झापा । नेपाल जेसीजको आयोजनामा आइतबारदेखि जेसीआई ऐकाडेमी २०१८ हुने भएको छ । ४ दिनसम्म सञ्चालन हुने उक्त एकोडेमी अन्तराष्ट्रिय स्तरको हुनेछ ।
नवलपुर जेसीजको आथित्यतामा हुने उक्त ऐकाडेमीमा देशभरका शाखाका पदाधिकारीहरु अध्यक्षहरु, जेसीआई नेपालका बोर्डका पदाधिकारीहरुलाई प्रशिक्षण गराइने छ । उनीहरुलाई प्रशिक्षण दिनका लागि भारतका योगेश चण्डाक आउने छन् । नेपाल जेसीज वर्ष २०१८ अन्तरगतका औपचारिक कार्यक्रमको लगभग यो अन्तिम कार्यक्रम समेत रहेको छ । एक वर्षको अवधीमा जेसीआइ नेपालले विभिन्न गतिविधिहरु सञ्चालन गर्दै आएको छ । जस अन्तरगत नियमित कार्यक्रममा यो एकाडेमी रहेको हो । एकाडेमीमा सहभागि हुनका लागि देशभरका शाखा पदाधिकारीहरु तथा बोर्डका पदाधिकारीहरु नवलपुर आउने क्रम धमाधम रहेको आथित्यता शाखा नवलपुर जेसीजका अध्यक्ष त्रिभूवन तिवारीले बताउनु भयो ।
एकाडेमीको डाइरेक्टरमा बालकोट जेसीजको निर्वतमान अध्यक्ष
निस्ता गिरी रहनु भएको छ ।