यस्तो ठुलो प्रलोभन हुनु हुदैन जहा माध्यमहरुको नियन्त्रण सजिलो होस ।
कागजको आपुर्तिमा हालै जुन राहात प्रदान गरिएको छ त्यस्को वावाजुद यो समस्या ज्यु का त्यु नै छ यौटा नया अखवार निकाल्न अझै पनि असम्भव छ । यदी कुनै सनसनिखेज वनाइदिने विचार तपाइको मनमा आयो भने तपाइ कुनै नयाँ राजनीतिक आन्दोलन सुरु गर्न को लागी व्यग्र हुनुहुन्छ भने यस वाट ज़्यादा भन्दा छुट जुन तपाइ काग़ज़ नियनत्रवाट पाउन सक्नु हुन्ंछ की महिनामा मात्र आठसय रिम काग़ज़ यसवाट अधिक भन्दा अधिक लन्दनको एक गाँउ स्तरको अखवार मात्रै निकाल्न सकिन्ंछ।
यस स्थितीको लागी म काग़ज़ नियनत्रकलाइ दोष दिन्न किनकी याहा हाम्रो प्रयाप्त काग़ज़ छैन परन्तु यो कुरा पनि दिमागमा राख्नु पर्छ की यदी कागजको आपुर्ती युध्द भन्दा अगाडी को जस्तै खुल्ला रुपमा भएपनि नयाँ अखवार सुरु गर्नु असम्भव नै छ किनभने मुल्यले आकाश छुन थालेको छ । यदी तपाइको विचार आजको राष्ट्रीय दैनिकहरुको प्रतियोगिता मा कुनै अखवार सुरु गर्ने विचार वनाउनु भएको छ भने विस लाख पौंड त मात्रै सुरुवात लागेको लागी सुरक्षित हुनु पर्छ । र कहिले केही वर्षहरुको घाटा पुरा गर्नको लागी कुनै राम्रो उदार र हतोत्साही नहुने करोड पनि तपाइको पछाडी हुनै पर्छ।
सरकारी अधिकारीद्वारा आफ्नो निलो मसी वाट लागु गरिएको सेन्सर भन्दा कुनै पनि हालतमा अधिक सुखदायी हुदैन ती वुध्दीवादीका दुस्मन जो महान कृर्तीहरु माथि प्रतिवन्ध लगाउको लागी के के न भयो भन्छन । हामीहरुले यो सम्झनु पर्छ की तिनीहरु यसप्रकारले आफ्नै पिठ्युमा क़िला तयार गरिरहेका छन । यदी एक यहूदी गुटफेशिन ( उपन्यास पात्र ) को कारण ' ओलिवार टिवस्ट' ( डिकेन्सन को उपन्यास माथि प्रतिवन्ध लगाउन सफल हुन्छ भने त्यति खेर शर्म विरोधी कुनै दोश्रो गुटलाइ यो वाहाना पनि आइहाल्छ की त्यो डिकेन्सनको ' आवर म्यूचुअल फ्रेण्ड ' मा पनि प्रतिवन्ध लगाउन माँग गरोस जस्को पात्र रिआह एक सज्जन यहुदी गोवर डिकेन्सनको पात्रहरुमा श्रेष्ठतम पात्र हो त्यो यस्तो यहुदी हो जुन त्यस दुष्ट ग़ैर यहुदी मा जस्को विच त्यो मोति जस्तै चम्किन्छन ।
यदी एक मजिस्ट्रेट कुनै पुस्तक माथि प्रतिवन्ध लगाउछ भने त्याहा कमसेकम उचित सुनवाइको आशा त हुन्छ नै कितावको प्रकाशक र रक्षक त्यस्को समर्थनमा आफ्नो आफ्नो पक्ष प्रस्तुत गर्न सक्दछन । र कुनै राम्रो जानकार वकिललाइ वचावको लागी खडा गर्न सक्दछन । परन्तु कुनै अन्धा , निरंकुश, झक्की र भावुकका प्रभावशाली गुट को दवावमा लागु गरिएको प्रतिवन्ध खुंखार वरर्वरता लुकिराखेको हुन्छ । त्यस्तो प्रकारको प्रतिवन्धले तार्किकता र विवेचनालाइ तिरस्कार गर्दछ जस्लाइ अनुदार भावनाभएकाहरुले पछाडीका २० वर्ष देखी पटक पटक स्थापित गर्ने प्रयास गरिरहेछ।
