• काठमाडौ । रारा तल घुम्न गएका स्याङ्जा चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी कालिकोटमा कुटिएका छन् । मेयर गिरी रारा भ्रमणबाट फर्किएर कालिकोटको होटलमा राति बास बसेका थिए । उनी कालिकोट सदरमुकाम मान्मास्थित सनलाइट होटेलमा बसेको बेला रक्सीले चुर हुनेगरी मातेको बुझिएको छ । मातेको अवस्थामा होटलमा बसेका काठमाडौँका युवाहरुको टोलीसँग पदको घमण्ड देखाएका कारण उनी कुटिएको स्थानीयले बताएका छ । त्यहाँ उक्त युवाहरु र मेयरबीच विवाद उत्पन्न भएको थियो । विवाद चुलिएपछि युवाहरुको टोलीले मेयर गिरीमाथि कुटपिट गरेका हुन् ।



    ‘मदक पदार्थ सेवन मेयरले आफ्नो पदको घमण्ड देखाउन थालेपछि विवाद भएको बुझिएको छ । ‘विवाद बढ्दै गएपछि मेयर र काठमाडौँको समूहबीच हात हालाहाल नै भयो प्रत्यक्षदर्शीले बताए । हात हालाहालमा मेयर गिरीसहित उक्त टोलीका अन्य ४ जान पनि घाइते भएको बताइएको छ। घाइते मेयर गिरीलाई राति नै जिल्ला अस्पताल कालिकोट लगिएको थियो। मेयर गिरीको टाउकोमा चोटलागेको र ४ वटा टाँका लगाइएको प्रहरीले जनाएको छ।

    प्रहरीले घटनामा संलग्न काठमाडौँका ८ युवालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक देवेन्द्र मल्लले दुबै पक्ष मादक पदार्थ सेवन गरेर आक्रमणमा उत्रिएको बताए। उनले अहिले दुवै पक्षबीच जिल्ला प्रहरी कार्यालयमा मिलापत्रको गराउने कार्य सुरु भएको बताए। स्याङ्जाको चापाकोट नगरपालिकाका मेयर शिवकुमार गिरी नेपाली काँग्रेसबाट विजयी भएका हुन् उनले तत्कालिन नेकपा (एमाले)का प्रमुख पदका उम्मेदवार बुद्धिमान श्रेष्ठलाई पराजित गरी विजयी भएका थिए । विजयी गिरीले पाँच हजार ९८९ मत प्राप्त गरेका थिए भने निकटतम प्रतिद्वन्द्वी श्रेष्ठले पाँचहजार आठ मत प्राप्त गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…