• काठमाडौं, २ मंसिर । छातीमा संक्रमण र रगतमा चिनीको मात्रा असन्तुलित भएपछि तीन साता अघि अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अझै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् ।

    १२ कात्तिक बिहान ४ बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओली १६ कात्तिकमा ‘डिस्चार्ज’ भएका थिए । त्यसयता प्रधानमन्त्री निवास बालुवाटरमै आराम गरिरहेका प्रधानमन्त्री सार्वजनिक कार्यक्रममा सहभागि भएका छैनन् ।

    चिकित्सकहरुले उनलाई अझै झण्डै दुई साता आराम गर्न सल्लाह दिएका छन् । उनलाई प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय पनि जान दिइएको छैन् । चिकित्सकहरुले जरुरी काममा बाहेक भेटघाटमा पनि रोक लगाएका छन् । नेता तथा कार्यकर्तालाई भेट्न दिइएको छैन भने मन्त्रीहरुले समेत भेट्न पाएका छैनन् ।

    सामाजिक सञ्जालमा धेरै क्रियाशिल रहने भएकाले यो अवधिमा प्रधानमन्त्री ओलीलाई त्यसबाट पनि टाढै राखिएको स्रोतले बतायो । त्यो भए उनी के गरेर समय कटाउँछन् ?

    बालुवाटर स्रोतले भन्यो, ‘चुट्किला सुनाएर बस्छन् ।’

    प्रधानमन्त्री ओलीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, कर्मचारी र सहयोगीलाई बसालेर चुट्किला सुनाउने गरेका छन् । स्रोतका अनुसार, प्रायः प्रधानमन्त्री ओली आफै चुट्किला सुनाउँछन् । कतिबेला अरुलाई पनि चुट्किला भन्न लगाउने गरेका छन् ।

    चुट्किला सुन्ने सहयोगी, कर्मचारी तथा सुरक्षाकर्मीलाई हौस्याउँन बीच बीचमा भन्ने गर्छन, ‘ल चुट्किला भन्नुस् । राम्रो चुट्किला भन्नेलाई ठाउँको ठाउँ पुरस्कार ।’

    उनलाई भेट्न बालुवाटर पुगेका एक नेताका अनुसार, उनी काठमा हाँसेको ढोकामै सुनिइरहेको थियो । ‘बिरामी मान्छे, किन एक्लै कोठामा हासिरहेका छन भन्ने सोचेर भित्र पसेको त चुट्किला सुनाउँदै पो रहेछन’ ति नेताले भने ।

    उनको स्वास्थ्य अवस्था सामान्य भइसकेपनि भीडभाडमा जादा संक्रमण हुन सक्ने भएकाले चिकित्सकले आराम गर्न लगाएका छन् । कोलम्बो प्रोसेसको बैठकमा प्रधानमन्त्री ओलीले सहभागी हुने तय गरिएको भएपनि चिकित्सकहरुकै सल्लाहमा उनी अनुपस्थित रहे । उनको सट्टा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोख्रेलले सहभागीता जनाएका थिए।

    प्रधानमन्त्री ओलीको २०६४ मा मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता उनी नियमति स्वास्थ्य जाँच गर्दै आएका थिए । यसपटक दशैंका बेला चार दिनसम्म सर्वसाधारणलाई टीका लगाउँदाको धपेडीले विरामी भएका थिए ।सरलपत्रिकाबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…