यस पछी अव म आफ्नो विययको सवै भन्दा नाज़ुक र सवैभन्दा अधिक विवादास्पद समाग्रीमा आउछु । जीवनमा एक चिज सिक्न सवैभन्दा कठिन छ । त्यो हो लेखक विचारक मोरले को विचारलाइ जीवनमा उतार्नु । अथवा असहिष्णुतासंग सहिष्णुता । विचार र अभिव्यक्ति को एक सरल सपाट सिध्दान्त विक्टोरिया युगको उदारवादीहरुले प्रमाणित गरेका थिए जस्तो की भ्रान्तिहरुलाइ प्रचार गर्ने गलत सिध्दान्तहरुलाइ प्रतिपादित गर्ने र स्वयं स्वतन्त्रतालाइ दमन गर्ने स्वतन्त्रता दिइने हदै सम्म व्यापक भएको थियो । आजका धेरै नै इमान्दार लोकतान्त्रिकहरुलाइ यो एक अन्तरविरोध प्रतित हुन्छ। यस्लाइ उनिहरु ति अल्छी विलासिहरुको चिन्तन मान्दछन जुन सुरक्षित र संरक्षित समुदाय मा रहिरहेका छन र जस्को विरुध्द कहिल्यै कुनै पनि ख़तरा खडा भएन । उनिहरुको भनाइ थियो की विक्टोरियाइहरुको लागी यो स्थिती धैरै नै थियो । उनिहरु नैतिक र दार्शनिक नयाँ नयाँ अनुमतीमा राम्रै संग मुस्कुराइए किनकी त्यती खेर यि शेखचिल्ली जस्तो लाग्दथ्यो र यस्का कठोर वास्तविकताहरुमा परिणत हुने जस्ता कुनै सम्भावनाहरुका अनुसार विक्टोरियाइ एक सुविधा सम्पन्न दुनियामा रही रहेका थिए जस्मा प्रत्येक व्याक्ती केवल केही मनमौजीहरुलाइ छोडेर नियम भित्रै रहेर संविधानवादी र स्वच्छदतावादी खेल खेल्न चाहिरहेका थिए ।
जो क्रान्तिकारी थिए त समान व्याक्ती थिए जस्को चोट गर्ने क्षमता वच्चाहरुले लुटेरा भएर खेल खेल्नु भन्दा ज़्यादा छैन । तर आजका विचारकहरुको दावा छ की मानिसहरुको स्वभाव र मानव समाजको वारेमा विक्टोरियाइ भन्दा केही धेरै जान्दछन । म त्यो कटु अनुभव वाट गुज्रिएको छु जसवाट विक्टोरियाइहरु वचेका थिए। हामीहरु आफ्नो समयमा ती दुइ प्रकारको तानाशाहीहरुको विजय को साक्षी छौ जस्ले भाषण स्वतन्त्रतालाइ क्रुरतासंग निमोठेका थिए । कति अचम्मको कुरा छ की हामीहरु संगै त्यो पासों वनाउनको लागी भनेका थिए जुन हाम्रै घाटीमा लाग्दछ । यस कारण समय समयमा हामीहरुसंग गम्भीरतापूर्वक विनय गरिन्थ्यो की स्वतन्त्रता सुरक्षाको लागी हामिहरुले स्वतन्त्रता का दमनका पक्षधरहरुलाइ विधी विरोधी घोसित गरिदिनु पर्दछ ।
यो एक वुज्न सकिने कुरा हो र तर्कपुर्ण र यथार्थपरक लाग्छ । यो कुरा हाम्रो भित्री स्वभाविक मान्छे लाइ हुन्छ , जस्लाइ हामी प्यार गर्छौं र सम्मान दिन्छौं । सत्रु संग जुध्ने हाम्रो भित्र जुन एक नैसर्गिक प्रकृती हुन्छ त्यस्लाइ पनि यस कुराले छुन्छ । पहिलो कुरा त म यो सोच्दछु की ज़ोन स्टुअर्ट मिलको यस विचारमा गहिरो समझदारी लुकेको छ की जव आफ्नो गलत अभिव्यक्तीहरुलाइ जवरजस्ती संग दवाइन्छ तव सवै भन्दा धेरै क्षती सत्यको नै हुन्छ । स्त्री होस या पुरुष यो अधिकार छ की राजनीतिक विचारको क्षेत्रमा जुन केही पनि सोचोस या व्यक्त गरिरहेको होस हुन सक्दछ त्यो एकदमै अतिवादी चिन्तन होस अथवा उग्र व्याख्याहरु होस ति सवै का वारेमा जानकारी प्राप्त गर्नुस । त्यो वास्तवमा त्यतिखेर सम्म स्वतन्त्र भन्न सकिन्दैन जवसम्म की त्यस्ले आफ्नो स्वतन्त्र इच्छालाइ व्यक्त गर्न सक्दैन या स्वतन्त्र चुनाव गर्न सक्दैन । र जस्तोकी भनाइ छ स्वय सत्य पनि आफ्ना विरोधीहरुसंग जुधेर नै अजश्र उत्साह र सक्ती ग्रहण गर्दछ। एक संरक्षित सत्य जस्ले आफैलाइ वनाइ राख्न को लागी कहिले पनि खतराहरुमा ओर्लेको छैन भने निर्वल र शक्तिहीन हुने संभावनाहरुवाट ग्रसित भइरहन्छ ।
