• विराटनगर : पछिल्लो समयमा कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीको कोशिशमा रहेका कोइराला परिवारका तीन नेता आइतवार विराटनगरमा आयोजित एक कार्यक्रममा एकै मालामा देखिए ।

     

    कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइराला फाउन्डेनसनको आयोजनामा आइतवार एउटै मालामा उनिएका हुन् । सुजाताको विशेष पहलमा आयोजित गिरिजाप्रसाद कोइराला फाउन्डेसनको कार्यक्रममा पार्टीमा स्पष्ट सन्देश दिने गरी तीन कोइराला एकै ठाउँमा देखिएका हुन् ।

    त्यस क्रममा बीपी पुत्र डाक्टर शशांक, गिरिजापुत्री सुजाता र केशव–नोना पुत्र डा. शेखर कोइरालाले कार्यालयको उद्घाटन संयुक्तरूपमा गरेका हुन् । देउवाविरुद्ध मोर्चाबन्दी भइरहेका बेला १४ औँ महाधिवेशनमा सभापतिका आकांक्षी ठानिएका शेखर र शशांकलाई एकै ठाउँ उभ्याएर उनीहरुले परिवारको लिगेसी कायमै राख्ने सन्देश दिन खोजेका छन् ।

    गत कात्तिक २५ गते सुजाताले मण्डिखाटारस्थित आफ्नो निवासमा वरिष्ठ नेता रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, डा. रामशरण महत, प्रकाशमानसिंह र कोइराला दाजुभाइलाई भेला गराएका थिइन् । जसलाई सुजाताले पार्टीको भावी रणनीतिलाई लिएर ‘राजनीतिक वार्ता’ भनेकी छन् ।

    यसअघि नै फाउन्डेसनकी प्रदेश नम्बर १ का संयोजक इन्दिरा थापाले पत्रकार सम्मेलन गरेर तीनै कोइराला नेतालाई एकै ठाउँमा उभ्याउँदै प्रदेश कार्यालय उद्घाटन गरिने बताएकी थिइन् ।

    सुजाताले बाबुको निधन भएपछि आफ्नो अंशमा आएको ९ कट्ठा जग्गामध्ये आधा ‘गिरिजाप्रसाद कोइराला फाउन्डेसन’का नाममा राखेकी थिइन् । त्यही जग्गामा बनेको साढे दुई तले भवनमा फाउन्डेसनको प्रदेश कार्यालय स्थापना भएको हो ।

    फाउन्डेसनले कार्यालय परिसरमै गिरिजाप्रसाद स्मृति सङ्ग्रहालय बनाउने निर्णय गरिसकेको छ । त्यसैगरी फाउन्डेसनले प्रदेश एकको एउटा जिल्लामा अस्पताल खोल्ने योजना रहेको पनि संयोजक थापाले बताएकी थिइन् ।

    पछिल्लो समय देश दौडाहामा रहेका नेता शेखरलाई १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवार बनाउने गरी कोइराला परिवार र उनीहरुका समर्थकहरुले  आवश्यक रणनीति पनि बनाइरहेका छन् ।

    त्यसैको जनाउ दिन गत असोज १८ गते प्रजातान्त्रिक विचार समाजको नाममा कार्यक्रम पनि गरिएको थियो । जहाँ महामन्त्री शशांक र नेता शेखर दुवैजना उपस्थित भएका थिए । स्रोतका अनुसार सुजाताले शेखरलाई सभापति बनाउने लविङ गरिरहेकी छन् ।

    तर शशांकले पनि सभापतिमा लड्ने जनाउ यसअघि नै दिइसकेकाले कोइराला परिवारबाट एकजनाको पक्षमा सहमति जुटाउने प्रयास पनि भइरहेको छ । तर शेखरले यो निर्वाचनमा पराजय भोग्नुपरेकाले पार्टीको नेतृत्व गर्न नसक्ने आरोप पनि लागिरहेको छ।  एकताको मालामा कोइराला परिवारका तीन नेता

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…