• काठमाडौं । २२ वर्ष नेपाली कांग्रेसमा राजनीति गरेर एकीकृत नेकपा (माओवादीमा गएका बाबुराजा ओझा पुनः नेपाली कांग्रेसमा फर्किएका छन् । २०७० को संबिधानसभा निर्वाचनमा टिकट नपाएपछि उनी असन्तुष्टि जनाउदैं माओवादीमा प्रवेश गरेका थिए । सो बेला ओझालाई माओवादीले मोरङ क्षेत्र नम्बर ६ मा पूर्व अर्थमन्त्री तथा कांग्रेस नेता महेश आचार्यसँग प्रतिस्पर्धा गराएको थियो ।

    कांग्रेस छोडेको झण्डै पाँच वर्षपछि नेता अोझा आफ्नो पुरानै घर कांग्रेसमा फर्किएका हुन्। अोझालाई जिपी कोइराला फाउन्डेशनले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री डा. शशांक कोइरालाले टिका लगाएर पार्टीमा भित्र्याएका हुन्।

    कांग्रेस फर्किएका अोझा नेपाली कांग्रेस मोरङका पूर्व जिल्ला सचिव हुन्। दोस्रो संविधान सभा निर्वाचनमा जिल्ला सचिव जस्तो मान्छेलाई छोडेर अर्कैलाई टिकट दिएको भन्दै अोझाले कांग्रेस परित्याग गरेका थिए।

    विराटनगरमा आयोजित कार्यक्रममा उनलाई कांग्रेसी नेताहरुले भब्य स्वागत गरेका छन् । ओझाले असन्तुष्टिका कारण माओवादीमा गएपनि आफ्नै घर प्यारो भन्दै त्यो भुललाई क्षमा गर्न आग्रह गरेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…