• चर्चित हाँस्यकलाकार विल्सन बिक्रम राई ‘तक्मे बुढा’ले भुटानी शरणार्थी शिविर भित्रका ज्येष्ठ नागरिक र विद्यार्थीका लागि सहयोग गरेका छन् । उनले शरणार्थी शिविरबाट बाहिर कक्षा ९ र १० अध्ययन गर्न जाने विद्यार्थीका लागि शिविर व्यवस्थापन समिति मार्फत ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन् । यस्तै शिविर भित्र रहेका २ वटा ज्येष्ठ नागरिकको परिवारलाई जनही ५ हजारका दरले १० हजार रुपैयाँ सहयोग गरेका हुन् ।

    ‘शिविर भित्रको दुखका मैले पनि देखेका कारण केही सानो सहयोग गरेका हुँ,’ राहत वितरणपछि उनले भने, ‘शिविरमा आधा जिउ लुगा लगाएका बृद्धआमा बुबालाई सहयोग गर्न पाएको छु ।’ राईले बेलडागीँको सोह्र घरे भित्रका पूर्णबहादर लिम्बु र जंगबहादुर खड्कालाई सहयोग हस्तान्तरण गरेका थिए ।

    उनीहरु शिविरमा एक्लै बस्दै आएका छन् । यस्तै शिविरका बालबालिकाको अध्ययनका लागि शिविर व्यवस्थापन समिति मार्फत सो नगद क्याम्प सचिव टिकाराम रसाइलीलाई हस्तान्तरण गरेका हुन् ।
    पूर्वी नेपालबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…