• विराटनगर, १ मङ्सिर : प्रदेश नं १ का प्रमुख प्रा डा गोविन्दबहादुर तुम्बाहाङले पूर्वउपप्रधान एवं अर्थमन्त्री भरतमोहन अधिकारी सिद्धान्त निष्ट र इमान्दार नेता हुनुभएको बताउनुभएको छ ।

    विराटनगरका गौरव पूर्वउपपधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज यहाँ आयोजित नागरिक अभिनन्दन समारोहमा उहाँले अधिकारीलाई अभिनन्दन गर्नुभयो ।

    अधिकारीले तत्कालिन नेकपा (एमाले) गठनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको उल्लेख गर्दै प्रदेश प्रमुख तुम्बाहाङले स्वच्छ छवि भएका राजनीतिक मार्गदिशा निर्देशनयुक्त नेता हुनुहुन्छ भन्नुभयो ।

    प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले अधिकारीलाई सम्मानित गर्दै उहाँले नेपालको वाम तथा लोकतान्त्रिक आन्दोलनमा उल्लेखनीय भूमिका योगदान गर्नुभएको चर्चा गर्नुभयो ।

    अधिकारीले नेपाली समाज र राजनीतिमा सफल नेतृत्व प्रदान गर्नु भएकाले गाउँ तथा शहरमा अहिले पनि लोकप्रिय रहनु भएको उहाँको भनाइ थियो । मुख्यमन्त्री राईले अधिकारी प्रेरणा स्रोत भएको भन्दै सरल, सदा र उच्च विचार उहाँको जीवनको मुख्य व्यक्तित्व रहेको धारणा व्यक्त गर्नुभयो ।

    अभिनन्दित व्यक्तित्व पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीले सम्पूर्ण पूर्वाधार भएकाले विराटनगरलाई सहमतिका आधारमा स्थायी राजधानी बनाउनु अविलम्ब एउटा निर्णय गर्न प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

    उहाँले यस क्षेत्रको विकास विगतमा आफूले सक्दो सहयोग गरेको स्मरण गराउँदै मोरङको वक्राहामा पुल, कटहरी–वरडङ्गा, उर्लाबारी–वरडङगासम्मको कालोपत्र सडक निर्माण, एकीकृत भन्सार बिन्दु निर्माण प्रस्ताव, भारत र चीन नेपाल त्रिदेशीय सम्बन्ध जोड्ने कोशी राजमार्ग आदिलगायतका विभिन्न विकास निर्माण कार्यक्रम ल्याएको चर्चा गर्नुभयो ।

    प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले नेपालको राजनीतिमा अवकाश लिने संस्कार विकास गर्ने र आफ्नो सिर्जनाप्रति जिम्मेवारीपूर्वक कार्य गर्ने अधिकारीको प्रशंसा गर्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अधिकारी पार्टी र व्यक्तिको स्वार्थभन्दा माथि हुनुहुन्छ भन्दै यस क्षेत्रको विकास र समृद्धमा चासो र चिन्ता मननयोग्य रहेको बताउनुभयो ।

    नागरिक अभिनन्दन समितिका अध्यक्ष डा भेषप्रसाद धमलाको सभापतित्वमा भएको उक्त कार्यक्रममा सङ्घीय सांसद मुकुन्द न्यौपाने, मोरङ व्यापार सङ्घका अध्यक्ष पवन शारडा, ज्येष्ठ नागरिक रमाप्रसाद रिजाल, समितिका सचिव सुवाषश्री पोखरेललगायत, कृष्ण पोखरेल र रमेशचन्द्र पौडेलले अभिनन्दित व्यक्तित्व अधिकारी राजनीतिक यात्रा उहाँले पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभयो ।

    प्रदेश नं १ का ४०० सामाजिक सङ्घसंस्थाले संयुक्तरुपमा अधिकारीको अभिनन्दित गरेका छन् । विसं १९९३ महोत्तरीको भ्रमणपुरामा सुब्बा रामचन्द्र र पूर्णकुमारीको कान्छो छोराका रुपमा जन्मनुभएको अधिकारीको शिक्षा विराटनगरको आदर्श विद्यालयमा र उच्च शिक्षा भारतको बनारस हिन्दू विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय भएको थियो ।

    सन् १९५२ देखि १६ वर्षको उमेरदेखि उहाँ राजनीतिमा लाग्नु भएको थियो । तत्कालिन नेकपा (एमाले)को पाँचौँ, छैटौँ, साताँै र आठाँै महाधिवेशनमा उहाँ मूल आयोजक समितिको संयोजक हुनुहुन्थ्यो भने छैटौँ, सातौँ र आठाँै महाधिवेशनबाट स्थायी समितिमा निर्वाचित र ५० वर्षभन्दा बढी समय केन्द्रीय नेतृत्वमा रहनुभएको थियो ।

    विसं २०७१ को एमालेको नवौँ अधिवेशनदेखि उहाँले पार्टी कमिटीका कुनै पनि जिम्मेवारी नलिने गरी स्वेच्छिक घोषणा गर्नुभएको थियो । अधिकारी मोरङ जिल्लाबाट विसं २०४८, २०५१ र २०५६ गरी तीनपटक सांसद र एकपटक संविधानसभा सदस्य हुनुभएका थियो भने तीनपटक अर्थमन्त्री र दुईपटक उपप्रधानमन्त्रीसहित विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको थियो ।

    विसं २०५२ उहाँ अर्थमन्त्री भएको अवसरमा ‘वृद्ध भत्ता’ र ‘नौ स’ जस्ता लोकप्रिय कार्यक्रम ल्याउनुभएको थियो । उहाँले ल्याएको अन्य लोकप्रिय कार्यक्रममा आफ्नो गाउँ आफैँ बनाऔँ, राष्ट्रिय विभूतिका नाममा सडक नामकरण, हेटाँैडा–काठमाडौँ सुरुङमार्ग, सडकको दुवैतिर वृक्षरोपण, सुत्केरी भत्ता, श्रीमान् श्रीमतीको संयुक्त नाममा जग्गाको रजिष्ट्रेशन पास, गाउँगाउँमा सहकारी घरघरमा रोजगारी रहेका छन् ।

    आभिनन्दन कार्यक्रममा उहाँका श्रीमती ओमकुमारी आचार्य, प्रदेशसभामुख प्रदीपकुमार भण्डारी, प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीलगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…