• काठमाडौं,मंसिर २ ।
    सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ स्थित चारकुने इलाकबाट मंसीर १ गते एपीएफ टोलीले एउटा चाईनिज कटुवा पेस्तोल तथा सोको एउटा म्याग्जीनसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपोल भिमनगर गाउपंचायत ४ घर बताउने २३ वर्षिय रन्जितकुमार मुखिया छन्।

    उनलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट हरिपुरबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो । बीआर ५० एफ ३२०६ नम्बरको भारतीय मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका निज मुखियालाई जाँच गर्दा उनको साथमा उक्त कटुवा पेस्तोल फेल परेपछि पक्राउ गरिएको हो ।

    यसैगरी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट श्रीपुरबाट खटिएको एपीएफ टोलीले मंसीर १ गते सुनसरी जिल्लाको कोशी गाउपालिका ६ स्थित धत्ता टोलबाट एउटा कटुवा पेस्तालसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सुपोल घर बताउने १८ वर्षिय विवेक यादव र सुमितकुमार गोइत छन् ।

    भारतबाट अनटेष्ट लेखिएको मोटरसाकलमा नेपालतर्फ आउँदै गरेका निजहरुलाई जाँच गर्दा उनीहरुको साथमा उक्त कटुवा पेस्तोल फेला परेपछि उनीहरुलाई पक्राउ गरिएको हो । राजधानीबाट ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…