• लेटाङ । मोरङको लेटाङ—७ स्थित वारंगी बाराजी धाम परिसरमा बर्षेनी आयोजना हुने पूर्णीमा मेलामा भोलि विविध साँस्कृतिक तथा खेलकुदका कार्यक्रमहरु हुने भएको छ । आज मंसिर ७ गते महिला पुरुषको नकाउट भलिवल र मंसिर ८ गते दोस्रो वारंगी साँगीतिक कार्यक्रम २०७५ सुरु भएको छ । साँगीतिक कार्यक्रममा भोलि ८ गते चर्चित हाँस्य कलाकार विल्सन बिक्रम राई तक्मेको आकर्षक प्रस्तुति रहनेछ । तक्मे बुढाले दर्शक दिर्घालाई पेट मिचि मिची हसाउने आयोजक वारंगी युवा समाजका कार्यक्रम संयोजक बिष्णु लिम्बूले बताए ।

    उनका अनुसार कार्यक्रमा विभिन्न जातजातिको कलासंस्कृति प्रर्दशन झाँकी तथा नृत्य प्रस्तुत हुने भएको छ । स्थानीय कलाकारहरुले बेजोड प्रस्तुति दिनेछन् । कार्यक्रमको लागि गोर्खा बियरले प्रायोजन गरेको छ भने लेटाङ नगरपालिका,वडा खेलकुद विकास समितीले सहयोग पुर्याउनेछन् ।
    बाराजी धामको दर्शन गर्दा मनोकाङ्छा पुरा हुने जनविश्वास रहेपनि विकास र प्रचार प्रसार नपाउँदा ओझेलमा परेको स्थानीय जानकार तथा सामाजिक अगुवा मौषम लिम्बू बताउछन् । मेलामा भब्य मानिसहरुको उपस्थिती रहने उनले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…