उर्लाबारी । सामाजिक काम सहयोगार्थ ममता राना मगरको संयोजकत्वमा खेलिएको देउसीभैलो कार्यक्रमबाट संकलन भएको रकम पुनः थप विरामीहरुलाई सहयोग गरिएको छ ।
मृगौला पीडित मानबहादुर भण्डारी र अपाङ्गता भएकी रबिना बास्तोलालाई १०÷१० हजार हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा दीपक न्यौपाने,मोनिका खड्गी सुमित्रा राना,सान्ता कुरुङम्बाङ महेन्द्र थेगिम,बिबेक हिङमाङ लगायतको सहभागिता रहेको थियो ।
यसअघि मृगौला पीडित ज्योति राई र पत्रे धिमाललाई नगद १० ÷१० हजार सहयोृग गरिएको मम्ता रानाले बताईन् । देउसीबाट नगद ४० हजार संकलन भएको र सो रकम सबै उर्लाबारीमा भएका विरामी तथा अपाङ्गता भएकाहरुलाई सहयोग गरिएको ममताले जानकारी दिनुभयो ।