• काठमाडौं  । शनिबार देखि सुचारु भएको पल्सर शहिद स्मारक ए डिभिजन लिगतर्फ दावेदार मध्ये एक मानिएको त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ ।

    हल्चोक स्थित एपिएफ मैदानमा सम्पन्न दोस्रो खेलमा आर्मीले च्यासल युथ क्लबलाई शून्यका विरुद्ध १ गोलको झिनो अन्तरले हरायो । आर्मीको जितमा पहिलो हाफको २७ औं मिनटमा बिकास खवासले गरेको एक मात्र गोल खेलको निर्णायक बन्यो ।

    यसअघि आर्मीले आफ्नो पहिलो खेलमा एनआरटीसँग २–२ गोलको बराबरी खेलेको थियो । शनिबारको खेलमा आर्मीका गोलरक्षक बिकेश कुथु म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार स्वरुप नगद १० हजार प्राप्त गरे ।

    त्यसैगरी शनिबार नै सम्पन्न पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लबले एनआरटीलाई २–० ले हरायो । मनाङको लगातार दोस्रो जित थियो । यसअघि मनाङले आफ्नो पहिलो खेलमा ब्रिगेड ब्वाईज क्लबलाई ३–१ पराजित गरेको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…