• देबु बानियाँ
    जनकपुर । जनकपुरमा हुने नेपाल जेसीजको ४५ औँ राष्ट्रिय महाधिवेशनको तयारी भइरहेको अवस्थामा स्थानीय सरकारको रुपमा रहेको जनकपुर उप महानगरपालिकाको समेत उत्तिकै सक्रियता रहेको छ । आउँदो पुष ७ गतेबाट हुने ४ दिने महाधिवेशन सम्पन्न गर्ने स्थानमा काम भइरहेको छ । सोही ठाउँको अनुगमनका लागि जनकपुर उपमहानगरका नगर प्रमुख लालकिशोर शाहले शनिवार महाधिवशेन निर्माण स्थलको स्थलगत अनुगमन गर्नु भयो । साथै उहाँले ३ घण्टा भन्दा धेरै निर्माणस्थलमा रहेर आवश्यक निर्देशन समेत दिनु भएको आतिथ्यता शाखा जनकपुर जेसीजका अध्यक्ष जितेन्द्र महासेठले बताउनु भयो ।
    अनुगमनका क्रममा मेयर शाहले जनकपुरका लागि यो महाधिवेशन ऐतिहासिक भएको बताउँदै जनकपुरको इतिहासलाई कायम राख्न उपमहानगरपालिकाले कुनै कसुर बाँकी नराख्ने बताउनु भयो । साथै उहाँले देशभरका जेसीजकर्मीको स्वागतका लागि सिंगो जनकपुर उपमहानगरपालिका तयार रहेको बताउँदै महाधिवेशन सम्पन्न गर्न नगरपालिकाको समेत उत्तिकै दायित्व रहेको बताउनु भयो । साथै उहाँलेृ महाधिवेशनका लागि अहिलेसम्म भएका गतिविधिका बारेमा समेत आयोजकसँग जानकारी तथा विभिन्न जिज्ञासा राख्नु भएको थियो । उहाँले थप सामाग्री आवश्यक परेमा जानकारी गराउन आयोजकलाई आग्रह गर्नु भएको थियो ।
    महाधिवेशन निर्माण स्थलका लागि जनकपुर उपमहानगरपालिकाले १० वटा ट्याक्टर, ३ वटा स्काभेटर, जेसीभीलगायतका निर्माण उपकरणहरु उपलब्ध गराएर धमाधम काम गरिरहेको छ । उक्त्त कार्यको बारेमा अनुगमन गर्नका लागि मेयर शाह आफै निर्माण स्थल आउनु भएको महाधिवेशनका उप निर्देशक मनिष रमन शाहले् बताउनु भयो ।
    उक्त महाधिवशेन स्थलमा मंसिर ५ गतेबाट टेन्टको काम गरिने उप निर्देशक शाहले जानकारी दिनु भयो ।















सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…