• देबु बानियाँ
    झापा । जनकपुरमा हुने नेपाल जेसीजको ४५ औं राष्ट्रिय महाधिवेशनको तयारी धमाधम भइरहेको छ । नेपाल जेसीजको आयोजनामा हुने महाधिवेशन आउँदो पुष ७ गतेदेखि १० गतेसम्म जनकपुरमा हुनेछ ।
    जनकपुर जेसीजको आथित्यतामा सीताको जन्मभूमि जनकपुरमा हुने महाधिवेशनको तयारीका बारेमा आथित्यता शाखा जनकपुर जेसीजले शनिवार पत्रकार सम्मेलन गरी अहिलेसम्म भए गरेका गतिविधिका बारेमा जानकारी गराएको छ ।

    जनकपुरस्थित तिरहुतिया गाछिमा हुने महाधिवेशनमा देशभरमा रहेका १ सय ४१ शाखाका दुई हजार पाँच सयभन्दा बढी जेसीजक्मर््िहरुको उपस्थिति हुने महाधिवेशन निर्देशक सन्तोष साहले पत्रकार सम्मेलनमा बताउनु भयो ।

    जनकपुर जेसीजको सचिवालय जनकपुर वडा नम्बर ४ स्थित कदम चोकमा भएको पत्रकार सम्मेलनमा महाधिवेशनको लागि दुई करोड २० लाख खर्च हुने अनुमान गरिएको आतिथ्य शाखा जनकपुर जेसीजको रहेको छ । जसमा सहभागी हुन आउनेहरुसँग रजिस्ट्रेसन बापत १ करोड १६ लाख, हजार र नेपाल जेसीज केन्द्रले ५ लाख दिने भएको हो । बाँकी रकम आर्थिक सहयोग, विज्ञापन, शुभकामना, प्रयोजनबाट उठाउने पत्रकार समेलनमा जनकपुर महाधिवेशनका आर्थिक समितिको संयोजक ललितकुमार शाहले बताउनु भयो ।
    कार्यक्रमको तयारीका लागि विभिन्न १२ वटा उप–समिति गठन भइसकेको र आवश्यक पर्ने समितिहरु क्रमश गठन हुँदै जाने महाधिवेशन उप निर्देशक मनिष रमन शाहले जानकारी दिनु भयो ।

    जनकपुरमा जनकपुर जेसीजले यसभन्दा अघि तीन पटक राष्ट्रिय महाधिवेशन सफलतापूर्वक सम्पन्न गरिसकेको छ । पहिला ेपटक सन १९७७ (तेस्रो, राष्ट्रिय महाधिवेशन) सन् १९९३ (बिसौं ) र सन् २००३ मा (तिसौ) राष्ट्रिय महाधिवेशन गरिसकेको जनकपुर जेसीजले चौंथो पटक यस वर्ष २०१८ मा ४५ औं राष्ट्रिय महाधिवेशन गर्ने मौका पाएको हो ।

    पत्रकार सम्मेलनमा नेपाल जेसिजका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष सिनेटर विकाश मानन्धर, जनकपुर जेसीजका अध्यक्ष जेसी जीतेन्द्र महासेठ, महाधिवेशनका वरिष्ठ सल्लाहकार निर्मल चौधरी, महाधिवेशनका उप–निर्देशक जेसी लक्ष्मी नारायण साह र मनीष रमन साह लगायत जनकपुर जेसिजका पूर्व अध्यक्षहरुको उपस्थिति रहको थिए ।






सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…