• काठमाडौँ, २ मङ्सिर ।  नेपाल संवत्का प्रवत्र्तक राष्ट्रिय विभूति शंखधर साख्वाःको स्मरण गर्दै आज राजधानीमा ‘शंखधर दिवस’ मनाइयो ।

    विसं २०५६ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गर्नुभएपछि नेवार समुदायले आजका दिनलाई शंखधर दिवसका रुपमा मनाउँदै आएको छ ।

    कामपा वडा नं १५ लखुतीर्थमा आज डा चुन्दा बज्राचार्यको सभापतित्वमा एक सभाको आयोजना गरी साख्वाःको प्रतिमामा श्रद्धासुमन अर्पण गरिएको थियो ।

    नव वर्ष नेपाल संवत् ११३९ प्रारम्भ भएको खुशियालीमा आज बिहान बसन्तपुर डबलीबाट निकालिएको बाजागाजासहितको एक विशाल ¥याली शहरको भित्री भागको परिक्रमापछि सभास्थल पुगेको थियो । ¥यालीमा काठमाडौँका विभिन्न टोलका साहित्यिक, साँस्कृतिक तथा सामाजिक सङ्घसंस्थाका साथै जनसाधारणको सहभागिता थियो ।

    उपप्रधान रक्षा मन्त्री ईश्वर पोखरेलले साख्वाःको प्रतिमामा माल्र्यापण गरी बसन्तपुरबाट उक्त भिन्तुना ¥यालीको शुभारम्भ गर्नुभएको थियो ।

    सो अवसरमा उहाँले राष्ट्रको मौलिक संवत् नेपाल संवत्को जगमा टेकेर इतिहासका अन्य सम्पदाहरुको संरक्षणमा जुट्न आह्वान गर्नुभयो ।

    राष्ट्रको पहिचान बोकेको नेपाल संवत्लाई साँघुरो दायराबाट मुलुकका कुनाकाप्चासम्म फैलाउन आवश्यक रहेको पनि उहाँले औँल्याउनुभयो ।


    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११३९ का अध्यक्ष सत्यभामा माथेमाले समितिद्वारा तय गरिएका विविध कार्यक्रममा सक्रिय सहभागी भइदिन सर्वसाधारणमा आग्रह गर्नुभयो ।


    यसअघि उपप्रधानमन्त्री पोखरेलले मरु टोलस्थित पुनःनिर्माण गर्न लागिएको ऐतिहासिक काष्ठमण्डप स्थलको निरीक्षण गर्नुभएको थियो । उहाँलाई जनस्तरबाट गठित काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष प्रदेश सांसद राजेश शाक्यले पुनःनिर्माणका लागि भइरहेका कार्यबारे जानकारी दिनुभएको थियो ।

    सङ्घीय सांसद द्वय कृष्णगोपाल श्रेष्ठ तथा जीवनराम श्रेष्ठ र प्रदेश सांसद वसन्त मानन्धर पनि उक्त टोलीमा सम्मिलित हुनुहुन्थ्यो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…