यदी हामिलाइ आफ्नो हाम्रो भित्री आस्था माथि पुरा भरोसा छ भने हामी विस्वस्त रहनु पर्छ की हामी आफ्ना प्रत्येक सत्रु माथि विजयी हुन्छौं यस कारण हामिहरुलाइ विकृतिहरुसंग संघर्ष गर्दै तथा त्यसलाइ उखालेर फ्यक्दै गरेको देख्दा आनन्दको अनुभुती हुनुपर्छ। सहिष्णुतालाइ सहन गर्नुहोस यही नै त्यो महान दार्शनिक तर्क हो तानाशाही वरु आफ्नै कुरा भनोस , आफ्नै तर्क प्रस्तुत गरोस , यस्को लागी वरु या तर्क जति सुकै विकृती किन नहोस वरु त्यस्को जित जतीसुकै
त्रासदायिक किन नहोस । यि सवै कुराहरुको साथै यौटा अर्को कुरा पनि जोडन चाहान्छु त्यो हो जव खतरनाक विचारहरुको वकालत खुल्लामा अथवा दिउसोको उज्यालोमा प्रकाश गरिन्छ । त्यति खेर हामी कति धेरै खुसी र सुरक्षित महशुस गर्दछौ । भाव छ यस्को की यो विचार भुमिगत रुपमा सक्रिय होस । एक मंन्चमा उभिएर व्यक्त भएको मन्तव्य एउटा गुफामा लुकेको मतभन्दा कम आतंक मा हुन्छ । एउटा व्यवहारिक क़ुरा अर्को पनि छ , यदी तपाइ यौटा व्याक्तीको खोपडीमा जे भरिएको छ त्यस्लाइ वाहिर आउन दिनुस त्यसलाइ खोलेर आफ्नो कुरा राख्न दिनुस , तर्क र वहसको अधिक भन्दा अधिक अवसर दिनुस खुलेर तव त्यो समझदारी भित्र रहन्छ । मलाइ यो देखेर राम्रो लाग्दछ कि विष वर्ष अगाडीको कति वैचारिक उग्रवादी अव तर्कको स्तरमा आफुलाइ उदार मानवतावादसम्म उतारेर ल्याएको छन । म कसैको नाम लिन चाहान्न । म सिर्फ एक प्रकृतीलाइ दर्शाउन चाहान्छु।
तात्पर्य यो हो की यस कुराको धेरै नै कारण छ की हाम्रो स्वतन्त्रताको विस्तार ती विचारहरुको अभिव्यक्ति सम्म किन गरौ जस्लाइ हामी तिव्र घृर्णा गर्छौ। तर यस कुरालाइ हामी कुन दार्शनिकको समस्या समाधानको रुप दिएर यही समाप्त गर्न सक्दैनौं । यसमा हाम्रो यौटा कर्तव्य एक दायित्व र यौटा जवाफदेहीलाइ लिएर सामिल छौं । हामी ढुक्क संग यो गर्न सक्दैनौंकी की असत्य र सत्यको यस द्वन्द युध्दमा सत्यलाइ विल्कुल नै टुहुरो छोड्यौ यस विस्वासले की जित त सत्यको नै हुन्छ हामी माथि यो नैतिक ज़िम्मेवारी छ की हामी सत्यको पक्षमा लडौ। हामी विचार र अभिव्यक्ति को स्वतन्त्रतालाइ मात्र यौटा नकारात्मक र निस्क्रिय कार्य मानेर वसिरहन पनि सक्दैनौं । यो यस्तो युध्द हो जुन प्रतिदिन नयाँ नयाँ रुपमा जानु पर्छ । आफ्ना विक्टोरियाइ पुर्वजहरु का कुनै पनि अनुभव भन्दा धेरै पर आज सर्वोच्च माँग हाम्रो सामुन्ने यो छ की हामी सकारात्मक दृष्टिकोण नअपनाऔ आफ्नो यस दृष्टिकोणलाइ खुलेर घोषित पनि गरौ ।
हामीले प्रतिद्वन्द्वी विचारधाराको संकल्प भावनालाइ विरोध यो भन्दा पनि अधिक प्रखर जीध्दि भावनापूर्वक गर्नु पर्छ । विचारका हमलाहरुलाइ पछार्नकोलागी हामीले विचारहरुको नै वहस सुरु गर्नु पर्छ । हामीले स्वतन्त्रताको त्यही नैतिक उर्जालाइ फेरी अर्पित गर्नु पर्छ जुन १८ औं १९ औं सताव्दिमा थियो । विचार अभिव्यक्ति को स्वतन्त्रता हाम्रो वौध्दिक व्यायम को वस्तु होइन वरु ती व्याक्तिहरुको विरुध्द जो मान्छे को आत्मालाइ नोकर वनाउन चाहान्छन । युगों सम्म लडाइको तरवार को रुपमा हेर्नु पर्छ । पश्चिमी ताक़तवर द्वारा सवै प्रकारका विचार र अभिव्यक्ति को स्वतन्त्रतालाइ समावेस गरि मानव अधिकार घोषणा पत्रलाइ प्रस्तुत गर्ने प्रयास त्यही सकारात्मक दृष्टिकोण को यौटा उदाहरण हो जस्लाइ म सवै उदारवादी स्त्रि पुरुषहरु द्वारा गला लगाएको हेर्न चाहान्छु।