• विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताउनुभएको छ ।

    कौमी एकता मञ्च विराटनगर नेपालद्वारा आज यहाँ आयोजित इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधानले विभिन्न जात, जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गर्छ ।” कोइरालाले नेपालको संविधानले सबै जात र जातिलाई समान अधिकार प्रदान गरेको छ भन्नुभयो ।

    कौमी एकता मञ्च विराटनगर नेपालका अध्यक्ष ताजिम अहमदको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता हसन अन्सारीले बहुभाषी कविता सम्मेलनले सबैलाई एकताबद्ध बनाउने बताउनुभयो । कार्यक्रममा विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका सम्पादका मोहन भण्डारी, भगवान झा, गुड्डु मिया, अबुल हसन नदवी, सङ्गीता मिश्र र सनातन मण्डललाई पनि सम्मान गरिएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…