• धुलावारी । भानु बहुमुखी सहकारी संस्था मेचीनगर १० को अध्यक्षमा पुनः गोपालप्रसाद चुडाँल सर्वसम्वत चयन भएका छन् ।
    शनिवार धुलावारीमा सम्पन्न संस्थाको १७ औँ वार्षिक साधारणसभाबाट चुडाँललाई आगामी ४ वर्षका लागि पुनः अध्यक्षमा चयन गरिएको हो । चुँडालले यस संस्थामा नेतृत्व गरेकोे यो सँगै तेस्रो कार्यकाल भएको छ । यस अघि पनि निरन्तर उनी अध्यक्षमा रहेर नेतृत्व प्रदान गर्दै आएका हुन् । सरल र शालिन स्वभावका चुँडालको नेतृत्वसँग सहकारीले ठूलै फड्को मारेको छ ।
    समितिको उपाध्यक्षमा शंकर श्रेष्ठ, सचिवमा लक्ष्मी राई, कोषाध्यक्षमा युवराज बाँस्तोला चयन भएका छन् । सदस्यहरुमा नविनकुमार नेपाल, शेखर गुरगाई, विष्णुप्रसाद कडुवाल, उर्मिला पोखरेल र खड्गनारायण राजवंशी चयन भएका छन् ।
    यसैगरी लेखा समितिको संयोजकमा प्रकाश भण्डारी तथा सदस्यहरुमा रुद्र विष्ट र नविन दाहाल चयन भएका निर्वाचन समितिका सदस्य हरिकिशोर आचार्यले बताए ।
    सोही साधारणसभाको अवसरमा भएको औपचारिक कार्यक्रममा संस्थामा योगदान दिने विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा जेष्ठ सेयर सेयर सदस्य हरिमाया सापकोटा, पूर्णबहादुर थपलिया, उत्कृष्ट कर्मचारीतर्फ राजेश मेचे, उत्कृष्ट बचतकर्तातर्फ जयप्रसाद मैनाली, नन्दलाल शाह, आशा यादव, उत्कृष्ट ऋणीतर्फ तिलकबहादुर विक, शान्ति थापा र पदमबहादुर तामाङ रहेका उपाध्यक्ष शंकर राईले बताए ।
    सम्मानित व्यक्तिहरुलाई कायत्र्रmमका प्रमुख अतिथि जिल्ला सहकारी संघका जिल्ला सदस्य दुर्गाप्रसाद सापकोटा, मेचीनगर १० कावडा अध्यक्ष सुदय पनेरु, संस्थाका अध्यक्ष गोपालप्रसाद चुँडाललगायतले माला, दोसल्ला, नगद र सम्मान पत्रसहित सम्मान गरिएको थियो
    १७ वर्षको अवधीमा यस संस्थाले १३ करोड ३८ लाख २७ हजार ७८ रुपैयाको कारोबार गरेको छ । साधारणसभामा संस्थाका अध्यक्ष गोपालप्रसाद चुडाँलले प्रस्तुत गरेको प्रतिवेदन अनुसार संस्थाको सेयर पुँजी १ करोड २९ लाख ५६ हजार १ सय, जगेडा कोषतर्फ १ करोड १० लाख ३० रुपैयाँ र निक्षेपतर्फ १० करोड ४१ लाख ४४ हजार २ सय ५९ रुपैँया रहेको छ ।
    संस्थाका अध्यक्ष गोपाल प्रसाद चुडाँलको सभापतित्व तथा जिल्ला सहकारी संघका सदस्य दुर्गाप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरु, राप्रपा नेपालका नगर अध्यक्ष सुशिल आचार्य, जिल्ला सहकारी संघका जिल्ला सदस्य हरिकिशोर आचार्यले बोलेका थिए । कार्यक्रममा पूवीद्धार वचत तथा ऋण सहकारीका अध्यक्ष चेतन विष्ट, महालक्ष्मी कृषि सहकारीकी सदस्य मञ्जु दाहाल। कुशुम कोइरालालगायतको सहभागिता रहेको थियो ।
    कार्यालय व्यवस्थापक चन्दा चुडाँलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लक्ष्मी राईले गरेकी थिइन् ।





















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…